प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध माछा बरामद सवन्धमा ।

२०७९-११-१७

  • A
  • A-
  • A+
Share

जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ५ बबई अस्थायी प्रहरी चेक पोष्ट स्थित प्र.स.नि. कमाण्डमा ४ जनाको प्रहरी टोलीले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको भे.१.ज.१००३ नं.को फोर्स गाडीलाई चेक जाँच गर्दा अवैध रुपमा ल्याएको मंगुर माछाको भुरा (बच्चा) बरामद गरी यस पोष्टको नियन्त्रणमा राखेको गाडी गन्तब्य तर्फ छाडिएको र उक्त मंगुर माछाको भुरा (बच्चा) लाई पशु क्वारेन्टाईन कार्यालय बाँके तर्फ पठाएको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-१२-१५

  सुर्खेत,  जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ स्थित तातापानी शिवशक्ति टोल स्थायी घर भई सोहि स्थान बस्ने बर्ष २८ को राज कुमार बि.सी.को घरमा शंका लागी लागूऔषध ब्युरो सुर्खेत बाट र जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट खटिएको प्रहरी टोलिले निजको घरको कोठामा चेकजाँच गर्ने क्रममा लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ निलो प्लास्टिकमा हरियो डोरिले बाधेको सानो, ठुलो गरि ३३ पुडिया, लागूऔषध बनाउन प्रयोग गर्ने प्लेट-१२ थान, कैँची -१३ थान, पुडिया बाध्न प्रयोग गर्ने धागो -१४ थान र नगद रु- ८,५००/-(अक्षरूपि  आठ हजार पाँच सय) सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।