प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्याक्टर दुर्घटना भई मृत्यु भएको ।

२०८०-०२-१५

  • A
  • A-
  • A+
Share

मुगु, जिल्ला मुगु छाँयानाथ रारा नगरपालिका १३ फलात्ता स्थित गमगढी(मुगु)-हुम्ला सडकखण्डमा सदरमुकाम गमगढिबाट बाम तर्फ खानेपानीको पाईप लिएर आउँदै गरेको लु.४ त. ७३६८ नम्बरको ट्याक्टर सडकबाट अं. ३०।४० मिटर तल खस्न जाँदा चालक ऐ.ऐ. १४ फाईपाटा बस्ने वर्ष अं.३१।३२ को कासिराम बडुवाल र सह-चालक ऐ.ऐ.बस्ने वर्ष अं.२४।२५ को शिव बडुवालको घटना स्थलमा मृत्यु भएको । घटना स्थलमा उक्त पोष्टबाट ४ जनाको प्रहरी टोलि र थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मुगुबाट ५ जनाको प्रहरी टोली खटि गएको ।  

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।