प्रहरी कार्यालय
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ एरिचोक नजिक मंगलगढी चोक बाट बाङ्गेसिमल तर्फ जाँदै गरेको क.प्र. ०२-००१ प ६८१४ नं. को मोटरसाईकलले एरिचोक बाट बजार तर्फ ल्याउदै गरेको फलफुलको ठेलालाई ठक्कर दिँदा ठेला वाला जिल्ला बाँके नेपालगन्ज घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ गण्डकी लाईन डेरा गरी बस्ने बर्ष अं. ३३ को हासिम ईद्रोसी लाई ठक्कर दिँदा दाहिने खुट्टा, टाउको, शरिरको विभिन्न भागमा चोट लागि घाईते भई सुर्खेत अस्पतालमा उपचार भईरेहेको अवस्था बोल्न सक्ने, घाईतेको साथमा निजको दाई र मोटरसाईकल चालक जिल्ला दैलेख दुल्लु नगरपालिका-२ बस्ने वर्ष अं.२१ को सन्देश थापा रहेको, प्रहरी सहायक हवल्दारको कमाण्डमा ३ जनाको प्रहरी टोलि खटिएको, मोटरसाईकल ट्राफिकको नियन्त्रणमा, कागजपत्र साथमा नभएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ चोखेढुङगा स्थित खगिसरा खत्रीको ढुङ्गा र माटोले बनेको २ तले कच्चि घरको वाँया साईटको कोठा भित्र पुडिया बनाउदै गरेको अवस्थामा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जनाको टोलिले चेक जाँच गर्ने क्रममा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ बस्ने बर्ष २५ को खेमराज खत्री, जिल्ला दैलेख नरायण नगरपालिका-८ बस्ने बर्ष १९ को सन्दिप गुरुङ, जिल्ला बाँके बैजनाथ गाउँपालिका-३ बस्ने बर्ष २४ को सागर राना सहित ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ३ वटा प्याकिङ्ग पुडिया र खुल्ला ११ वटा पुडिया बरामद गरी नियन्त्रणमा लिएको ।
मुगु, जिल्ला अदालत मुगुले ४ बर्ष १ महिना २० दिन जेल सजाय र रू.६०,०००।- (साठ्ठि हजार) जरिवाना तोकेको ज्यान मार्ने उधोग मुद्धाको फरार प्रतिवादी वर्ष ३६ को मेल ब. बुमीलाई जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको १५ जनाको प्रहरी टोलिले छायाँनाथ रारा नगरपालिका वडा नं २ जनता प्लाजा होटेल बाट नियन्त्रणमा लीई जिल्ला प्रहरी कार्यालय मुगु को हिरासत कक्षमा राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ स्थित बस पार्कमा खटिएका ५ जनाको प्रहरी टोलीले जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालीका-२ घरबारी टोल बस्ने बर्ष २० को गुड्डु समिर खाँन लाई शंका लागी चेक जाँच गर्दा निजको साथ बाट शुद्ध ४० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ लागूऔषध बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी तालुक जिल्ला प्रहरी कार्यालय पठाईएको ।
सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतको लगत नं. २५०८ ठगी मुद्वामा २ महिना ४ दिन कैद र रु. १,९८,१९०/- ( एक लाख अन्ठानब्बे हजार एक सय नन्बे ) जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ बस्ने बर्ष ४८ को बौद्व कुमार आचार्य लाई तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय ब्युरो सुर्खेत बाट खटिएका ३ जनाको प्रहरी टोलीले निजको घर वतन बाट नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-६ घारीवन बस्ने बर्ष अं. ७३ को शसी डाँगिले आफ्नै गोठमा लुकाई छिपाई राखेको भरुवा बन्दुक थान १ र निज व्यक्तिलाई ५ जनाको प्रहरी टोलीले नियन्त्रणमा लिई अस्थायि प्रहरी पोष्ट जहरे सुर्खेत तर्फ ल्याउँदै ।
सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालतको लगत नं.०२४६ चेक अनादर मुद्धामा रु १०,००,०००/- (दश लाख मात्र) जरिवाना तोकीएको फरार प्रतिवादी जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ बस्ने बर्ष ३२ की मेनका कुमारी सिंहलाई निजको घर बाट जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको र फैसला कार्यान्वयनको लागी जिल्ला अदातल तर्फ पठाउने पहल भईरहेको ।
