प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
पृष्ठभूमि
 
कर्णालीका प्रहरीलाई नागरिकमैत्री बनाई थप दक्ष र व्यवसायिक बनाउँदै सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाएर प्रहरीलाई व्यवस्थित परिचालनका साथ आम नागरिकसँगको सहकार्य थप मजबुत बनाई नागरिकलाई नजिकबाट सुरक्षाको प्रत्याभूति दिलाउँदै कर्णालीलाई सुरक्षित प्रदेशको रूपमा विकास गर्ने उद्देश्यले सुरक्षित कर्णाली विशेष अभियान, २०८० को परिकल्पना गरिएको हो ।
  • यस अभियानमा १४ वटा कार्यक्षेत्र र ७८ वटा कार्यक्रम रहेका छन् ।
  • यो अभियान बढि भन्दा बढि नागरिकमैत्री रहेको छ  ।
  • यस अभियानमा प्रविधिको प्रयोगलाई विशेष जोड दिइएको छ ।
  • यस अन्तर्गतका सबै कार्ययोजना/क्रियाकलापहरूको निरन्तर कार्यान्यवन  र अनुगमन भईरहेको छ ।
 
औचित्य
 
  • वर्तमान समयमा बढ्दो जनसङ्ख्या, आर्थिक गतिविधि, सहरीकरण, विकास निर्माण, आधुनिकीकरण, बसाईसराई तथा आवतजावत, सुरक्षा सचेतनाको अभाव, नागरिक प्रहरी बिचको विश्वासको दुरी समेतका कारणले समाजमा हुनसक्ने आपराधिक घटनाहरू तथा अशान्तिको अवस्थालाई नियन्त्रण गरी नागरिकहरूलाई अपेक्षा गरे अनुसारको सुरक्षा अनुभूति प्रदान गर्न ।
  • सुरक्षासँग सम्बन्धित नियमित कामहरूलाई थप प्रभावकारी र सुधार गर्दै सिर्जनात्मक कार्यहरू समेत गरी व्यवसायिक, जिम्मेवारपूर्ण र सहज प्रहरी सेवा मार्फत आम नागरिकहरूलाई प्रत्यक्ष अनुभूति हुने विभिन्न किसिमका कार्यक्रम र योजनाहरू सञ्चालन गर्न ।
  • कर्णाली प्रदेशको समग्र सुरक्षा, विकास र समृद्धिमा सहयोग पुर्‍याउन ।
  • नेपाल प्रहरी कार्ययोजना, प्रहरी महानिरीक्षक ज्यूसँग गरिएको कार्य सम्पादन सम्झौता एवम् नेपाल प्रहरी प्रधान कार्यालयबाट भएका नीति निर्देशनहरूको समेतको प्रभावकारी कार्यान्वयन गर्न ।
 
उद्देश्य
 
  • प्रहरी कर्मचारीहरूलाई थप दक्ष, व्यवसायिक, अनुशासित र सेवामूखी बनाउने ।
  • प्रहरी सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने ।
  • प्रहरी परिचालनलाई थप व्यवस्थित र परिणाममूखी बनाउने ।
  • आम नागरिकहरूमा शान्ति र सुरक्षाको अनुभूति बढाउने  ।
  • कर्णाली प्रदेशलाई सुरक्षित प्रदेशको रूपमा विकास गर्ने ।
 
रणनीति
 
  • प्रहरी कर्मचारीहरूको आचरण, अनुशासन, व्यवसायिक्ता र व्यवहारमा थप सुधार गर्दै सक्षम, ईमान्दार । कर्तव्यनिष्ठ बनाई व्यवसायिक र जवाफदेही बनाउन आवश्यक ब्रिफिङ, अनुशिक्षण, तालिम उपलब्ध गराउने ।
  • प्रहरी सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन भौतिक पुर्वाधार र स्रोतसाधन सुधार एवम् थप गर्ने ।
  • अपराध रोकथाम तथा नियन्त्रणमा नयाँ नयाँ उपाय र प्रविधिको प्रयोग गर्ने ।
  • अपराध अनुसन्धानलाई वैज्ञानिक, वस्तुनिष्ठ र प्रमाणमूखि बनाउन थप प्रयास गर्ने ।
  • आपराधिक गतिविधि नियन्त्रणको लागि आम नागरिकमा सचेतना अभियानहरू सञ्चालन गर्ने ।
  • प्रहरी कार्यसँग सम्बन्धित साधन स्रोत व्यवस्थापनको लागि प्रदेश सरकार, स्थानीय तह र अन्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्ने ।
  • मानव अधिकारको उच्च सम्मान गर्दै महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, अपाङ्गता भएका व्यक्ति एवम् असहाय नागरिकहरूको सुरक्षा र संरक्षणकोलागि विशेष सक्रियता देखाउने ।
  • योजना कार्यान्वयन गर्ने प्रहरी इकाइहरूबिच छुट्टै कार्ययोजना बनाई अन्तर इकाई कार्य प्रतियोगिता मार्फत प्रतिस्पर्धात्मक वातावरण सृजना गर्ने ।
  • योजना कार्यन्वयनको लागि प्रभावकारी अनुगमन, मूल्याङ्कन र निरीक्षण गर्ने ।
 
कार्यक्षेत्र
 

१. नागरिक मैत्री प्रहरी व्यवहार

२. नागरिकलाई प्रहरी सेवामा सहजीकरण

३. पीडित सहायता कार्यक्रम

४. नागरिकका लागि सहज कार्यालय व्यवस्थापन

५. शान्ति सुरक्षा र अमनचयन

६. अपराध रोकथाम तथा नियन्त्रण

७. प्रभावकारी अपराध  अनुसन्धान

८. आत्महत्या रोकथाम तथा नियन्त्रण

९. लागू औषध नियन्त्रण

१०. विद्यालय/कलेजमा विद्यार्थी सचेतना कार्यक्रम (साइबर सुरक्षा, लागुऔषध, आत्महत्या, ट्राफिक सचेतना, लैङ्गीक हिंसा)

११. महिला बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग र दलितको हितका लागि विशेष कार्यक्रम

१२. सवारी दुर्घटना न्यूनीकरण

१३. विपद् व्यवस्थापन

१४. प्रहरी इकाइहरूको भौतिक संरचना  निर्माण तथा लुम्बिनी प्रदेशमा रहेका प्रहरी कार्यालयहरूको स्थानान्तरण