प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कुटपिट गरी घाईते ।

२०७९-०९-१६

  • A
  • A-
  • A+
Share

मिति २०७९।०९।१६ गते १९:४५ बजेको समयमा जिल्ला सुर्खेत लेकबेशि नगरपालिका वडा नं. ६ पुरनघाट स्थित ऐ बस्ने बर्ष २१ को देब बहादुर सलामीलाई जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं.  १३ बस्ने बर्ष २३ को कुमार चन्द र ऐ बस्ने बर्ष २२ को दुर्गेश चन्दले मादकपदार्थ सेवन गरी सामान्य बिबादका कारण दाउराले हानी घाईते बनाएको घाईतेको देब्रे गालामा चोट अबस्था बोल्न सक्ने छिन्चु स्थित भेरी पोलि क्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगंज तर्फ पठाएको प्रहरी टोलि खटिगई  ऐ २२:०० बजे कुटपिट गर्ने दुबै जना लाई नियन्त्रणमा लिएको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।