सुर्खेत, सम्मानित उच्च अदालत सुर्खेतको फैसलाले लगत नं.९५५ को १ महिना कैद र रु १,०००।(एक हजार) जरिवाना तोकिएको जबरजस्ति करणी केशकी जाहेरवाला फरार प्रतिवादी जिल्ला रुकुम पश्चिम त्रीवेणी गाउँपालिका-१० बस्ने बर्ष २७ की दुर्गा खड्कालाई २०७९।१२।२४ गते १५:४० बजे जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटीएको प्रहरी टोलीले मुसिकोट नगरपालिका-१ खलङ्गा बजारमा फेला पारी नियन्त्रणमा लिई जिल्ला कारागार रुकुम पश्चिममा बुझाईएको
जिल्ला कालीकोट खाँडाचक्र नगरपालिका ३ र ४ को सिमाना गल्लिमा रहेको जंगलमा अ. ११०० बजेको समयमा आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ १० जनाको प्रहरी टोली खटिएको छ ।
सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालतको लगत नं.३४६३ चेक अनादर मुद्धामा २ महिना कैद सजाय र रु २०००/-(दुई हजार) जरिवाना तोकीएको फरार प्रतिवादी जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-४ बस्ने बर्ष ४२ को केशबराज वलीलाई सादा पोशाषकमा खटिएको ५ जनाको प्रहरी टोलीले निजको घर बाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेत मा ल्याई राखिएको ।
जाजरकोट, जिल्ला जाजरकोट साविक जुँगा थापाचौर गा.वि.स.वडा नं.५ हाल परिवर्तित शिवालय गाउँपालिका वडा नं.७ बस्ने सवारी ज्यान मुद्दामा १ महिना ८ दिन कैद र रु.२०००।–(दुई हजार रुपैया) जरिवाना तोकिएका वर्ष २८ का बिष्णु बुढालाई निजकै घर वतनमा सादा पोशाकमा खटिएको प्रहरी टोलिले फेलापारी पक्राउगरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याई आजै कारागार चलान भएको ।
मिति २०७९।१२।२३ गते जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ५ बबई चेक पोष्ट स्थित प्रहरी टोलीले नेपालगञ्जवाट जाजरकोट तर्फ जाँदै गरेको लु. २ ख. ५६२० नं. को फोर्स गाडी चेक जाँच गर्ने क्रममा कुनै पनि विल नभएको कुर्ता सुरुवाल रेडिमेट ८१ पिस र धोती ६ पिस गरी जम्मा ८७ पिस नियन्त्रणमा लिई अस्थायी प्रहरी पोष्ट, बबईमा राखि गाडी गन्तब्य तर्फ पठाईएको र आवश्यक कारवाही भैईरहेको ।
जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका १२ नेपाल टेलिकम नजिक छिन्चु बाट अं.१२:०० बजेको समयमा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ४ जनाको प्रहरी टोली खटिएको हो । दुबै मोटरसाइकल चालक एकै स्थानमा बस्ने घाईते भई स्थानिय भेरिगंगा पोलीक्लिकमा छिन्चु सुर्खेतमा उपचार भईरहेको र दुबै सवारी साधन ट्राफिकको नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
मिति २०७९।१२।२२ गते अं.१४:५५ बजेको समयमा गस्तीमा खटिएको ५ जनाको प्रहरी गस्ती टोलीले जिल्ला सुर्खेत वीरन्द्रनगर नगरपालिका ९ बस्ने दावा गुरुङको घरको अण्डर ग्राउण्ड कोठामा जुवा तास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा गई घर मालिक सहित ७ जनालाई तास खेलीरहेको अबस्थामा नगद रु. ४००७५/- ( चालिस हजार पचहत्तर ) र ७ थान मोबाईल बरामद गरी नियन्त्रणमा लिएको र थप अनुसन्धानको भैइरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका-२ सुनपुर नजिक बाटोमा प्रदेश लागूऔषध ब्युरो शाखाबाट र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलिले संकास्पद तरिकालेर उभिरहेको अवस्थामा सोही ठाउ बस्ने वर्ष १९ को श्रावण तिमिल्सेना र बर्ष २३ को अनिल बुढाको शरिर खानतलासी गर्दा अनिल बुढाको दाहिने हातको मुठि भित्र नापतौल गर्दा शुद्ध ७० मिलिग्राम लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ ब्राउन सुगर बरामद गरी अनुसन्धानको लागि दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ थौरी स्थित राजिगाउँ बस्ने बर्ष अन्दाजी ३४/३५ की छत्रकला राजीको घरमा काठ लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतबाट १० जनाको प्रहरी टोलि खटि गई हेर्दा छत्रकला राजीले आफ्नै घर अगाडी तरकारी लगाएको बारीमा खाल्डो खनि अबैध रुपमा राखेको सालजातको चिरान कडी र फेन्टा ( ४,५,६,७ फिट) गरी अं. ४५ वटा बरामद गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको, निज महिला यस चौकीको नियन्त्रणमा वन कार्यालयलाई खबर भईसकेको । नियन्त्रणमा लिएको महिलाको नव जात शिशु भएको कारणले गर्दा निजको आफन्त अन्टि नाता पर्ने बर्ष अं. ३६ की शान्ती राजिको जिम्मा लगाई भोलि १०:०० बजे वन कार्यालयमा उपस्थित गराउने गरी जिम्मा जमानिमा छाडिएको ।
सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतको लगत नं. २०९९ वहु विवाह मुद्वामा ८ महिना कैद र १०,०००/- ( दश हजार ) जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका-६ बस्ने बर्ष २१ कि निशा वयक लाई निजकै घर बाट सादा पोशाक मा खटिएका ८ जनाको प्रहरी टोलिले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेको ।
सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालतको लगत नं.३२४० चेक अनादर मुद्धामा २ महिना कैद र रु २०००/-(दुई हजार मात्र) जरिवाना तोकीएको जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका-५ बाबियाचौर बस्ने बर्ष २९ की सुनिता ढकाल फरार प्रतिबादी लाई तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय ब्युरो शाखा सुर्खेत बाट खटिएका प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सुर्खेत मा लिई राखेको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१२ सल्लिचोकमा चेकिङमा खटिएका ५ जनाको प्रहरी टोलीले नेपालगञ्ज बाट पश्चिम रुकुम तर्फ जाँदै गरेको ना ४ ख ९३१७ नं.को बसलाई चेक जाँच गर्दा कुनै पनि बिल नभएको अबैध रुपमा ल्याएको २ (दुई) बोरा इन्डियन सुपर पावर सुर्ति फेला पारी नियन्त्रणमा लिएको गाडी गन्तब्य तर्फ पठाएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका-५ बबई स्थित चेकपोष्टमा खटिएको ५ जनाको प्रहरी टोलीले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको क.प्र.०२-००१ ख ०४३८ नं.को फोर्स गाडीलाई चेकजाँच गर्दा कुनै पनि बिल नभएको अबैध रुपमा ल्याएको ५ (पाँच) बोरा कुर्ता सुरुवा प्लाजु सेट सहित अन्य कपडाहरु बरामद अस्थायी प्रहरी पोस्ट बबईको नियन्त्रणमा राखेको गाडी गन्तब्य तर्फ पठाईएको ।
रूकुम पश्चिम, जिल्ला रूकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं १३ बस्ने लागूऔषध चरेस मुद्धाको फरार प्रतिवादी बर्ष अन्दाजी ७२ को धन सिंह बिष्टलाई सम्मानित जिल्ला अदालत रुकुम पश्चिमको लगत नं.११११ मा फैसला मिति २०७८।०१।०८ गते १० महिना ७ दिन कैद सजाय र जरीवाना रकम रु ५,०००।- (पाँच हजार) तोकिएका फरार प्रतिवादीलाई ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुम पश्चिम बाट खटीएको प्रहरी टोलिले नियन्त्रमा लिई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिम ल्याई राखिएको ।
जिल्ला हुम्ला चंखेली गाउँपालिका वडा नं. २ दार्मा बस्ने जीवन शाहीको २ तले ६ कोठे कच्ची घरमा खाना पकाउने क्रममा एक्कासी आगो लागि भई घरको माथिल्लो तलाको २ वटा कोठा जलि पुर्ण रुपमा क्षेती भएको, मानवीय चौपाय क्षती नभएको र माथिल्लो कोठामा रहेको निम्नानुसारको समान समेत जलि क्षेती भएको, ऐ. १६:०० बजेको समयमा प्रहरी र स्थानियको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रण, घटनास्थलतर्फ प्रहरी चौकी मिमि हुम्लाबाट प्रहरी बरिष्ठ हवल्दारको कमाण्डमा ५ जनाको टोली खटि गएको क्षतीको बिवरण :- १. बल्यांकेट/कम्बल १५थान २. धान/कोदो ३/४ क्विन्टल ३. सल्लाको काठ ४५ क्युफिट जम्मा अ. १,५०,०००( एक लाख पचास हजार ) रकम बराबरको क्षति भएको ।
