प्रहरी कार्यालय
जिल्ला कालीकोट... मिति २०७९।११।३० गते १२:०५ बजेको समयमा जिल्ला कालीकोट खाँडाचक्र नगरपालिका १ स्थित लभढुङ्गा नजिक खानेपानीको पाईप बिछ्याउनको लागी लिग खन्ने क्रममा जमिनमुनि विद्युतिय तार जोडीएको प्लाष्टिकले बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको र पुनः माटोले छोपि राखेको भनि जंग बहादुर शाहिले जानकारी गराए पश्चात आर्मीको टोलीसंग समन्वय गरी ५ जनाको प्रहरी टोली खटिएको छ ।
जाजरकोट,मिति २०७९।११।३० गते १२:३० बजेको समयमा जिल्ला जाजरकोट कुशे गाँउपालिका वडा न.८ बस्ने बर्ष ३६ को निरञ्जन रोकाय भएको बैङ्किङ कसुर सम्बन्धि मुद्दामा वारदात मिति देखि फरार रहेककोमा सम्मानित उच्च अदालत पाटन ललितपुर बाट मिति २०७९।१०।२४ गते पक्राउ अनुमति जारी भई आएकोमा मिति २०७९।११।२९ गते १५:३० बजेको समयमा जिल्ला जाजरकोट भेरी नगरपालिका वडा न.४ गैरिखाली स्थित बाटोमा हिडिरहेको अवाथामा फेला पारी ३ जनाको प्रहरी टोलीले रितपुर्बक दाखीला गरी निजलाई जिल्ला प्रहरी परिसर टेकु लैजादै ।
सुर्खेत, मिति २०७९।११।३० गते अं.०९:०० बजे जिल्ला सुर्खेत वीरेन्द्र नगरपालिका ६ स्थित गोदाम लाईन नजिक मंगलगढी चोक नजिक मोटरसाकलले पैदल यात्री जिल्ला सुर्खेत वीरेन्द्र नगरपालिका ४ क्याम्पस रोड बस्ने कृष्ण राज बुढाको छोरा बर्ष ७ को दिपेन्द्र बुढालाई बाटोमा हिँडिरहेको अबस्थामा ठक्कर दिँदा टाउको, दाँहिने खुट्टामा चोट लागि घाईते भई माया नर्सिङ होम सुर्खेतमा लिई उपचार भईरहेको छ । चालक जिल्ला सुर्खेत वीरेन्द्र नगरपालिका ६ बस्ने बर्ष १८ को समिर कुरेसीलाई नियन्त्रणमा लिदा कागजपत्र साथमा नभएको पाइएको छ । थप अनुसन्धानको लागि ५ जनाको प्रहरी टोलि खटिको छ ।
सल्यान , मिति २०७९।११।२९ गते १७:३० बजे जिल्ला सल्यान बनगार कुपिण्डे नगरपालिका ९ स्वारा बस्ने वर्ष अं.४० को आइते रावत , वर्ष अं. ४९ को दिले रावत र निज दिले रावतकै छोरा वर्ष अं. १५।१६ को चित्र बहादुर रावत घरदेखि २ किलोमिटर टाडा जंगलमा शिकार खेल्न गएको अवस्थामा आइते रावतले बोकेको भरुवा बन्दुक एक्कासि पड्किन गइ दिले रावतको छोरा चित्र बहादुर रावतको पेट र घाटिमा गोलि लागि घाइते भइ निजहरुलेनै औषधि उपचारको लागि गाडिद्वारा सुर्खेत तर्फ लग्दै गर्दा नगरपालिका ७ ओरघाट भन्ने स्थानमा मृत्यु भइ लास निजकै घरमा ल्याइ राखेको र निज आइते रावत फरार भएको भनि युवराज रावतले जिल्ला प्रहरी कार्यालय सल्यानमा २१:३५ बजेको समयमा जानकारी गराएपश्चात ३ जनाको प्रहरी टोलि खटिइ गएको र थप अनुसन्धानको लागि SOCO सहित ७ जनाको प्रहरी टोलि खटिइ गएको ।
मिति २०७९।११।३० बाजुरा जगनाथ गाउँपालिका -६ कोटगोती घर भएको वर्ष अं. २८ को धिरज विष्ट जुम्ला चन्दननाथ नगरपालिका -४ मालाभिड स्थित होटल तिलामा साँझ २१:०० बजे मापसे गरी सुतेकोमा बिहान मृत्त अवस्थामा फेला परेको भनि निजको श्रीमती उर्जना बुढाले जानकारी गराउनुभएको हो र थप अनुसन्धानको लागि ५ जनाको प्रहरी टोलि खटिगएको ।
रुकुम पश्चिम, मिति २०७९।११।२९ गते २३:३० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिक-३ खदी बस्ने बर्ष ४५ को हरी बहादुर बि.क.को खाली घरमा बस्ने बर्ष अ. ४० / ४५ को खड्क बहादुर बि.क., धिरेन्द्र बि.क, गोपाल बि.क. लगाएतका ब्यक्तीहरुले गाई काटेको भनि दत्त बहादुर बि.क.ले खबर गरेपश्चात प्रहरी टोली जादा गाई काट्ने ब्यक्तीहरु फरार रहेको; मासु सोही स्थानमा रहेको; थप अनुसन्धानको ७ जनाको प्रहरी टोली खटिएको ।
सम्मानित सुर्खेत जिल्ला अदालतको लगत नं. २५३७ जवरजस्ती करणी मुद्धामा ३ महिना जेल सजाय तोकिएको फरार प्रतिवादी जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. १ अमिलावारी बस्ने बर्ष १६ को सन्तोष रामजाली लाई सादा पोसाकमा खटिएका प्रहरी टोलिले ऐ.ऐ. २ स्थित सप्तरीबाट नियन्त्रणमा लिई फैसला कार्यान्वयनको लागि सम्मानित जिल्ला अदालत सुर्खेतमा बुझाईएको ।
सुर्खेत जिल्ला अदालतको लगत नं. ३१९२ पुन चलन मुद्दामा रु. १०,०००।–(अक्षेरुपी दश हजार मात्र) जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला सुर्खेत बराहताल गाँउपालिका वडा नं. ७ बस्ने वर्ष ६८ को ठग बहादुर विश्वकर्मालाई यस चौकी बाट खटिएको प्रहरी टोलीले निजको घर बाट पक्राउ गरी फैसला कार्यवन्यनको लागि सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतमा बुझाएको ।
जिल्ला जाजरकोट भेरी नगरपालिका वडा नं. ४ पिपल डाँडा बस्ने किस्ने नेपाली को छोरा बर्ष अं. ३१ को लक्ष्मण सुनार ऐ.ऐ. शान्ति चौतारा बाट टिनको पाता बोकी आफ्नो घर तर्फ जादै गर्दा घर नजिकै बाटो बाट अं.२० मिटर तल खसेको र नाक मुख बाट रगत बगेको अबस्था बोल्न नसक्ने भनी टेलिफोन मार्फत जानकारी गराए पश्चात यस कार्यालयबाट प्रहरी टोली खटिगई उपचारको लागी जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचार पश्चात थप उपचारको लागि भे.१.ज.९१५ नम्बरको बोलेरो जिपमा मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-३ कर्णाली केयर हस्पिटल अगाडी मुलपानी बाट बजार तर्फ आउदै गरेको भे ५ प ७६२७ नं.को मोटरसाईकलले पैदल यात्री बिरेन्द्रनगर नगरपालिका-१ बस्ने बर्ष ४६ की पदमा उपाध्यलाई ठक्कर दिई घाईते भई कर्णाली केयर हस्पिटल सुर्खेतमा उपचार भईरहेको उपचारमा छोरा खेम उपाध्य रहेको मोटरसाईकल चालक जिल्ला कालिकोट खाडाचक्र नगरपालिका-३ घर भई हाल बीरेन्द्रनगर नगरपालिका-३ तातापानि बस्ने बर्ष १८ को समिर पाण्डे उपचारमा रहेको मोटरसाईकल ट्राफिकको नियन्त्रणमा रहेको ।
हुम्ला, हुम्ला जिल्ला सिमकोट गाउपालिका-७ पानीभर्ना चौर स्थित हिल्सा सिमकोट सडक खण्डको छेउमा संकास्पद बस्तु (बम जस्तो देखिने) छ भनि हुम्ला जिल्ला सिमकोट गापा ७ धारापोरी बस्ने धर्म बहादुर शाहीले टेलिफोन मार्फत यस कार्यालय मातहत प्रहरी चौकी धारापोरीमा जानकरी गराए पश्चात तत्काल चौकीबाट प्रहरीको टोली खटि गएको¸ नेपाली सेना बरादल गुल्म हुम्ला समेतलाई जानकारी गराइएको छ ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तालबारी बस्ने दिपिका सुनारको छोरी १ महिनाको(बच्चा) कृति सुनार आफ्नै घरको कोठामा मृत अबस्थामा छ भनि ऐ.११:०० बजेको समयमा ईलाका प्रहरी कार्यालय छिन्चुमा स्थानियले टेलिफोन मार्फत खबर गरे पश्चात तत्काल उक्त स्थानमा प्रहरी निरीक्षकको कमाण्डमा ८ जनाको प्रहरी टोली खटिगएको घटनास्थल लगाएत अनुसन्धान कार्य भईरहेको ।
