प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा ।

२०८१-०२-०१

  • A
  • A-
  • A+
Share

सुर्खेत ,

मिति २०८१।०२।०१ गते जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ४ खोर्के सडक खण्ड स्थित लागु औषध बेचबिखन भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण शाखा कार्यालय सुर्खेत र अस्थाइ प्रहरी बिट सहिद पार्क बाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३५को कमल पन्त र ऐ.ऐ.बस्ने बर्ष २५ को निशान्त खत्रीलाई चेकजाँच गर्ने क्रममा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (नाप तौल नभएको) ४ पुडिया , नाईट्रोजेसन नामक ट्यावलेट १ पुडिया सहित फेला पारी बरामद गरी निजहरु लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।  

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।