प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध बरामद ।

२०७९-११-०७

  • A
  • A-
  • A+
Share

जुम्ला, जिल्ला जुम्ला चन्दनाथ नगरपालिका-६ बसपार्क स्थित कर्णाली होटेलको कोठा बाट यस जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरी सहायक निरीक्षकको कमाण्डमा ३ जनाको प्रहरी टोलिले गोप्य सुचनाको आधारमा खान तलासी गर्दा उक्त होटलको कोठामा बसेका जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-२ भण्डारीवाडा बस्ने बर्ष २८ को तिलक भण्डारीको बिस्तरा मुनि वाट २ पुरिया ब्राउन सुगर जस्तो देखिने पदार्थ र ऐ.१० गैह्रागाउ बस्ने बर्ष १९ की समिक्षा थापाको साथ वाट ५ पुरिया ब्राउन सुगर जस्तो देखिने पदार्थ,नाईट्रोभेट ट्याबलेट ३ पत्तामा ३४ वटा र नगद रु२०,५१०।वरामद गरी बरामदी मुचुल्का सहित निजहरु लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको छ 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।