जुम्ला, जिल्ला जुम्ला तिला गाउपालिका-५ चुलाकोट बस्ने जबर्जस्तिकरणी मुद्दाको फरार प्रतिवादी बर्ष अन्दाजी २१ को दिपेन्द्र कामि सुनार लाई ऐ. ४ साफुल्लिमा लुकिछिपि बसेको अवस्थामा प्रहरी चौकी कुडारी जुम्ला बाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्ला लाई राखिएको छ ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ स्थित जिरोड्याम नजिक रहेको काँक्रेबिहार फन पार्क एण्ड रिसोर्ट प्रा.लि. को फन पार्कमा रहेको फलामको पिङ खेल्ने क्रममा जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका-६ बस्ने बर्ष ५० की पविसरा सुनार र जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा. ३ बस्ने बर्ष २६ की प्रतिमा गदाल निजको छोरा बर्ष २ को प्रनिल गदाल गरी जम्मा ३ जना उक्त पिङ भाँचिदा घाईते भई उपचारको लागि उक्त रिसोर्टका सञ्चालक कर्ण सुस्लिङ मगरले कर्णाली केयर अस्पताल सुर्खेतमा लिई उपचार गराउँदा उपचारको क्रममा जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका-६ बस्ने बर्ष ५० की पविसरा सुनारको मृत्यु भएको र प्रतिमा गदालको वाँया आँखामाथि, ओठ, टाउको, बाँया हातमा चोट बोल्न सक्ने अबस्था सामान्य निजको छोरा बर्ष २ को प्रनिल गदाल पनि सामान्य रहेको ।
सुर्खेत, सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलिखोला स्थित खटिएका प्रहरी टोलिले कोहलपुर देखि सल्लीबजार तर्फ जाँदै गरेको भे १ च ४२५२ नं. को बोलेरो जिप लाई चेकजाँच गर्ने क्रममा कुनै पनि बिल नभएका निम्न परिणामका सामानहरु बरामद गरी यस ई.प्र.का. छिन्चु सुर्खेतमा ल्याई राखिएको, गाडीलाई गन्तब्य तर्फ पठाईएको । निम्न:- 1) कुर्ता सुरुवाल – २८ पिस 2) साडी – १९ पिस 3) लेङ्गा – २ जोर 4) जेन्स रेडीमेड कुर्ता सुरुवाल – १ जोर 5) काचो कपडा सर्ट पाईन्ट – १/१ पिस 6) स्टकोटको कपडा – १ मिटर (थान १) 7) गरम मसला – २ प्याकेट मिक्स 8) किसमिस – २ प्याकेट 9) काजु – २ प्याकेट 10) बदाम – २ प्याकेट 11) नधुलो मसला – १ प्याकेट 12) कुरमुरे – २ प्याकेट 13) लेडिज सेन्डिल चप्पल – १ जोर 14) जेन्स जुत्ता – २ जोर 15) सानो बच्चाको लेडिज ब्याग -२ पिस ।
रुकुम पश्चिम, जिल्ला रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नं.५ गोरे भिरमा नामथर वतन नखुलेको बर्ष अन्दाजी ४०/४२ को पुरुष ब्यक्ति मृत अवस्थामा फेला परेको छ भनि ऐ.वडाका वडा अध्यक्ष मनु शाहीले ईलाका प्रहरी कार्यालय बाँफिकोट रुकुम पश्चिममा टेलिफोन मार्फत जानकारी गराए पश्चात यस कार्यालय बाट प्रहरीको टोली खटि गई घट्नास्थल सुरक्षित गरेको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम बाट SOCO सहित ७ जनाको प्रहरी टोली खटी गएको छ ।
हुम्ला, जिल्ला हुम्ला सर्केगार्ड गाउँपालिका-२ उनापानी स्थित कर्णाली नदिको किनारमा नामथर वतन नखुलेको पुरुष ब्यक्तिको मृत शब फेला परेको भनि ऐ. खार्पुनाथ गाउँपालिका-४ नल्ला बस्ने बर्ष अ. २८ को सुरेन्द्र शाहीले टेलिफोन मार्फत जानकारी गराए पश्चात यस चौकी बाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जनाको टोली घटनास्थल तर्फ खटि गएको , थप अनुसन्धान जारी भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत लेकबेशी नगरपालिका-६ स्थित भेरी नदीको किनारको ढुङ्गामा महिलाको मृतक लाश रहेको छ भनि स्थानियले टेलीफोनमार्फत प्रहरी चौकी रामघाट सुर्खेतमा जानकारी प्राप्त गराउन साथ उक्त स्थानमा यस चौकीबाट प्रहरी टोली खटिएको र थप अनुसन्धानको लागि यस कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको प्रहरी टोलि खटि गई बुझ्दा उक्त लाश जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-४ बाहुने चौर बस्ने बर्ष ७२ की जैसरा भाट खत्री हो भनि मृतकको छोरा जीत ब. खत्रीले घटनास्थलमा गई सनाखत गरेको लिएको ।
जिल्ला हुम्ला सर्केगार्ड गाउँपालिका वडा नं. २ उनापानी स्थित कर्णाली नदिको किनारमा नामथर वतन नखुलेको पुरुष ब्यक्तिको मृत शब फेला परेको भनि ऐ. खार्पुनाथ गाउँपालिका वडा नं. ४ नल्ला बस्ने बर्ष अ. २८ को सुरेन्द्र शाहीले टेलिफोन मार्फत जानकारी गराए पश्चात प्रहरी टोली घटनास्थल तर्फ खटि गएको, उक्त घटनास्थलको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट हुम्लाबाट अनुसन्धानको टोली घटनास्थल तर्फ खटि गएको ।
जिल्ला सुर्खेत लेकबेशी नगरपालिका वडा नं. २ पुरानोगाँउ बस्ने यज्ञ मिदुन र निजको श्रीमती बर्ष ३२ की खगिसरा मिदुन बिच घरयासी बिबाद हुदा श्रीमानले चिरपट दाउराले हिर्काउदा श्रीमतीको टाउकोमा गहिरो चोट मेहलकुना अस्पतालमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत तर्फ पठाएको अबस्था सिरियस, उपचारमा घाईतेको बुवा दल बहादुर घर्ती संलग्न रहेको उक्त स्थानमा प्रहरी चौकी गुमी सुर्खेत बाट प्रहरी टोली खटिएको कुटपिट गर्ने ब्यक्ति फरार खोजी कार्य भईरहेको ।
सल्यान, जिल्ला सल्यान छत्रेश्वरी गाउपालिका वडा नं.- ५ बाग बजार जुमकोट बस्ने बर्ष अं. ७४ को चित्रमान खत्री खरघाँस लिन जान्छु भनि आफन्तको खरबारी तर्फ गएकोमा साँझ अबेर सम्म घर फर्की नआई आफन्तहरुले खोजतलास गर्दै जाने क्रममा ऐ.२०:३० बजेको समयमा बाँझो खेतमा घोप्टो परि मृत अबस्थामा फेला परेको भनि ऐ.वडाको वडा सदस्य धुम बहादुर के.सी. ले टेलेफोन मार्फत प्रहरी चौकी भोटेचौरमा खबर गरे पश्चात प्रहरी टोली खटिई गई घटनास्थल सुरक्षित गरेको र थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सल्यान बाट SOCO सहित प्रहरी टोली खटिई गएको ।
मुगु, जिल्ला मुगु छायाँनाथ रारा ननगरपालिका-१३ रुगा बस्ने कालसिंह लावडको छोरा वर्ष अं. ४५।४६ को मान बहादुर लावड ऐ.स्थित रहेको कर्णाली नदिमा बालुवा लिन गएको अवस्थामा पानी खान जाने क्रममा चिप्लिएर कर्णाली नदिमा डुबेको अवस्थामा स्थानियले देखी उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको उक्त स्थानमा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी टोली खटि गएको छ ।
सम्मानित सुर्खेत जिल्ला अदालतको चोरी मुद्धामा ६ महिना कैद सजाय तोकिएको फरार प्रतिबादी जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ भगवती टोल बस्ने बर्ष ३० को समिर शर्मालाई तालुक कर्णाली प्रदेश ब्युरो शाखा, सुर्खेत बाट खटिएका प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित घण्टाघर चोक नजिक बाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा ल्याई राखिएको फैसला कार्यनवयनको लागी जिल्ला अदालत तर्फ पठाउने पहल भईरहेको ।
