प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिनि ट्रक दुर्घटना हुँदा २ जना घाईते ।

२०७९-११-०९

  • A
  • A-
  • A+
Share

जिल्ला जुम्ला तातोपानी गाउँपालिका वडा नं. ६ रावतवाडा भन्ने स्थानमा सुर्खेत वाट जुम्ला सदरमुकामतर्फ आउदै गरेको सरिया,सिमेन्ट र डिजल ढुवानी गरी ल्याएको क.प्र.०२००१ ख.६२७ नम्वरको मिनि ट्रक अनियन्त्रित भई सडक वाट अ.१० मिटर तल खसी दुर्घटना हुदा ट्रकमा क्षती पुगेको उक्त ट्रकमा सवार ट्रकको साहु जिल्ला सुर्खेत बराहताल गाउँपालिका वडा नं. २ बस्ने बर्ष ४३ को राम बहादुर चन्द र चालक ऐ.ऐ.बस्ने बर्ष ३१ को मिन बहादुर सुनार सामान्य घाईते भएको, ट्रक घट्ना स्थलमानै रहेको उक्त स्थानमा ट्राफिक प्रहरी सहित ४ जनाको प्रहरी टोली खटिएको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।