प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

काँक्रेबिहारको जंगलमा १ पोथी जरायो मृत अबस्थामा फेला ।

२०७९-११-०३

  • A
  • A-
  • A+
Share

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ लाटीकोईली स्थित काँक्रेबिहारको जंगलमा १ वटा पोथी जरायो मृत अबस्थामा छ भन्ने स्थानियबाट खबर प्राप्त हुनसाथ  अस्थायी प्रहरी पोस्ट लाटिकोईलीबाट प्रहरी बरिष्ठ हवल्दारको कमाण्डमा २ जनाको टोली खटिगई सशस्त्र वन रक्षक शाखा कार्यालय हिरासत कक्ष लाटिकोईली सुर्खेतमा खबर गरेको उक्त बन कार्यालय बाट सशस्त्र वन रक्षक ( जमदार ) बल ब. हमाल सहितको टोली खटि गई अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।