प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

धारिलो हतियार प्रयोग गरी बालकको हत्या ।

२०७९-१०-०१

  • A
  • A-
  • A+
Share

मिति २०७९।१०।०१ गते अं.१४: ०० बजेको समयमा जिल्ला सल्यान बनगार कुपिण्डे न.पा.१० माझकाँडा बस्ने मान बहादुर पुरीको छोरा मानसिक सन्तुलन ठिक नभएको बर्ष अं.३४ को डम्बर पुरीले ऐ.ऐ.बस्ने हरी सिंह घर्तिको छोरा बर्ष अं.८ को भिजन घर्ति (सहोदर भान्जा ) लाई आफ्नै घर आगनमा रहेको मन्दिर भित्र लगी खुर्पा प्रहार गरी टाउको र शरीर अलग बनाई निज बच्चाको लास मन्दिर भित्र खाल्डो खनि पुरेको अबस्थामा रहेको ।  उक्त ब्यक्तिलाइ खुर्पासहित नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-०१

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुर स्थित लागूऔषध नियन्त्रण व्यूरो सुर्खेत बाट खटिएको प्रहरी टोलिले ऐ. बस्ने बर्ष २२ को शुशिल सुनार र जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१० डेरा गरि बस्ने बर्ष २३ को देवेन्द्र सुनार लाई शुशिल सुनारको घरमा खानतलासि गर्दा निजहरुको साथ बाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने १ पोका, नापतौल गर्ने डिजिटल तराजु थान-२, कैचि थान-१, धागो गोलि थान-२, नगद रु. ७,३००/- ( सात हजार तिन सय ) फेला पारि बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।