प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहीत मानिस नियन्त्रणमा ।

२०७९-१२-०५

  • A
  • A-
  • A+
Share

मुगु, जिल्ला मुगु छायाँनाथ रारा नगरपालिका-०२ स्थित चौतारा नजिक २ जना व्यक्ति लागु औषध (ब्राउन सुगर) जस्तो देखिने प्रदार्थ साथमा लिई हिडेको भन्ने गोप्य सुचनाका आधारमा प्रहरीलाई खबर गरे पश्चात प्रहरी टोली खटि गई जिल्ला मुगु छायाँनाथ रारा नगरपालिका-४ भामबाडा वस्ने बर्ष अं १९ को नविन भाम र बर्ष अं. १८ को सुजन भाम लाई चेकजाँच गर्दा निजहरुको साथ बाट सुद्ध तौल ०.०८ ग्राम (ब्राउन सुगर) जस्तो देखिने प्रदार्थ बरामत गरी दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी  जिल्ला प्रहरी कार्यालय मुगुको हिरासत कक्षमा राखिएको ।

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।