प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध काठ बरामद ।

२०७९-१२-२१

  • A
  • A-
  • A+
Share

सुर्खेत,  जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ थौरी स्थित राजिगाउँ बस्ने बर्ष अन्दाजी ३४/३५ की छत्रकला राजीको घरमा काठ लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतबाट १० जनाको प्रहरी टोलि खटि गई हेर्दा छत्रकला राजीले आफ्नै घर अगाडी तरकारी लगाएको बारीमा खाल्डो खनि अबैध रुपमा राखेको सालजातको चिरान कडी र फेन्टा ( ४,,,७ फिट) गरी अं. ४५ वटा बरामद गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको, निज महिला यस चौकीको नियन्त्रणमा वन कार्यालयलाई खबर भईसकेको । नियन्त्रणमा लिएको महिलाको नव जात शिशु भएको कारणले गर्दा निजको आफन्त अन्टि नाता पर्ने बर्ष अं. ३६ की शान्ती राजिको जिम्मा लगाई भोलि १०:०० बजे वन कार्यालयमा उपस्थित गराउने गरी जिम्मा जमानिमा छाडिएको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-०१

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुर स्थित लागूऔषध नियन्त्रण व्यूरो सुर्खेत बाट खटिएको प्रहरी टोलिले ऐ. बस्ने बर्ष २२ को शुशिल सुनार र जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१० डेरा गरि बस्ने बर्ष २३ को देवेन्द्र सुनार लाई शुशिल सुनारको घरमा खानतलासि गर्दा निजहरुको साथ बाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने १ पोका, नापतौल गर्ने डिजिटल तराजु थान-२, कैचि थान-१, धागो गोलि थान-२, नगद रु. ७,३००/- ( सात हजार तिन सय ) फेला पारि बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।