प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध काठ बरामद ।

२०८०-०३-०५

  • A
  • A-
  • A+
Share

सुर्खेत, जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका-३ मुलपानि चोक स्थित बिरेन्द्रनगर नगरपालिका-२ फलाटे बाट बिरेन्द्रनगर तर्फ जादै गरेको भे.त ६००२ न. को ट्याक्टरलाई  प्रहरी चौकी बाङ्गेसिमलबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा अवैध सालको काठ,अन्दाजी ४ फुटे सालको कोलिया २, अन्दाजी ७ फुटे सालको कोलिया १ र अन्दाजी ८ फुटे सालको कोलिया १  बरामद गरी,ट्याक्टर, ट्याक्टर चालक जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा.२ बस्ने बर्ष अ. ३२ को कृष्ण चौधरीलाई नियन्त्रणमा लिईएको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।