प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गरि ओसार पसार गरिरहेको टेक्टर नियन्त्रणमा लिइ कारवाही गरी छोडेको ।

२०८१-०२-२९

  • A
  • A-
  • A+
Share

सुर्खेत,

मिति २०८१।०२।२९ गते बिहान अन्दाजी ०९:०० बजेको समयमा जिल्ला सुर्खेत पन्चपुरी नगरपालिका वडा नं.५ देउरालिडाडा स्थित प्रचलित कानुनको प्रतिकुल हुने गरी कार्यविधीठेक्काको शर्त विपरीत नदी जन्य पदार्थ ग्राबेल पन्चपुरि न.पा.१० खहरे खोलावाट उत्खनन् गरी ओसार पसार गरिरहेको अवस्थामा कर्णाली प्रदेश ०२ ००१ त ०३७६ नम्बरको टेक्टरलाई इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी पञ्चपुरी नगरपालीकाको कार्यालय बाबियाचौर सुर्खेत पठाईएकोमापञ्चपुरी नगरपालीकाको कार्यालयबाट जरिवाना रु १०,०००/- (दस हजार) काटि उक्त टेक्टरलाइ मिति २०८१।०२।२९ गते १५:४३ बजेको समयमा छाडिएको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।