प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कुनैपनि बिल नभएको अवैध सामान बरामद ।

२०८०-०८-१७

  • A
  • A-
  • A+
Share

सुर्खेत,

  जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोली खोला स्थित रत्नराजमार्गमा नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको भे.१ ख. ५२१६ नं. को फोर्स गाडी लाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ५ जनाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा कुनै पनि बिल भरपाई नभएको अवैध रूपमा ओसारपसार भई आएको ४ बोरा (१२० के.जी.) चिनी बरामद गरी  आवश्यक अनुसन्धान एवम् कारवाहीका लागी ईलाका प्रहरी कार्यालय छिन्चुमा बुझाएको र सवारी साधन गन्तव्य तर्फ छोडिएको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-११-१४

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ पिपलडाँडा बस्ने बर्ष ३० को सनतराज बोगटिको घरमा लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागूऔषध ब्युरो कर्णाली प्रदेश सुर्खेत शाखा बाट खटिएको प्रहरी टोलि र जिल्ला प्रहरी कार्यालय सुर्खेत र अस्थायी प्रहरी बिट लाटिकोईलि सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलिले निजको घरमा चेक जाँच गर्दा निजको घरको सुत्ने कोठा र घरको छतमा लुकाई छिपाई राखेको अवस्थामा नापतौल नगरेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ८४ पुडिया, ठुलो २ पोका, निजले प्रयोग गर्ने भे.५ प. ५६४१ नं. को मोटरसाईकल  र कैचि थान १ सहित बरामद गरी निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।