प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गोठमा आगलागी हुदा पशुचौपायको मृत्यू ।

२०७९-०४-३१

  • A
  • A-
  • A+
Share

मिति २०७९।०४।३० गते अं.२३:३० बजेको समयमा जिल्ला सल्यान कालिमाटी गाँउपालिका-१ चोत्रा बस्ने पल बहादुर वलीको घर नजिकै रहेको १ तले जस्ताले छाएको गोठमा अचानक आगलागी भई उक्त गोठ पुर्ण रुपमा जली गोठ भित्र रहेका २ वटा खसी,१ वटा गाई,गाईको बाच्छो १ वटा जलि मृत्यु भएको र अन्य मानविय क्षेति नभएको भनि ऐ.ऐ बस्ने झनक बहादुर वलीले मिति २०७९।०४।३१ गते १४:४५ बजेको समयमा टेलीफोन मार्फत जानकारी गराए पश्चात उक्त स्थानमा ईलाका प्रहरी कार्यालय कालिमाटी,सल्यानबाट प्रहरी टोलि खटिगई थप अनुसन्धान गरि रहेको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।