सम्मानित सुर्खेत जिल्ला अदालत, सुर्खेतको ज्यान मार्ने उद्योग मुद्धामा ५ महिना १४ दिन कैद १०,०००/- ( दश हजार मात्र ) जरिवाना तोकिएको जिल्ला दैलेख आठबिसकोट नगरपालिका वडा नं. ८ बस्ने बर्ष २८ को सुदिप शाही फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय, सुर्खेत बाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले राकम दैलेख बाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा ल्याई राखेको र सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतमा पेश गर्ने कार्य भई रहेको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका-५ बबई प्रहरी चेक पोष्ट स्थित यस पोष्टमा खटिएको प्रहरी टोलीले दाङ देखि सुर्खेत तर्फ आउदै गरेको ना ६ ख ६२४२ नं. को ट्रक लाई लाई चेक जाँच गर्दा उक्त ट्रकमा कुनै पनि बिल नभएको कुर्ती प्लाजा ६० पिस र कुर्ता २४० पिस कपडा बरामद गरी ट्रक गन्तब्य तर्फ पठाएको र उक्त बरामद कपडा प्रहरी टोलीको जिम्मा लगाई भन्सार कार्यालय बाँके पठाईएको छ ।
रुकुम पश्चिम, सम्मानित जिल्ला अदालत रुकुम पश्चिमको लगत नं.११५६ मा ५००० हजार (अक्षेरुपी पाँच हजार ) जरीवाना तोकिएका घरेलु हिंसा मुद्दाका (फरार अपराधि) जिल्ला रुकुम पश्चिम त्रिबेणी गा.पा.७ बस्ने राम बहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट सादा पोशाकमा खटिएको प्रहरी टोलिले प्रहरी टोलीले खोजतलास गर्ने क्रममा निजलाई मुसिकोट नगरपालिका-१ खलङ्गा बजारबाट पक्राउ गरी पहिचान गरी ऐ.१४:४५ बजेको समयमा सम्मानित जिल्ला अदालत रुकुम पश्चिममा पेस गरी उक्त लगत नं.को धरौटी तिरी छुटेको ।
सम्मानित जिल्ला अदालत रुकुम पश्चिमको लगत नं.९९५ मा ९६,९४५।-(अक्षेरुपी छयानब्बे हजार नौ सय पैंतालिस) ९९७ मा ४३,४३२.५०।-(अक्षेरुपी त्रिचालिस हजार चार सय बत्तिस रुपैंया पचास पैंसा) र ९९८ मा २६,९३५।-(अक्षेरुपी छब्बिस बजार नौ सय पैंतिस) गरी जम्मा १,६७,३१२.५०।-(अक्षेरुपी एक लाख सरसठ्ठी हजार तीन सय बाह्र रुपैंया पचास पैंसा जरीवाना तोकिएका नकबजनी चोरी मुद्दाका (फरार प्रतिवादी) रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं.७ बस्ने नरदल बुढाको छोरा बर्ष २५ को महेश बुढालाई जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा निजलाई निजकै घरमा फेला पारी पक्राउ गरी यस कार्यालयमा ल्याई राखिएको र सम्मानित जिल्ला अदालत रुकुम पश्चिममा पेश गर्ने कार्य भई रहेको छ ।
जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ५ बबई अस्थायी प्रहरी चेक पोष्ट स्थित प्र.स.नि. कमाण्डमा ४ जनाको प्रहरी टोलीले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको भे.१.ज.१००३ नं.को फोर्स गाडीलाई चेक जाँच गर्दा अवैध रुपमा ल्याएको मंगुर माछाको भुरा (बच्चा) बरामद गरी यस पोष्टको नियन्त्रणमा राखेको गाडी गन्तब्य तर्फ छाडिएको र उक्त मंगुर माछाको भुरा (बच्चा) लाई पशु क्वारेन्टाईन कार्यालय बाँके तर्फ पठाएको ।
जिल्ला हुम्ला खार्पुनाथ गाउपालिका वडा नं. ५ डाँडाबाडा स्थित होइजन शाहीको घर नजिकै रहेको एक तले गोठमा एक्कासी आगोलागि हुदाँ उक्त गोठमा रहेको पराल र काठ समेत जलेर क्षती भएको भनि टेलिफोन मार्फत जानकारी भई उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट याङ्चु बजार, हुम्लाबाट ५ जनाको प्रहरी टोली खटि स्थानिय र प्रहरी को सहयोगमा आगो नियन्त्रणमा लिएको मानबिय तथा चौपाय क्षति नभएको र काठ र पराल गरी अन्दाजि मुल्य रु १.००,०००/- ( रु एक लाख) बराबरको क्षति भएको ।
जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ५ बबई स्थित अस्थायी प्रहरी पोष्टमा खटिएका प्रहरी टोलीले पोखराबाट सुर्खेततर्फ आउदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ७३५ नं. को बसलाई चेक जाँच गर्दा उक्त बसमा कुनै पनि बिल नभएको कुर्ती ३५ पिस र कुर्ता सुरुवाल १३० पिस कपडा बरामद गरी यस पोष्टको नियन्त्रणमा राखी बस गन्तब्य तर्फ पठाईएको र आवश्यक कारवाही भईरहेको ।
सुर्खेत, बिरेन्द्रनगर नगरपालिका वडा नं. ६ खोर्केलाई स्थित लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध व्युरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएका संयुक्त प्रहरी टोलीले जिल्ला झापा दमक उप-महानगरपालिका ९ घर भई हाल जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका-६ खोर्के लाईन सदभावना टोल स्थित भाडामा बस्ने बर्ष अन्दाजी २५ को सन्दिप बराइलीको कोठामा खानतलासी गर्दा कोठामा रहेको दराज भित्र लुकाई छिपाई राखेको नापतौल गर्दा शुद्ध १ ग्राम ४२० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र निजको साथबाट पोको कम्पनीको मोबाईल थान १, सामसुङ् कम्पनीको मोबाईल थान १ गरी २ वटा मोबाईल र नगद रु. ३,६६५।- (अक्षेरुपी तिन हजार छ सय पैसट्ठी रुपैया मात्र) बरामद गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई आवश्यक अनुसन्धान भईरहेको ।
रुकुम पश्चिम, सम्मानित जिल्ला अदालत रुकुम पश्चिमको लगत नं.९०७ मा रहेका बहु बिबाह मुद्दामा१ बर्ष कैद र रु १०,०००। (अक्षेरुपी दश हजार) जरिवाना तोकिएको(फरार प्रतिवादी) जिल्ला रुकुम पश्चिम सानिभेरी गाउँपालीका-३ घर भई हाल सानिभेरी गाउँपालिका-९ बस्ने बर्ष ३१ को लोक ब.बि.क.लाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम बाट प्रहरी निरीक्षकको कमाण्डमा खटीएको प्रहरी टोलीले मुसिकोट नगरपालिका-१ स्थित खलङ्गा बजारमा लुकी छिपि हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरी निज लाई सम्मानित रुकुम जिल्ला अदालत रुकुम पश्चिममा पठाई सम्मानित जिल्ला अदालतबाट थुनामा राख्न आदेश भएकोले जिल्ला कारागार रुकुम पश्चिममा पठाइएको छ ।
जुम्ला, सम्मानित जिल्ला अदालत जुम्लाको फैसलाले सवारी ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-४ बस्ने वर्ष ३२को पदम नेपाली लाई यस जिल्ला प्रहरी कार्यालय जुम्ला बाट सादा पोसाकमा प्रहरी हवल्दारको कमाण्डमा खटि गएको प्रहरी टोलीले पक्राउ गरी यस कार्यालयमा ल्याई राखिएको छ ।
जिल्ला सल्यान बागचौर नगर पालिका वडा नं. ९ डाँगीगाउ बस्ने अन्दाजि बर्ष ५२ को ईमान डाँगीले माधक पदार्थ सेवन गरी आफ्नै घरमा २५० मि.ली. को बोतलमा राखेको सेनिटाईजर सेवन गरी बेहोस भई सहज पोलिक्लिनिक बागचौर थारमारेमा ल्याइ सामान्य उपचार पश्चात थप उपचारको लागी जिल्ला अस्पताल सल्यानमा ल्याएकोमा थप उपचारको लागी नेपालगंज बाँके रिफर भएको अबस्था मध्यम हल्का बोलिरहेको ।
