प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरीको सक्रियता व्यापक फरार अभियुक्तहरु पक्राउ ।

२०७९-१०-१८

  • A
  • A-
  • A+
Share

कर्णाली प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल  फरार अपराधीलाई पक्राउमा बिशेष सक्रियता बढाई उल्लेखनियरुपमा फरार अभियुक्तहरु पक्राउ गर्ने बताउनु भएको ।

फरार अपराधी पक्राउको क्रममा बिगत ५ दिनमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले बहुबिबाह मुद्धाका  ४ चेक अनाधर मुद्धाको १ जना  र पुरानो पेण्डिङ कर्तव्य ज्यान मुद्धाका ४ जना  गरी जम्मा ९ जना फरार अभियुक्तहरुलाई पक्राउ गरी ६ बर्ष १ महिना २९ दिन कैद  रु ५४०००।– जरीवाना ३०००००।– बिगो असुल भएको ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सम्बन्ध बिक्षेद,लागु औषध, के.सा.अ., गाली बेईज्यती, जालसाछी  र कुटपिट मुद्धाका ७  जना फरार अभियुक्तहरुलाई पक्राउ गरी १ बर्ष ७ महिना १४ दिन कैद रु१८१६०।– जरीवाना असुल भएको ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले गर्भपतन र बहुबिबाह मुद्दाका २ जना फरार अभियुक्तहरुलाई पक्राउ गरी १ बर्ष १० महिना २९ दिन कैद रु १०२५०।– जरीवाना असुल भएको

जिल्ला प्रहरी कार्यालय कालिकोटले १ जना सार्वजनिक अपराध र १ बैकिङ कसुर  गरी २ जना  फरार अभियुक्तहरुलाई पक्राउ गरी १ बर्ष ६ महिना कैद रु ५६३२००।– जरीवाना र ५५६२०० बिगो असुल भएको

 जिल्ला प्रहर कार्यालय डोल्पाले पुरातात्विक मुर्ती चोरी मुद्धाको १ जना फरार अभियुक्तलाई पक्राउ गरी ३ बर्ष कैद रु १०००००।– जरीवाना असुल भएको ।

 जिल्ला प्रहरी कार्यालय जाजरकोटले जवरजस्ती करणी मुद्दाको १ जना फरार अभियुक्तलाई पक्राउ गरी ९ बर्ष ३ महिना १६ दिन कैद रु ५००००।– जरीवाना असुल भएको ।

५ दिनको अबधीमा २२ जना फरार अभियुक्त पक्राउ  र २१ बर्ष ६ महिना २३ दिन कैद रु १३४८७७५।- जरीवाना र ८५६२०० बिगो असुल असुल भएको

 फरार अभियुक्तहरुलाई पक्राउ गर्नकोलागी बिशेष अभियानलाई मातहत जिल्लाहरुमा कडाईका साथ लागु गरी उल्लेखनियरुपमा फरार अभियुक्तहरु पक्राउ गर्ने प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद श्रेष्ठले बताउनु भयो ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।