प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

काठको चिरपत दाउराले हानि गम्भिर घाईते ।

२०७९-११-२१

  • A
  • A-
  • A+
Share

जिल्ला सुर्खेत लेकबेशी नगरपालिका वडा नं. २ पुरानोगाँउ बस्ने यज्ञ मिदुन र निजको श्रीमती बर्ष ३२ की खगिसरा मिदुन बिच घरयासी बिबाद हुदा श्रीमानले चिरपट दाउराले हिर्काउदा श्रीमतीको टाउकोमा गहिरो चोट मेहलकुना अस्पतालमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत तर्फ पठाएको अबस्था सिरियस, उपचारमा घाईतेको बुवा दल बहादुर घर्ती संलग्न रहेको उक्त स्थानमा प्रहरी चौकी गुमी सुर्खेत बाट प्रहरी टोली खटिएको कुटपिट गर्ने ब्यक्ति फरार खोजी कार्य भईरहेको । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।