प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध काठ बरामद ।

२०७९-११-१०

  • A
  • A-
  • A+
Share

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ भेरी पुल नजिक चिङगाड बाट बजार तर्फ आउँदै गरेको भे १ त ९२४० नं. को ट्याक्टरमा सालको काठ आउँदै छ भन्ने गोप्य सुचनाको आधारमा  प्रहरी चौकी सुब्बाकुना बाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ३ जनाको प्रहरी टोली खटि गई उक्त ट्याक्टर लाई चेक जाँच गर्दा ढुङगा मुनि लुकाई छिपाई राखेको चिरेको सालको कडी थान अं. २०/२५ वटा बरामद गरी ट्याक्टर, कडी,ढुङ्गा र ट्याक्टर चालक जिल्ला सुर्खेत लेकबेशी नगरपालिका-९ बस्ने बर्ष अ. २४ को अर्जुन बि.क. लाई जिल्ला वन डिभिजन कार्यालय सुर्खेतको जिम्मा लगाई पठाईएको छ । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।