प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

२० बर्ष कैद सजाय भएको कर्तव्य ज्यान मुद्धाको फरार अभियुक्त १४ बर्षमा पक्राउ ।

२०७९-१०-१८

  • A
  • A-
  • A+
Share

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा मिति २०७९/१०/१७ गतेका दिन दिउसो अन्दाजी १६:०० बजेको समयमा ज्यान सम्बन्धी कसूर कर्तब्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय तोकिएको मिति २०६५।४।१६ गते देखी फरार रहेको जिल्ला रुकुम पश्‍चिम मुसिकोट नगरपालिका वडा नं. १ बस्ने प्रताप खत्रीको छोरा बर्ष ३१ को अगविर खत्री भन्ने अतिराम खत्रीलाई पक्राउ गरी आवश्यक कारबाहीको लागी मिति २०७९।१०।१८ गते सम्मानित रुकुम जिल्ल अदालतमा उपस्थित  गराएको ।       

 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।