प्रहरी कार्यालय
सुर्खेत, मिति २०८१/१२/१२ गते जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ०४ कालागाँउ स्थितमा लागूऔषधको ओसार पसार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेत र लागुऔषध ब्युरो सुर्खेतबाट खटिएको संयूक्त प्रहरी टोलीले उक्त स्थानमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपलिका वडा नं. ०४ बस्ने बर्ष अन्दाजि २९ को बिवेक थापालाई शंकास्पद अवस्थामा फेलापारी निजको शरिर तथा घरकोठा खानतलासि गर्दा निजको साथबाट लागुऔषध जस्तो देखीने धुलो पदार्थ शुद्ध ११० (एक सय दश मिलिग्राम) फेलापारी निजलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
सुर्खेत, मिति २०८१/१२/११ गते जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ०७ ईत्राम स्थित लागुऔषध (ट्रामाडोल) को कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेत र लागुऔषध ब्युरो सुर्खेतबाट खटिएको संयूक्त प्रहरी टोलीले उक्त स्थानमा जिल्ला कालिकोट तिलागुफा नगरपालिका वडा नं. ६ घर भई हाल जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपलिका वडा नं.०७ ईत्राम स्थित स्मरण मेडिकल संचालन गरी बस्ने बर्ष ३२ को नन्द बहादुर शाहीलाई शंकास्पद अवस्थामा फेलापारी निजको शरिर, निजले संचालन गरेको मेडिकल तथा सोही घरमा भएको निजको डेराकोठा खानतलासि गर्दा उक्त डेरा कोठामा रहेको कालो ड्रममा राखिएको चामल भित्र लुकाई छिपाई राखेको ४८० (चार सय असी) पत्तामा जम्मा ४,८००/- (चार हजार आठ सय) ट्याब्लेट लागुऔषध (ट्रामाडोल) फेलापारी बरामद गरी निजलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
सुर्खेत,मिति २०८१/११/२६ गते अन्दाजि २०:०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ११, सुब्बाकुना स्थित लागुऔषधको ओसार पसार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय, सुर्खेतबाट खटिएका संयुक्त प्रहरी टोलीले उक्त स्थानमा जाँदा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ बस्ने अन्दाजि बर्ष २३ को भरत बि.क., ऐ.ऐ. वडा नं. १ बस्ने अन्दाजि बर्ष २० को संजय टमटा र जिल्ला कालिकोट पलता गाउँपालिका वडा नं. ५ घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर वडा नं.८ बस्ने अन्दाजि वर्ष २७ नविन बमलाई शंकास्पद रूपमा हिडिरहेको अवस्थामा फेलापारी निजहरूको शरिर खानतलासि गर्दा निहजरूको साथबाट लागुऔषध जस्तो देखीने धुलो पदार्थ नापतौल गर्दा शुद्ध १३० (एक सय तिस मिलिग्राम) र NITRAZEPAM १६० ट्याब्लेट र ट्रमाडोल १० ट्याब्लेट सहित फेला पारी निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैईरहेको ।
सुर्खेत, मिति २०८१/११/१८ गते अन्दाजि १९:४० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्ननगर नगरपालिका -११ सुब्बाकुना स्थितमा लागुऔषधको ओसार पसार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेत र लागु औषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा जाँदा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं.०९ बस्ने बर्ष अन्दाजि २६ को गणेश कार्की, ऐ.ऐ. वडा नं. ०३ बस्ने बर्ष अन्दाजि २५ को युवराज चपाई र ऐ.ऐ. वडा नं. ०६ बस्ने बर्ष अन्दाजि २३ को गौरव रावललाई शंकास्पद रुपमा हिडिरहेको अवस्थामा फेलापारी निजहरुको शरिर खानतलासि गर्दा निजहरुको साथबाट लागुऔषध जस्तो देखिने धुलो पदार्थ नापतौल गर्दा शुद्ध ५३० (पाँच सय तिस मिलिग्राम) र ट्रामाडोल १३ ट्याब्लेट सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
सुर्खेत,मिति २०८१/११/१७ गते अन्दाजि २३:०० बजे जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका- १०, तोलीखोला स्थित लागु औषधको ओसार पसार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, छिन्चु सुर्खेतबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा जाँदा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका ०९ बस्ने बर्ष अन्दाजि २३ को सन्देश बस्याल सार्की, ऐ.ऐ. बस्ने बर्ष २१ को गौरव रावल र ऐ.ऐ. १२ बस्ने बर्ष अन्दाजि २२ को विकास कुमार शाहलाई शंकास्पद रूपमा हिडिरहेको अवस्थामा फेलापारी निजहरुको शरिर खानतलासि गर्दा निजको साथबाट लागु औषध जस्तो देखिने खैरो हिरोईन नाप तौल गर्दा शुद्ध १.०० ग्राम (एक ग्राम) सहित नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भईरहेको ।
दैलेख,मिति २०८१।११।१८ गते जिल्ला दैलेख नारायण नगरपालिका – १, बसपार्क स्थित बजारमा हिडिरहेको अवस्थामा संकास्पद लागि जिल्ला प्रहरी कार्यालय, दैलेखबाट खटीएका प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा दैलेख नारायण नगरपालिका वडा नं. ८ तर्ताङ बस्ने हरि बहादुर बस्नेतको छोरा बर्ष २३ को अर्जुन बस्नेतको साथ बाट ट्रामाडोल नामक लागु औषध ५ पत्तामा ५४ ट्याबलेट सहित नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भैईरहेको ।