जिल्ला सुर्खेत बीरेन्द्रनगर नगर पालिका वडा नं. १० घुस्रा स्थित बामेखोला बाट तिनकुने तर्फ खुद्रा सामान लोड गरी आउदै गरेको भे १ ख १५२८ नं. को मिनि ट्रकले ठक्कर दिई घाईते बनाएको जिल्ला सुर्खेत बीरेन्द्रनगर न.पा.११ बस्ने बर्ष अं. ४०/४२ को कृष्ण चौधरि बाँया खुट्टा र शरिरको बिभिन्ना भागमा चोट अबस्था सिरियस र जिल्ला सुर्खेत बीरेन्द्रनगर न.पा. १० बस्ने बर्ष अं.४९ को बुद्धिराम थारुलाई बाँया हातको औलामा चोट अबस्था सामान्य, बिजुलिको पोल भाँचिएको, दुबै जना घाईतेभई माया नर्सिङ होम सुर्खेतमा उपचार भईरहेको, ट्रक र ट्रक चालक जिल्ला जुम्ला चन्दननाथ नगरपालिका वडा नं. ३ घर भई हाल बीरेन्द्रनगर नगरपालिका वडा नं. १० बस्ने बर्ष ३६ को रबि सार्कीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा लिएको । ऐ. ११:१० बजेको समयमा जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं.११ बस्ने अं. बर्ष ४०/४२ को कृष्ण चौधरी बाँया खुट्टा र शरिरको बिभिन्न भागमा चोट अबस्था सिरियस माया नर्सिङ होम सुर्खेतमा सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको । बर्ष ४९ को बुद्धिराम थारुलाई माया नर्सिङ होम सुर्खेतमा सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचार भईरहेको ।
सुर्खेत, कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत बाट खटिएका प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जनाको प्रहरी टोलीले जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ गण्डकी लाईन बस्ने बर्ष १९ को श्याम बैगारको कोठामा लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा निजको कोठा खानतलासी गर्दा निजको साथ बाट नापतौल गरेको शुद्ध २२० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ लागूऔषध बरामद गरी निजलाई उक्त बरामद भएको लागूऔषध सहित नियन्त्रण लिई जिल्ला प्रहरी कार्यालय सुर्खेत मा ल्याई आवश्यक अनुसन्धान भईरहेको छ ।
सुर्खेत,जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका-१० तोलीखोला स्थित रत्नराजमार्गमा चेकजाँचमा ईलाका प्रहरी कार्यालय सुर्खेत बाट खटिएका प्रहरी सहायक निरीक्षकको कमाण्डमा ९ जनाको प्रहरी टोलीले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको बा. ४ ख ५३२८ नं.को फोर्स गाडीलाई चेकजाँच गर्दा उक्त गाडीमा सवार जिल्ला सुर्खेत सिम्ता गाउँपालिका-१ खनेटा घर भई हाल जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-१० खजुरा डेरा गरी बस्ने बर्ष अं. २० को आर्यन रानालाई शंका लागी चेक जाँच गर्दा निजको साथबाट नाप तौल नगरेको २ पुरिया लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी निजलाई नियन्त्रणमा लिई यस कार्यालयमा राखि थप अनुसन्धान भईरहेको र गाडीलाई गन्तब्य तर्फ पठाईएको छ ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई स्थित चेक प्वाईन्टमा खटिएका प्रहरी सहायक निरीक्षक को कमाण्डमा ४ जनाको प्रहरी टोलीले नेपालगञ्ज बाट बोटेचौर तर्फ आउँदै गरेको क.प्र. ०२००१ च. ०४११ नं. को बोलेरो जीप चेक जाँच गर्दा कुनै पनि बिल नभएको ईण्डियन पाल्कि चामल २६ के.जी. को ६० बोरा चामल बरामद गरी अस्थयी प्रहरी पोस्ट बबई सुर्खेत मा राखि गाडी गन्तव्य तर्फ छाडिएको छ ।
जुम्ला ,जिल्ला जुम्ला गुठिचौर गाउँपालिका-१ साधेपानी वस्ने वर्ष ४१ को दत्त बहादुर बि.क.ले आफ्नो झट्केली छोरी वर्ष १६ कि नाबालिकालाई आफ्नै घरको कोठामा जबरजस्ती करणी गरेको भनि प्रहरी चौकी मणिसाँघु जुम्लामा मिति २०७९।११।१२ गते अं. १४:३० बजेको समयमा खवर गरे पश्चात यस चौकीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ३ जनाको टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा SOCO सहित ५ जनाको टोली खटि गई थप अनुसन्धानको लागि निज पिडक र पिडितलाई जिल्ला प्रहरी कार्यालय ल्याई राखिएको छ ।
कालीकोट, जिल्ला कालीकोट पलाता गाउँपालिका-८ दाम्री बस्ने बर्ष अ. २७ को बल रोकाया घर नजिक भिरमा बाख्रा चराउन गएको अवस्थामा भिरबाट अ.२०/३० मिटर तल खस्न गई टाउकोमा चोट लागी उपचारको लागी पलाता अस्पताल थिर्पु कालीकोट ल्याएकोमा थप उपचारको लागी जिल्ला अस्पताल मान्म तर्फ ल्याउने क्रममा ऐ. नरहरीनाथ गाउँपालिका-१ लालिघाटमा मृत्यु भएको भनि निजको आफन्तहरुले घर तर्फ लैजाने क्रममा पचालझरना गाउँपालिका-९ फुगार्डमा रोकि राखेकोमा ईलाका प्रहरी कार्यालय पचालझरना कालीकोटबाट प्रहरी हवल्दार को कमाण्डमा २ जनाको टोली खटिएको, थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय कालीकोटबाट प्रहरी निरीक्षक को कमाण्डमा २ जनाको टोली खटिएको छ ।
सल्यान, बाल -बिबाहा मुद्दाका फरार प्रतिवादि जिल्ला सल्यान बनगाड कुपिन्डे नगरपालिका-९ बस्ने बर्ष अं.५० को नन्द बिर बोहरा र ऐ.ऐ.बस्ने वर्ष अं.४३ कि तिलकि बोहरा लाई जिल्ला सल्यान बनगार कुपिण्डे नगरपालिका-९ जयतपानी बजारमा हिडडुल गरिरहेको अबस्थामा अस्थायी प्रहरी पोस्ट बाबियाचौर सल्यानबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ३ जना प्रहरी टोलि खटिइ गइ नियण्त्रणमा लिइ १३:१५ बजेको समयमा सम्मानित जिल्ला अदालत सल्यानमा बुझाइएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत लागूऔषध ब्युरो शाखा बाट खटिएका प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जनाको प्रहरी टोलीले जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-२ बस्ने बर्ष २१ को अशोक बुढालाई बिरेन्द्रनगर-३ मुलपानी टोलमा हिडिरहेको अबस्थामा शंका लागी चेकजाँच गर्दा निजको साथ बाट शुद्ध ९० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ लागुऔषध बरामद गरी निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेत मा ल्याई थप अनुसन्धान भईरहेको ।
सुर्खेत,जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका-५ बबई चेकपोष्ट स्थित नेपालगञ्ज बाट सुर्खेत आउदै गरेको भे १ ज १००४ नं. को फोर्स गाडीलाई अस्थायि प्रहरी पोष्ट बबई बाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जना प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा कुनै पनि बिल नभएको बिभिन्न कम्पनिका टच मोबाई थान १८ र कि-प्याड मोबाईल थान २० गरी जम्मा ३८ थान मोबाईल बरामद गरी यस पोष्टको नियन्त्रणमा राखिएको गाडीलाई गन्तब्य तर्फ पठाएको ।
कालिकोट, जिल्ला कालीकोट तिलागुफा नगरपालिका-५स्थित मुगु बाट ग्यास सिलिण्डर लिई सुर्खेत तर्फ आउदै गरेको क.प्र.०२-००१ख०३५६ नं.को मिनि ट्रक कर्णाली राजमार्गबाट अ.४००/५०० मिटर तल खसी चालक जिल्ला दैलेख चामुण्डाविन्द्रासैनि नगरपालिका-७ पाल्तडा बस्ने बर्ष अन्दाजी २८/२९ को छवि प्रसाद चौलागाईको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको, सहचालक ऐ.ऐ बस्ने बर्ष १८ को दिनेश शाही को ईमर्जेन्सी वार्डमा उपचार भईरहेको अवस्था बोल्न सक्ने ।
रुकुम, जिल्ला रुकुम पश्चिम त्रिवेणी गाउपालिका-६ बस्ने बर्ष ६० को भुपाल सिंह पुन र ऐ.बस्ने निजको भाई बर्ष ५५ को अम्मर ब.पुन झुल्नेटाबाट घर तर्फ जाँदै गरेको अवस्थामा सोही ठाउ धौलाबाङ स्थित गोरेटोबाटोबाट दुबै जना लडी घाईते भई उपचारको लागि झुल्नेटा बजार स्थित रहेको आकाश पोलिक्लिनिकमा ल्याई अम्मर बहादुर पुनको टाउकोको दाहिने भागमा गम्भिर चोट अवस्था बोल्न नसक्ने भएकोले सामान्य उपचार पश्चात थप उपचारको लागि अम्मर बहादुर पुनलाई रा १ ज १०६६ नं.को एम्बुलेन्सद्वारा नेपालगंज लैजाँदै गर्दा सल्यानको कपुरकोटमा मृत्यु भई निजलाई सोही एम्बुलेन्सद्वारा घर तर्फ ल्याउदै गरेको जानकारी प्राप्त हुन साथ प्रहरी चौकी झुल्नेटाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ३ जनाको प्रहरी टोली र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी निरीक्षकको कमाण्डमा SOCO सहित ७ जनाको प्रहरी टोली खटी गएको , भुपाल सिंह पुनको ऐ.पोलिक्लिनिकमा उपचार हुदै निधारमा सामान्य चोट अवस्था सामान्य रहेको ।
सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतको लगत नं. ३४३६ चेक अनादर मुद्वामा ७ दिन कैद ३ लाख जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-७ बस्ने बर्ष ५१ को भिम ब. बोहरा लाई तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत बाट खटिएको प्रहरी हवल्दारको कमाण्डमा २ जनाको प्रहरी टोलीले जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ यरीचोक बाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाएको हुँदा फैसला कार्यान्वयनको लागी सम्मानित जिल्ला अदालत सुर्खेत तर्फ पठाउने कार्य भईरहेको छ ।
सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतको लगत नं. ३१२२ बहु विवाह मुद्दामा १ बर्ष कैद रु.१० हजार जरिवान र ४०० क्षेति पुर्ती तोकिएको फरार प्रतिवादी जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका-१० रहलपुर बस्ने बर्ष अं. ३५/३६ की सुस्मा थापा लाई जिल्ला प्रहरी कार्यालय बाट सादा पोसाकमा खटिएका प्रहरी हवल्दारको कमाण्डमा ४ जनाको टोलिले निजको घर नजिक बाट पक्राउ गरी यस कार्यालयमा ल्याई फैसला कार्यान्वयन को लागी जिल्ला अदालत सुर्खेत पठाउने पहल भई रहेको छ
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ भेरी पुल नजिक चिङगाड बाट बजार तर्फ आउँदै गरेको भे १ त ९२४० नं. को ट्याक्टरमा सालको काठ आउँदै छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी सुब्बाकुना बाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ३ जनाको प्रहरी टोली खटि गई उक्त ट्याक्टर लाई चेक जाँच गर्दा ढुङगा मुनि लुकाई छिपाई राखेको चिरेको सालको कडी थान अं. २०/२५ वटा बरामद गरी ट्याक्टर, कडी,ढुङ्गा र ट्याक्टर चालक जिल्ला सुर्खेत लेकबेशी नगरपालिका-९ बस्ने बर्ष अ. २४ को अर्जुन बि.क. लाई जिल्ला वन डिभिजन कार्यालय सुर्खेतको जिम्मा लगाई पठाईएको छ ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-४ भैरबस्थान नजिक जिल्ला सल्यान शारदा नगरपालिका-१ सान्तिनगर घर भई हाल बीरेन्द्रनगर नगरपालिका-४ भैरबस्थान नजिक पदम बहादुर बनको घरमा कोठा भाडा गरी बस्ने सुनिल नेपालीको श्रीमती बर्ष अन्दाजी ३२ की दिपा थापा (नेपाली) मिति २०७९।११।०८ गते १६:०० बजे देखि कोठामा सुतेकोमा बिहान अबेर सम्म नउठेकोमा निजको छोरा बर्ष १७ को शुसान नेपालीले उठाउन खोज्दा मृत अबस्थामा छ भनि टेलफोन मार्फत अस्थायी प्रहरी बिट सहिदपार्कमा जानकारी गराए पश्चात उक्त स्थानमा तत्काल घटनास्थल सुरक्षार्थको लागी प्रहरी हव्लदारको कमाण्डमा २ जनाको प्रहरी टोली खटिएको र थप अनुसन्धानको लागी तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट प्रहरी निरीक्षक को कमाण्डमा ७ जनाको प्रहरी टोली खटिगएको,मृतकले अत्याधिक मा.प.से. गर्ने भन्ने बुझिएको,कोठामा ३(तिन) वटा छोरा रहेको मृतकको श्रीमान ४ दिन अगाडी गाडी लिएर जुम्ला गएको आज फिर्ता हुदै, माईति पक्षलाई खबर भईसकेको घटनास्थलमा मृतकको फुपु कृष्णा जि.सि. पुगिसकेको, १०:४० बजेको समयमा घटनास्थल प्रारम्भिक कार्य पुरा गरी लाश कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतको शब गृहमा राखिएको छ ।
जिल्ला जुम्ला तातोपानी गाउँपालिका वडा नं. ६ रावतवाडा भन्ने स्थानमा सुर्खेत वाट जुम्ला सदरमुकामतर्फ आउदै गरेको सरिया,सिमेन्ट र डिजल ढुवानी गरी ल्याएको क.प्र.०२००१ ख.६२७ नम्वरको मिनि ट्रक अनियन्त्रित भई सडक वाट अ.१० मिटर तल खसी दुर्घटना हुदा ट्रकमा क्षती पुगेको उक्त ट्रकमा सवार ट्रकको साहु जिल्ला सुर्खेत बराहताल गाउँपालिका वडा नं. २ बस्ने बर्ष ४३ को राम बहादुर चन्द र चालक ऐ.ऐ.बस्ने बर्ष ३१ को मिन बहादुर सुनार सामान्य घाईते भएको, ट्रक घट्ना स्थलमानै रहेको उक्त स्थानमा ट्राफिक प्रहरी सहित ४ जनाको प्रहरी टोली खटिएको ।
जिल्ला सल्यान बागचौर नगरपालिका वडा नं.१ कालाखेत टोट्के सल्ला स्थित राप्ती राजमार्गमा दाङ तुल्सीपुर देखी खाद्यान्न बोकी रुकुम पश्चिम तर्फ जादै गरेको चालक जिल्ला सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं. ३ दारिमजिउला बस्ने बर्ष २६ को धर्म बि.क. ले चलाई ल्याएको भे.१ख. २३९७ न.को ट्रक अनियन्त्रित भई सडक देखि अं. १०० मिटर तल खसी दुर्घटना हुंदा उक्त ट्रकमा सवार चालक, सह चालक सहित निम्न ४ जना घाईते भई उपचारको लागि जनप्रिय पोलिक्लिनिक थारमारे तर्फ पठाएको २ जनाको अबस्था सिरियस, २ जना समान्य रहेको उक्त स्थानमा यस का. देखी प्र.नि. कनक शाहीको कमाण्डमा १० जनाको टोली खटिई गएको ।निम्न घाईतेहरु :1= चालक जि. सल्यान छत्रेश्वरी गाउँपालिका ३ दारिमजिउला बस्ने बर्ष २६ को धर्म बि.क. शरिरको बिभिन्न भाग र दुबै खुट्टामा चोट अबस्था बोल्न नसक्ने गम्भिर । सवार जिल्ला रोल्पा सुनसरी गाउँपालिका वडा नं.२ बस्ने बर्ष १९ को प्रबिन घर्ती मगर, शरीरमा चोट , दाहिने खुट्टा भाचिएको, अबस्था बोल्न नसक्ने, गम्भीर ।2= सह चालक ऐ.ऐ. ६ भोटेचौर बस्ने बर्ष २० को सुदन बि.क. समान्य ।3= सवार ऐ. बागचौर नगरपालिका वडा नं. ०८ कोटमौला बस्ने बर्ष २७ को निशान चन्द, सामान्य । 4=
सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतको लगत नं. ३१२२ बहु विवाह मुद्दामा १ बर्ष कैद रु.१० हजार जरिवान र ४०० क्षति पुर्ती तोकिएको फरार प्रतिवादी जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. १० रहलपुर बस्ने बर्ष अं. ३५/३६ की सुस्मा थापा भन्ने छली कुमारी थापालाई यस कार्यालय बाट सादा पोसाकमा खटिएका प्रहरी टोलिले निजको घर वतन नजिक बाट पक्राउ गरी यस कार्यालयमा ल्याई फैसला कार्यालयको लागि जिल्ला अदालत सुर्खेत पठाउने पहल भई रहेको ।
