प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाईकलले ठक्कर दिँदा एक जनाको मृत्यू ।

२०८०-०९-१७

  • A
  • A-
  • A+
Share

रूकुम पश्चिम,

जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका-१ नाखिरा स्थति एयरपोर्ट बाट चौरजहारी बजार तर्फ आउदै गरेको जिल्ला रुकुम पश्चिम चौरजहारी न.पा. १० बस्ने वर्ष २२ को बिनोद वलीले चलाएको कर्णाली प्रदेश ०२-००१ प ९०७४ न.को मोटरसाईकलले ठक्कर दिँदा निम्न स्थान बस्ने निम्न ब्यक्तिहरु घाईते भई मिसन अस्पताल चौरजहारीमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागी नेपालगञ्जको लागी रिफर गरी नर्सिङ होम नेपालगञ्जमा उपचार भईरहेको र १ जनाको उपचारको क्रममा मृत्यु भएको, चालक र मोटरसाईकल ईलाका प्रहरी कार्यालय रूकुम पश्चिमको नियन्त्रणमा रहेको ।

मृतकको नामावली

१) जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालीका १ बस्ने बर्ष ४० को संगम प्रकाश गिरीको थप उपचारको लागी नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको

घाईतेको नामावली

१) ऐ.ऐ. बस्ने वर्ष ३२ कि निर्मला बुढाथोकी टाउको, दाहिने खुट्टामा चोट, अवस्था बोल्न सक्ने ।

२) ऐ.ऐ. बस्ने स्वीकृति गिरीको ९ महिनाको छोरा गौरव गिरी टाउकोमा चोट, अवस्था मध्यम ।

३) मो.सा.पछाडी सवार चौरजहारी न.पा.१ बस्ने वर्ष १८ को खुलस्त गिरी दाहिने हातमा चोट, अवस्था सामान्य ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।