प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
जिप दुर्घटना हुदा दुई जनाको मृत्यु, एक जना घाईते ।
२०८०-०६-०८

सल्यान, जिल्ला सल्यान कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक सेतापैरा स्थित राप्ती राजमार्गमा रोल्पाबाट दाङ तर्फ तरकारी बोकी जाँदै गरेको रा.१ च.१०२५ नं.को सिंगल क्याप जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ३००/३५० मिटर तल खस्न गई दुर्घटना हुन जाँदा घटनास्थलमै २ जनाको मृत्यु र १ जना जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका-२ बस्ने वर्ष अन्दाजी ३५ को नारायण योगी सिरियस घाईते भएको, उक्त स्थानमा प्रहरी चौकी सल्यानबाट ८ जनाको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय लुहामबाट ८ जनाको प्रहरी टोली खटिई गएको । मृतकहरुको नामावलीः-१)चालक जिल्ला दाङ तुलसिपुर उपमहानगरपालिका-१८ बस्ने बर्ष अन्दाजी २५।२६ को भक्त बहादुर घर्ती ।२) साहु ऐ.ऐ. बस्ने बर्ष अं.५१ को गणेश बुढा ।

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा ।
२०८०-०६-०५

रूकुम पश्चिम, जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-६ बस्ने बर्ष ३६ को झगेन्द्र भण्डारीको घरमा जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिम बाट खटिएको ११ जनाको प्रहरी टोलीले सम्बन्धीत व्यक्तिको घरमा पुगी खानतलासी गर्दा निजले आफ्नै घरको माथिल्लो तलाको पुर्व पट्टिको कोठामा लुकाई राखेको अवस्थामा २ नाल भरुवा बन्दुक, पुरानो नाल थान १, नाल बनाउन प्रयोग हुने पाईप थान १, सट्गनको कार्टिज ५ राउण्ड, मध्ये २ वटा प्रयोग गरेको ,३ राउण्ड प्रयोग नगरेको, बारुद बनाउन प्रयोग हुने गन्धक अन्दाजी १ मुठि, सोडा आधा प्याकेट, फलामको छड काटेर बनाएको छर्रा ६ वटा, गोलि जस्तो बनाएको फलामको टुक्रा १५ वटा क्यापमा प्रयोग हुने पट्का २० रोल र बारुद २ डिब्बा मध्ये (१ डिब्बाको आधा डिब्बा प्रयोग गरेको र अर्को डिब्वा मध्ये ४ भागको १ भाग बाँकी रहेको) बारुद रित पुर्बक बरामद गरी निज झगेन्द्र भण्डारी लाई समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा ल्याई राखिएको ।

फरार प्रतिवादी पक्राउ ।
२०८०-०६-०५

रूकुम पश्चिम, जिल्ला रुकुम पश्‍चिम बाँफिकोट गाउँपालिका वडा नं.५ बस्ने सवारी ज्यान मुद्दाको फरार प्रतिवादी अन्दाजी बर्ष ३३ को देवराज शाही र जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं. ९ बस्ने बर्ष अन्दाजी ३५ को टेकेन्द्र परियार मुसिकोट नगरपालिका वडा नं. १ खलंगा बजारमा लुकिछिपि बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले निज फरार प्रतिवादीहरुलाई पक्राउ गरी कैद, सजाय र जरिवाना अशुल उपरको लागी सम्मानित जिल्ला अदालत रुकुम पश्चिममा उपस्थित गराईएकोमा कारागार कार्यालय रुकुम पश्चिममा चलान गरेको ।

सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको । 

फरार प्रतिवादी पक्राउ ।
२०८०-०५-१२

रूकुम पश्चिम, सम्मानित जिल्ला अदालत रूकुम पश्चिमको  लगत नम्बर १५२/९१ मा ८ बर्ष ७ महिना कैद सजाय तोकिएका जिल्ला रुकुम पश्‍चिम मुसिकोट नगरपालिका वडा नं. ७  साँख बस्ने बर्ष ४२ को हरिश चन्द्र पाण्डे हाल जिल्ला दाङ घोराही उप-महानगरपालिका १६ लेटार भन्ने स्थानमा लुकीछिपी बस्दै आएको अवस्थामा निजलाई पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिई गएको प्रहरीले तालुक जिल्ला प्रहरी कार्यालय घोराही दाङसंग समन्वय गरी पक्राउ गरी सम्मानित रुकुम पश्चिम जिल्ला अदालत रुकुम पश्चिममा उपस्थित गराईएकोमा सम्मानित अदालतले निजलाई आजै कैद भुक्तानिको लागि जिल्ला कारागार कार्यालय रुकुम पश्चिममा पठाएको । 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०५-१०

सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुना चेक पोष्ट स्थित चेकिङमा खटिएको प्रहरी टोली र  तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट खटिएको ८ जनाको प्रहरी टोलीले दाङ बाट जुम्ला तर्फ आउदै गरेको क १ ख १० न.को ट्रक चेक जांच गर्ने क्रममा उक्त ट्रक चालक जिल्ला दैलेख गुरासँ गाउँपालिका-३ बस्ने बर्ष २७ को हरि खत्री र सह-चालक ऐ.ऐ. बस्ने बर्ष २२ को टोप्रेन्द्र शाहि लाई शंका लागी चेकजाचं गर्दा ट्रक चालक बस्ने सिट माथि मिटर बोर्ड भित्र लुकाई छिपाई राखेको १ पुडिया (नापतौल गर्न बाँकी) अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको । 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-०५-०९

सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई चेक पोष्ट स्थित चेकिङमा खटिएको प्रहरी टोली र तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ८ जनाको प्रहरी टोलीले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको क.प्र. ०२००१ ख ०१०२ न.को फोर्स गाडिलाई चेक जाच गर्ने क्रममा उक्त फोर्स गाडी भित्र सवार जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-५ बस्ने बर्ष २८ को युवराज अधिकारी लाई शंका लागी चेकजाच गर्दा निजले कम्मरमा बाधेको मनि पर्स भित्र लुकाई छिपाई राखेको ३ पोका, नापतौल  गर्दा शुद्ध ११ ग्राम ७७० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको ।