प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी प्रकाउ ।

२०७९-११-१०

  • A
  • A-
  • A+
Share

सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतको लगत नं. ३४३६ चेक अनादर मुद्वामा ७ दिन कैद ३ लाख जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-७ बस्ने बर्ष ५१ को भिम ब. बोहरा लाई तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत बाट खटिएको प्रहरी हवल्दारको कमाण्डमा २ जनाको प्रहरी टोलीले जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ यरीचोक बाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाएको हुँदा फैसला कार्यान्वयनको लागी  सम्मानित जिल्ला अदालत सुर्खेत तर्फ पठाउने कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।