प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

माथिबाट ढुङ्गा खस्‍न गई मानिसको मृत्यु ।

२०७९-०४-२१

  • A
  • A-
  • A+
Share

मिति २०७९। ०४। २० गते अं. १८:१५ बजेको समयमा जिल्ला मुगु मुगुम कार्मारोङ गाउपालिका -०५ पुलु बजारमा जिल्ला मुगु छायानांथ रारा नगरपालिका वडा नं. १२ लुम्सा गाउँ बस्ने नन्दराम बि.क. को छोरा वर्ष अं. २७/२८ को सिंह बि.क. लुम्सा बाट मुगम कार्मारोङ गाउपालिका -०३ आवासिय विद्यालय टाहा, जाने क्रममा माथिबाट ढुङ्गा आई टाउकोमा चोट लागि घटना स्थलमै मृत्यु भएको भनि प्रहरीलाई खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिगई लास प्राथमिक स्वास्थ्य केन्द्र पुलुमा लगिएको,  थप अनुसन्धानको लागि प्रहरी टोली घटनास्थल तर्फ खटिगएको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।