प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भर्‍याङ्बाट लडि मृत्यु ।

२०७९-१२-०२

  • A
  • A-
  • A+
Share

मुगु, मिति २०७९।१२।०२ गते राति ०१:५० बजेको समयमा जिल्ला मुगु छाँयानाथ रारा नगरपालिका २ गमगढी स्थित दल बुढाको घरमा खत्याड गाउँपालिका वडा नं. ८ आँप घर भई हाल कोहलपुर बाँके बस्ने शंकर कार्कीको श्रीमति बर्ष अ.३८।४० कि तुलसी खड्का कार्की ट्वाइलेट जाने क्रममा भर्‍याङबाट लडि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ ७ जनाको प्रहरी टोली थप अनुसन्धानको लागि खटिएको छ ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-१२-१५

  सुर्खेत,  जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ स्थित तातापानी शिवशक्ति टोल स्थायी घर भई सोहि स्थान बस्ने बर्ष २८ को राज कुमार बि.सी.को घरमा शंका लागी लागूऔषध ब्युरो सुर्खेत बाट र जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट खटिएको प्रहरी टोलिले निजको घरको कोठामा चेकजाँच गर्ने क्रममा लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ निलो प्लास्टिकमा हरियो डोरिले बाधेको सानो, ठुलो गरि ३३ पुडिया, लागूऔषध बनाउन प्रयोग गर्ने प्लेट-१२ थान, कैँची -१३ थान, पुडिया बाध्न प्रयोग गर्ने धागो -१४ थान र नगद रु- ८,५००/-(अक्षरूपि  आठ हजार पाँच सय) सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।