सल्यान, सम्मानित जिल्ला अदालत सल्यानको लगत नम्बर ७०२/४४० मा बहु-बिवाह मुद्दामा ११ महिना १३ दिन कैद र रु ५,०००।- (अक्षेरुपी पाँच हजार रुपैया) जरिवाना तोकिएका फरार प्रतिबादि जिल्ला रुकुम साँख गा.बि.स.वडा नं.३ हाल जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं. ७ बस्ने सुकलाल दमाईको श्रीमती सुष्मा बुढा भन्ने रिता पुनलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी नायव निरीक्षक को कमाण्डमा खटिगएको टोलिले जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं.१ पातुखोला स्थित फेला पारी पक्राउ गरी सम्मानित जिल्ला अदालत रुकुम पश्चिममा पठाईएको छ ।
सुर्खेत, सम्मानित जिल्ला अदालत सुर्खेतको लगत नम्बर २१७३ को १ महिना ६ दिन कैद सजाय तोकिएको ऐ.ऐ. ६ ब्युरेनी बस्ने बर्ष ४० को गोकर्ण बहादुर बि.सी. सवारी ज्यान मुद्दाको फरार प्रतिबादी लाई प्रहरी चौकी बड्डीचौर सुर्खेत बाट खटिएका प्रहरी हवल्दार को कमाण्डमा ४ जनाको टोलीले नियन्त्रणमा लिई तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत तर्फ पठाएको छ ।
दैलेख,जिल्ला दैलेख आठबिस नगरपालिका-१ सिगैडी बस्ने बर्ष ३०को लालमनी बि.क.को घरमा सोलारको तार सट हुन गई निजको २ तले २कोठे खरले छाएको कच्ची घर आगलागी भएको छ भन्ने १६:०० बजे खबर प्राप्त हुना साथ यस पोष्ट बाट प्रहरी हवल्दारको कमाण्डमा २ जना टोलि खटिई गई १६:३० बजे आगो नियन्त्रणमा आएको मानबिय चौपाय क्षेति नभएको घरमा भएको १लाख ५० हजार नगद ,काठ काट्ने उठ कटहर १ थान ८० हजारको ,१तोला सुन, ४ तोला चादि ,मोबायल १थान १८ हजारको ,कपडालत्ता ,अन्नपात लगायत घर जलेर पुर्ण रुपमा नस्ट भई ५ लाख बराबरको क्षति भएको छ ।
जाजरकोट, जिल्ला जाजरकोट नलगाड नगरपालिका-१ पाली बस्ने बर्ष अन्दाजी ६४/६५ को भद्र कामी मिति २०७९/११/०६ गते घोडा खच्चरमा सामान लिई नलगाड नगरपालिका-१जुरेली तर्फ जाँदै गर्दा ऐ.स्थित भिरबाट लडी मृत्यु भएको छ भनि निजको सालो नाता पर्ने अविलाल चनाराले यस ईलाका प्रहरी कार्यालय दल्लीमा टेलिफोनमार्फत खबर गरे पश्चात यस कार्यालयबाट प्रहरी नायव निरीक्षक दल बहादुर बिष्टको कमाण्डमा ५ जनाको टोली खटिएको छ ।
कालिकोट, जिल्ला कालीकोट महावै गाउपालिका ५ गेला बस्ने ऐ.स्थित रहेको कालिका मा.वि. गेला को विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष वर्ष ६२ को चतुर्भुज शाही महावै.गा.पा.४ डिल्लीकोट स्थित रहेको त्रीवेणी मा.वि. डिल्लीकोटमा पालिका स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि आएको मा ऐ.बस्ने कमल रावतको घरमा बसिरहेको अवस्थामा एक्कासि वेहोस भई मृत्यु भएको भनि मिति २०७९।११।०६ गते ०५:५५ बजे टे.फो.मार्फत जानकारी गराए पश्चात प्रहरी चौकी पादमघाट कालिकोट बाट सुरक्षार्थ प्रहरी नायव निरीक्षक को कमाण्डमा-५ जनाको प्रहरी टोली घटनास्थलमा खटिगएको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाट प्रहरी निरीक्षक को कमाण्डमा २ जनाको टोली खटि गएको छ।
सल्यान, जिल्ला सल्यान बागचौर नगरपालिका-१० बाङगेखर्क बस्ने बर्ष ३७ को रमेश खड्काको श्रीमती बर्ष अं.३३ को टिका खड्का आफ्नै घरको भान्सा कोठामा मृत्यु भएको भनि मृतको सहोदर दाई सल्यान छत्रेश्वरी गाउपालिका-२ दमाचौर घर भई हाल दाङ बस्ने बिरेन्द्र ओलिले यस कार्यायलयमा टेलिफोन मार्फत खबर गरे पश्चात उक्त स्थानमा प्रहरी निरीक्षकको कमाण्डमा Soco सहित ७ जनाको प्रहरी टोली खटि गई बुझ्दा हिजो देखी पेट दुख्ने बिरामी रहेको भन्ने बुझिएको देखिने घाउ चोट पटक नदेखिएको , अं. २।३ बर्षको छोरा रहेको र लाश घटना स्थलमा रहेको र श्रीमान रमेश खड्का नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।
सुर्खेत,जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-२ स्थित प्रहरी चौकी बाङ्गेसिमलबाट २४:००बजे देखि ०६:०० बजे सम्म गस्ति खटिएका प्रहरी हवल्दारको कमाण्डमा २ जनाको प्रहरी टोली ले गिरीघाट बाट सदरमुकाम तर्फ आउदै गरेको क.प्र. ०२-००१ ह. ०३०४ नं.को अटो रोक्न खोज्दा नरोकी भागेकोले उक्त अटोलाई फ्लो गदै जादा ऐ.२ सम्झौता टोल स्थित अटो रोकि भागेको अटोमा हेर्दा लुकाई छिपाई गरी ल्याएको पुरानो ५ फिटे ३ वटा चौकुस (अन्दाजि ५ क्यूफुट बराबरको)सालको काठ फेला पारी अटो सहित काठ नियन्त्रणमा लिई प्रहरी चौकी बाङ्गेसिमलमा राखिएको छ ।
जुम्ला, जिल्ला जुम्ला चन्दनाथ नगरपालिका-६ बसपार्क स्थित कर्णाली होटेलको कोठा बाट यस जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरी सहायक निरीक्षकको कमाण्डमा ३ जनाको प्रहरी टोलिले गोप्य सुचनाको आधारमा खान तलासी गर्दा उक्त होटलको कोठामा बसेका जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-२ भण्डारीवाडा बस्ने बर्ष २८ को तिलक भण्डारीको बिस्तरा मुनि वाट २ पुरिया ब्राउन सुगर जस्तो देखिने पदार्थ र ऐ.१० गैह्रागाउ बस्ने बर्ष १९ की समिक्षा थापाको साथ वाट ५ पुरिया ब्राउन सुगर जस्तो देखिने पदार्थ,नाईट्रोभेट ट्याबलेट ३ पत्तामा ३४ वटा र नगद रु२०,५१०।– वरामद गरी बरामदी मुचुल्का सहित निजहरु लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको छ
सल्यान, जिल्ला सल्यान कपुरकोट गाउँपालिका-५ सल्लेरी बस्ने बर्ष अन्दाजी ३४ को सोमराज रोकाको ढुङ्गामाटोले बनेको खरले छायको २ तले २ कोठे कच्चि घरमा अचानक आगलागी भएको भनि सोअ ठाउ बस्ने कर्तु बुढाथोकिलेले यस अस्थायी प्रहरी पोष्ट रिम सल्यान मा टेलिफोन मार्फत जानकारी गराउना साथ तत्काल यस पोष्टबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ३ जनाको प्रहरी टोलि खटिई स्थानिय र प्रहरीको सहयोगमा उक्त आगो २२:३५ बजे पुर्ण रुपमा नियन्त्रणमा लिएको, आगो निभाउने क्रममा निजकै श्रीमति बर्ष ३३ कि तोला कुमारी खड्का रोकाको बांया हातको औलामा फोका उठेको,घरको तल्लो तलामा बाँधेका २ जिउ गोरु समान्य जलि घाइते भएको,उक्त आगलागी बाट घर लगायत घरको माथिल्लो तलामा रहेको नगद रु.१,८०,०००(एक लाख असी हजार),सुन १तोला, चाँदी ३तोला,खाद्यान्न,लत्ताकपडा लगायत सम्पुर्ण मालसमान जलि नष्ट भई अन्दाजी ८,००,०००(आठ लाख) बराबरको क्षेति भएको अनुमान गरिएको छ ।
मुगु, जिल्ला मुगु खत्याड गाउँपालिका वडा नं. ७ रामतडी बजार स्थितमा खत्याड गाउँपालिका वडा नं.३ बरातु बाट सोही गाउँपालिका वडा नं ७ रामतडी बजार तर्फ ल्याउँदै गरेको चालक. वडा नं.५ कबा बस्ने वर्ष अं.२० को पदम रोकायले चलाई ल्याएको ग.१ त. ५११२ नं. को ट्याक्टरमा अवैध रुपमा ल्याएको घरमा छाप्ने सरा ( बलो) १७ वटा प्रहरी चौकी माझचौर मुगु बाट प्रहरी नायव निरीक्षकको कमान्डमा ५ जनाको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिई ट्याक्टर,काठ,चालक र सहचालक वडा नं ५ कबा बस्ने वर्ष अन्दाजी २२ को भिम बहादुर रोकायलाई सब डिभिजन कार्यालय माझचौरमा बुझाएको छ ।
