प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा ।

२०८०-०१-२८

  • A
  • A-
  • A+
Share

मिति २०८०।०१।२८ गते अ.१४:०० बजेको समयमा जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा नं. ३ हिलेखाली स्थित लागूऔषध कारोवार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालय बाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न व्यक्तिहरुको साथ बाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नगरेको २ पुडिया फेला पारी मानिस सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको  ।

निम्न

1=  जिल्ला सुर्खेत विरेन्द्रनगर न.पा. २ बस्ने बर्ष २३ को तपेन्द्र शाही ।

2= ऐ. १० बस्ने बर्ष २१ को निरज राना मगर ।

3=  ऐ.१ बस्ने बर्ष २९ को गणेश थापा । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।