प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बालिका मृत अवस्थामा फेला ।

२०७९-१०-०७

  • A
  • A-
  • A+
Share

मिति २०७९।१०।०७ गते अं. १६:१० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं. ६ ज्यामिरे बस्ने कर्ण बहादुर बोहोराको छोरी बर्ष १३ की धनिसा बोहोरा मिति २०७९।१०।०६ गते बिहान अं.११:०० बजे देखी घर बाट सम्पर्क बिहिन भएकोमा आज आफन्तहरुले खोजी गर्ने क्रममा ऐ.ऐ.स्थित कोट ज्यामिरे पाखामा मृत अबस्थामा फेला परेको भनि स्थानिय जय बहादुर बोहोराले यस चौकीमा टेलिफोन मार्फत जानकारी गराए पश्चात यस चौकी बाट प्रहरी टोली खटिगएको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।