प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्कुलबाट घर फर्किने क्रममा एक्कासी ढुङ्गा लागी बालकको मृत्यु ।

२०७९-१२-१०

  • A
  • A-
  • A+
Share

रुकुम पश्चिम, जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं.११ गोईरी बस्ने महेन्द्र परियारको छोरा बर्ष ९ को दिप रोशन परियार बाल कल्याण मा.बि.को कक्षा २(दुई) मा अध्यनरत बिद्यार्थी थिए र अध्यन पश्चात आफ्नो घर फर्कने क्रममा आफु हिडेको गोरेटो बाटो भन्दा अं.६०/७० मिटर माथिबाट ढुङ्गा खसि टाउकोमा चोट लागि घट्नास्थलमा नै मृत्यु भएको र मृत लास मृतकको आफन्तले घरमा ल्याई राखेको,उक्त ढुङ्गा कसरी खस्यो भनि नखुलेको,अनुसन्धान कार्य भईरहेको लास मृतकको घरमा रहेको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।