सुर्खेत,जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-५ राजिगाँउ बस्ने चन्द्र बहादुर खडकाको श्रीमती बर्ष ३६ कि शुसिला खडका घर नजिकै बारीको काल्नोमा रहेको सालको रुखमा घाँस काट्ने क्रममा उक्त रुखबाट लडी घाईते भई उपचारको लागी मेहलकुना अस्पताल सुर्खेतमा ल्याऐकोमा डाक्टरले मृत घोषणा गरेको छ । उक्त स्थानमा प्रहरी चौकी मेहेलकुनाबाट प्रहरी हवल्दार गोपाल गुरुङको कमाण्डमा ३ जना प्रहरी टोली खटिगएको र थप अनुसन्धानको लागि तालुक ईलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक रमेश राईको कमाण्डमा SOCO को टोली समेत ५जनाको टोली खटिगएको छ।
जुम्ला, सम्मानित बाग्लुङ जिल्ला अदालतको मिति २०७२।०३।१५ गतेको फैसलाले चोरी कसुरको फरार प्रतिवादी जिल्ला जुम्ला तिला गाउँपालिका-३ बस्ने भक्त सार्कीलाई प्रहरी चौकी कुडारीबाट खटिएको प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना प्रहरी टोलिले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको छ ।
दैलेख, जिल्ला दैलेख गुराँश गाउपालिका-२ स्याउली बजार स्थित कर्णालीराजमार्गमा नेपालगंज बाट अछाम तर्फ जाँदै गरेको सिमेन्ट,चामल र तेल लोड गरेको भे १ ख ३८७० नं.को ट्रक अचानक सडकको बायाँ साइडमा पल्टन गई दुर्घटना हुदाँ उक्त ट्रकमा लोड भएका सामानहरु क्षेती भएको,मानविय क्षती भने केही नभएको ।
सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतको लागत नं. ३३६८ चेक अनादर मुद्दाको जिल्ला जाजरकोट छेडागाड नगरपालिका-२ घर भई हाल बीरेन्द्रनगर नगरपालिका-३ ऐरीचोक बस्ने बर्ष ५६ को एवान बुढा फरार प्रतिबादीलाई कर्णाली प्रदेश प्रहरी लागुऔषध सुर्खेत बाट खटिएका प्रहरी बरिष्ठ हवल्दारको कमाण्डमा २ जनाको प्रहरी टोलीले निजलाई ऐरीचोक स्थित आफ्नै घरबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याई राखिएको छ ।
रुकुम पश्चिम, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा सादा पोशाकमा खटीएको प्रहरी टोलीले सम्मानित अदालतबाट फैसला भई जरीवाना तोकिएको लागत असुल गर्नुपर्ने बहुबिबाह मुद्दाको फरार प्रतिबादी फैसला मिति २०७२।०३।३१ गते लगत नं.७०२/४४० मा ५००० रूपैयाँ जरीवाना र ११ महिना १३ दिन कैद तोकिएको जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-७ बस्ने बर्ष ३३/३४ को सुकलाल दमाईलाई आफ्नै घरमा बसेको अवस्थामा फेला पारी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा ल्याईएको छ।
रुकुम पश्चिम, सम्मानित जिल्ला अदालत रुकुम पश्चिमबाट फैसला भई जरीवाना तोकिएको लागत असुल गर्नुपर्ने बहुबिबाह मुद्दाको फरार प्रतिबादी फैसला मिति २०७३।१२।१० गते लगत नं.९२६ मा १०,००० रूपैयाँ जरीवाना र एक बर्ष कैद सजाय तोकिएका जिल्ला रुकुम आठबिसकोट नगरपालिका-१२ बस्ने बर्ष ३५ को शुसिल डाँगीलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट सादा पोशाकमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलिले रुकुम पश्चिम मुसिकोट नगरपालिका-१ खलङ्गा बजारबाट फेला पारी पक्राउ गरी सम्मानित रुकुम जिल्ला अदालत रुकुम पश्चिममा पठाई सम्मानित जिल्ला अदालतबाट थुनामा राख्न आदेश भएकोले कारागार रुकुम पश्चिममा पठाईएको छ ।
सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतको लगत नं. २३७२ चेक अनादर मुद्दाको जिल्ला दैलेख गुरास गाउँपालिका-२ बस्ने बर्ष ३० कि दुर्गा भट्टराई फरार प्रतिबादीलाई जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-४ भैरब स्थान स्थित बाटोमा हिडिरहेको क्रममा कर्णाली प्रदेश प्रहरी ब्यृरो सुर्खेत बाट खटिएका प्रहरी हवल्दारको कमाण्डमा २ जनाको प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत सुर्खेत बुझाउने तयारी भईरहेको छ ।
सुर्खेत,जिल्ला सुर्खेत बराहताल गाउँपालिका-८ दमारे स्थित कर्णाली राजमार्गमा सुर्खेत बाट जुम्ला तर्फ बोईलर कुखुरा लिई जादै गरेको क.प्र. ०२००१ च ०६३१ नं. को बोलेरो जिप आफै अनियन्त्रित भई सडकको दाहिने साईटमा पल्टिन जाँदा उक्त जिपमा रहेको २६५ वटा ( २,३,४ के.जी सम्मका ) बोईलर कुखुरा मध्ये अन्दाजी १६५ वटा कुखुरा मरेको र अन्दाजी १०० वटा कुखुरा जिबितै रहेको उक्त स्थानमा प्रहरी हवल्दारको कमाण्डमा ३ जनाको टोलि खटि गएको जिप चालक ( बोईलर कुखुराको साहु ) जिल्ला जुम्ला चन्दनाथ नगरपालिका- ८ बस्ने बर्ष २४ को जगदिस महत ट्राफिकको सम्पर्कमा भएको मानविय क्षेती नभएको, कागजपत्र, भेटनरी कागजपत्र भएको उक्त जिपमा चालक, सहचालक रहेको जानकारी प्राप्त भएको छ ।
जाजरकोट, सम्मानित जिल्ला अदालत जाजरकोटको आदेशले चेक अनादर मुद्दाका फरार प्रतिवादी जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ०८ स्थायी वतन भएका धन बहादुर सुनारलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्दै जाने क्रममा मिति २०७९।११।०१ गते फेला पारी रितपुर्वक पक्राउ गरी यस कार्यालयमा दाखिला गरेकोमा निजलाई मिति २०७९।११।०२ गते सम्मानित जाजरकोट जिल्ला अदालत पठाईएकोमा सम्मानित जाजरकोट जिल्ला अदालतबाट कारागार चलान भएको छ ।
जुम्ला, जिल्ला जुम्ला पातारासी गाउँपालिका-६ बडीखोली भन्ने स्थानमा खंलगाबाट लाछी बजार तर्फ जादै गरेको क.प्र.००२००१ त ०४२७ नं. को ट्याक्टर सकड देखि अन्दाजी ५० मिटर तल खस्न गई उक्त ट्याक्टरमा सवार मध्ये पातारासी गाउँपालिका-२ तल्फि वस्ने अन्दाजी ५०/५५ को अमिर बोहोराको घटनास्थलमा नै मुत्यु भएको र अन्य ५ जना घाईते भएको र घाईतेलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला तर्फ पठाईएको छ चालक फरार हुदा खोजतलास कार्य जारी रहेको छ ,उक्त दुर्घटना स्थलमा थप उनुसन्धानका लागी प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा SOCO सहित १० जनाको टोली खटिएको छ ।
कालिकोट, जिल्ला कालीकोट रास्कोट नगरपालिका-६ बस्ने बिर दमाई को छोरा बर्ष अन्दाजी १५ को नमराज दर्जि गाई गोठालो बाट घर फर्कने क्रममा सोही ठाउ स्थित लहरे खोलाको तोला भन्ने स्थानको पाखोबाट अन्दाजी १० मिटर तल दहमा गोरु खसी दहमा परेकोमा गोरु बचाउन भनि निज नवराज दर्जि दहमा पस्दा दहको पानिमा डुबि बेपत्ता भएको भनि निजको साथि बर्ष १० को विकास दर्जिले देखि स्थानियलाई जानकारी गराए पश्चात स्थानियले अन्दाजी १८:१० बजेको समयमा यस ईलाका प्रहरी कार्यालय स्युना राष्कोटमा जानकारी गराउना साथ यस कार्यालयबाट मिति २०७९।११।०४ गते ०९:१५ बजेको समयमा स्थानिय र प्रहरीको टोलिले खोजतलालस गर्दै जाने क्रममा लाश मृत अवस्थामा फेला पारी पानी बाहिर निकाली घटनास्थल मा सुरक्षीत राखिएको छ ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ लाटीकोईली स्थित काँक्रेबिहारको जंगलमा १ वटा पोथी जरायो मृत अबस्थामा छ भन्ने स्थानियबाट खबर प्राप्त हुनसाथ अस्थायी प्रहरी पोस्ट लाटिकोईलीबाट प्रहरी बरिष्ठ हवल्दारको कमाण्डमा २ जनाको टोली खटिगई सशस्त्र वन रक्षक शाखा कार्यालय हिरासत कक्ष लाटिकोईली सुर्खेतमा खबर गरेको उक्त बन कार्यालय बाट सशस्त्र वन रक्षक ( जमदार ) बल ब. हमाल सहितको टोली खटि गई अनुसन्धान भईरहेको छ ।
सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालतको लगत नं. ३३६७ चेक अनादर मुद्दाका फरार प्रतिवादी जिल्ला जाजरकोट साल्मा गाउपालिका-९ घर भई हाल बीरेन्द्रनगर नगरपालिका-३ तातापानी बस्ने बर्ष ५६ को यबान बहादुर बुढालाई तालुक प्रदेश प्रहरी कार्यालय सुर्खेत बाट खटिएका प्रहरी बरिष्ठ हवल्दारको कमाण्डमा ३ जनाको प्रहरी टोलिले खोजतलास गर्दै जाँदा बिरेन्द्रनगर नगरपालिका वडा नं.-३ एरिचोकबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाई फैसला कार्यान्वयनको लागि सम्मानित सुर्खेत जिल्ला अदालतमा पठाईएको छ ।
सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालतको लगत नं. ३२६२ को चेक अनादर मुद्दाको ३ महिना कैद सजाय र रु.३०००/- (तिन हजार मात्र) जरीवाना तोकिएको भैरवस्थान-४ बस्ने बर्ष ४६ को सुरेश बहादुर कठायत फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट सादा पोषाकमा खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत सुर्खेतमा बुझाउने तयारी गरिरहेको छ ।
जुम्ला, जिल्ला जुम्ला पातारासि गाउपालिका-३ छुम बस्ने बर्ष ५७ को हस्तेबिर बोहरालाई सोही ठाउ बस्ने बर्ष २०/२२ को संकरे बोहराले बासो ले टाउकोमा हानेर घाइते बनाएको भन्ने खबर अस्थायी प्रहरी पोस्ट तल्फीमा खबर हुनासाथ त्यसतर्फ प्रहरी हवल्दारको कमान्डमा ३ जनाको प्रहरी टोलि खटी गई निज संकरे बोहरालाई नियन्त्रणमा लिईएको र घाइतेलाई स्वास्थ चौकी छुम मा उपचार पश्चात् थप उपचारको लागि कर्णाली स्वास्थ बिज्ञान प्रतिस्ठान जुम्लामा पठाइएको छ ।
जुम्ला, जिल्ला जुम्ला सिँजा गाउपालिका-५ सनिगाउ बस्ने बर्ष अन्दाजी ७९/८० को कार्मा रोकाया घरबाट अन्दाजी ५० मिटर टाढा आफ्नै बारिमा मृत अबस्थामा लडेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नराकोटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ३ जना र जिल्ला प्रहरी कार्यालय बाट प्रहरी निरिक्षकको कमाण्डमा ५ जनाको टोली खटिएको छ ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० स्थित भेरी नदिको किनारमा नामथर वतन नखुलेको अन्दाजी बर्ष ३५/३६ को जस्तो देखीने पुरुषको लाश भेरी नदिको किनारमा छ भनि स्थानिय भेरीगंगा नगरपालिका-२ का वडा अध्यक्ष चिरञ्जिवी बुढाले प्रहरी चौकी सुब्बाकुना मा टेलिफोन मार्फत जानकारी प्राप्त गराए पश्चात तत्काल यस चौकी बाट प्रहरी सहायक निरिक्षक को कमाण्डमा ४ जना र तालुक ईलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोलि खटिगएको र उक्त लाश भेरी नदिको किनारमा काठमा घोप्टो अबस्थामा अड्किएर रहेको, सडिगली गई अनुहार चिन्न नसकिने अबस्थामा रहेको र लाशलाई बाहिर निकाली थप अनुसन्धान कार्य भई रहेको छ ।
जाजरकोट, जिल्ला जाजरकोट भेरी नगरपालिका-२ ज्यामिरे बस्ने तिले थापाको छोरा बर्ष अन्दाजी ३८/३९ को नर बहादुर थापा मिति २०७९/११/०१ गते घरायसि काम को लागि भेरी नगरपालिका-२ डिंगा गयको र घर नफर्किय पश्चात निजको आफन्तहरुले खोजतलास गर्दै जाने क्रममा आज मिति २०७९/११/०२ गते बिहान अन्दाजी ११:०० बजेको समयमा घर देखी अन्दाजी १५०० मिटर टाढा रहेको सानो छहरी खोला भिर बाट अन्दाजी २०० मिटर तल खस्न गइ घटना स्थलमा नै मृत अवस्थामा फेला पारि आफन्तले जानकारी गराय पश्चात प्रहरी चौकि पांचकटिया जाजरकोट बाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जनाको टोलि र जिल्ला प्रहरी कार्यलय जाजरकोट बाट प्रहरी निरिक्षक सुनिल थापा नेपालि को कमाण्डमा ०५ जनाको टोलि खटिएको छ ।
रुकुम पश्चिम,जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालकिका-१२ नयाँगाउ बस्ने बर्ष अन्दाजी ५५/५६ को धन बहादुर वली सोही ठाउ स्थित लहखोलामा मृत अबस्था छ भनि सोही वडाका वडा सचिव ले टेलिफोनबाट खबर गरे पश्चात प्रहरी चौकी सोलावाङ बाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा ३ जना प्रहरी टोली खटिगई बुझ्दा निज धन बहादुर वली बैरागीठाटि देखि नयाँगाउ जाने बाटो बाट लडि लहखोला मृत अबस्थामा फेला परेको र निज ब्यक्ती को मानसिक अबस्था समेत ठिक नभई केही समय देखी घरमा नबसी जथाभाबि हिड्डुल गर्ने भन्ने बुझिएको छ,थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम बाट प्रहरी निरीक्षकको कमाण्डमा SoCo सहित ७ जना प्रहरी टोली खटिएको छ ।
दैलेख, जिल्ला दैलेख गुराँस गाउँपालिका वडा न.८ माथिल्लोगार्जा बस्ने खिम बहादुर खड्काको छोरा बर्ष २८ को कृष्ण बहादुर खड्काले सामान्य बादबिबादमा झै-झगडा हुँदा आफ्नै श्रीमती बर्ष २७ कि पार्बती बि.सी. लाई ढोकामा लगाउने काठको गरालोले टाउकोमा हान्दा निज पार्बती बि.सी.को घटना स्थलमा नै मृत्यु भएको छ, निज कृष्ण बहादुर खड्कालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
जाजरकोट,जिल्ला जाजरकोट नलगाड नगरपालिका-५ ग्रेनी भन्ने स्थानमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-११चौर घर भई हाल नलगाड नगरपालिका-५कालिमाटिमा ग्यारेज संचालन गरी बस्ने बर्ष ३२ को अशोक खड्काले चलाई ल्याएको भे.१०.प.९६७२ नम्बरको मोटरसाईकल बारेकोट गाउपालिका-८ लैखम बाट नलगाड नगरपालिका-५कालिमाटी तर्फ आउने क्रममा सडक माथिबाट ढुङ्गा खस्न गई टाउकोमा लागि घटना स्थलमै मृत्यु भएको भनि सोही मोटरसाईकलमा पछाडी सवार सोही ठाउ बस्ने बर्ष २१ को बम बहादुर खत्रीले टेलिफोन मार्फत यस ईलाका प्रहरी कार्यालय दल्लीमा जानकारी गराए पश्चात तत्काल यस कार्यालयबाट प्रहरी नायव निरिक्षकको कमाण्डमा ४ जनाको टोली खटिएको छ , उक्त घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरिक्षकको कमाण्डमा ५ जनाको टोली खटिएको छ ।
मिति २०७९।१०।२९ गते अं.१४:३० बजेको समयमा जिल्ला सुर्खे वीरेन्द्रनगर नगरपालिका वडा नं. १० बसपार्कको दक्षिण तर्फको गेट नजिकै बसपार्क भित्र आउँदै गरेको कर्णाली प्रदेश पंचकोशी प्रा.लि. को बा. ४ ख. ८०६१ नं. को बसले जिल्ला जाजरकोट छेडागाड नगरपालिका वडा नं. ६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ बामे खोला बस्ने अं. बर्ष ६५/६६ की नदि रावतलाई ठक्कर दिई गम्भिर घाईते भएकोमा तत्काल उपचारको लागी कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको र चालक जिल्ला दैलेख भैरवी गाउँपालिका वडा नं. ५ घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ बस्ने बर्ष ३३ को खगेन्द्र प्रसाद रिजाल लाई नियन्त्रणमा लिई आवश्वक अनुसन्धान भईरहेको ।