सल्यान, सम्मानित जिल्ला अदालत सल्यान बाट मिति २०६५।०५।२० गते फैसला कार्यान्वयन भई ५ बर्ष कैद सजाय तोकिएको ज्यान मार्ने उद्योग मुद्दाको फरार प्रतिबादी जिल्ला सल्यान कालिमाटि गाउँपालिका-१ लक्ष्मिपुर बस्ने बर्ष ६० को दिल बहादुर थापालाई घरमा लुकिछिपि बसेको अबस्थामा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको ४ जनाको प्रहरी टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याई हिरासत कक्षमा राखीएको, भोली सम्मानित जिल्ला अदालतमा बुझाईने ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई स्थित चेक प्वइन्टमा खटिएको ५ जनाको प्रहरी टोलीले नेपालगंञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको भे.१ख.३९३८ न. को फोर्स गाडि लाई चेकजाचं गर्दा अबैध रुपमा ल्याएको ३ बोरा सुपर पावर सुर्ति बरामद गरी पोष्टको नियन्त्रणमा राखिएको गाडि गन्तब्य तर्फ छाडिएको ।
सल्यान, जिल्ला सल्यान बागचौर नगरपालिका-३ सेताभिर स्थित भित्री कच्चि सडक खण्डको बाटोमा कुमाख गाउपालिका-६ बडागाँउ बस्ने दयाराम परीयारको श्रीमति बर्ष ७० कि पदमी परीयार मृत अवस्थामा छ भनि स्थानिय डिल्लि बहादुर के.सी.ले टेलिफोन मार्फत ईलाका प्रहरी कार्यालय थामारे सल्यान जानकारी गराएपश्चात यस कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा SOCO सहित ५ जनाको प्रहरी टोली खटिई गएको । हाल बागचौर नगरपालिका-२ लष्टम बस्ने छोरी निर्मला दमाईको घरमा बस्दै आएकी, बेला बेलामा घर बाट आफुखुसि हिडने गरेको, निज मृतक सडक बाट बाटो बाट अं.८० मिटर तल तल्लो सडक बाटोमा खस्न गई लडेको जस्तो देखिएको ।
सल्यान, जिल्ला सल्यान शारदा नगरपालिका वडा नं.९ बस्ने बर्ष २८ को सवारी ज्यान मुद्दाको फरार प्रतिबादी मोहन सेजवाल लाई जिल्ला प्रहरी कार्यालय सल्यान बाट खटिईएको ४ जनाको प्रहरी टोलीले वडा नं.२ खलंगा बजारमा फेला पारी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याई सम्मानित जिल्ला अदालत सल्यानमा बुझाउने कार्य भईरहेको ।
सम्मानित उच्च अदालत सुर्खेतको मिति २०७९/०५/२३ गतेको फैसला आदेशले परिवर्तित नामथर वतन ६३ भक्तपुर २ को जाहेरीले बादी नेपाल सरकार प्रतिवादी छोटु भन्ने समिर अहमद कबडिया भएको जबरजस्ती करणी मुद्दामा २ बर्ष ३ महिना कैद र रु २५,००० जरीवाना भई भागि फरार रहेका प्रतिबादी छोटु भन्ने समिर अहमद कबडियालाई जिल्ला प्रहरी कार्यालय जाजरकोट बाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेसंग समन्वय गर्दै खोजतलास गर्ने क्रममा मिति २०७९/१२/१२ गते पक्राउ गरी ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा दाखिला गरेको हुदा निज फरार प्रतिवादिलाई अड्डासार गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा उपस्थित गराएपश्चात निजलाई आज मिति २०७९/१२/१४ गते सम्मानित जाजरकोट जिल्ला अदालतमा पेश गरीएकोमा निज प्रतिवादिलाई कारागार चलान गरीएको ।
सुर्खेत, सम्मानित जिल्ला अदालत सुर्खेतको लागत नं. १७२८ जबरजस्तिकरणी मुद्धाको १२ बर्ष कैद र रु. ६,५१८/- (अक्षेरुपी रु. छ हजार पाँच सय अठार मात्र ) जरिवाना तोकिएको फरार प्रतिवादि जिल्ला सुर्खेत चौकुने गाउँपालिका-१० घाटगाउँ बस्ने बर्ष अं. ४०/४१ को जय बहादुर कामीलाई सादा पोसाक सहित प्रहरी नायव निरीक्षकको कमाण्डमा ७ जनाको प्रहरी टोलिले निजको घर बाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई राखिएको ।
मुगु, जिल्ला मुगु सोरु गाउँपालिका-९ मा फेस नेपाल संस्थाले किसान लाई बितरण गर्ने अदुवा र बेसारको बिउ लोड गरि गमगढी बाट खन्या तर्फ जाँदै गरेको चालक मुगु छाँयानाथ रारा नगरपालिका-४ छत्यालवाडा बस्ने बर्ष ३६ को भुपिचन्द्र परियारले चलाई लगेको भे१त ९६५२ नं.को टयाक्टर एकासी ब्रेक फेल हुनगई रोडमा पल्टिन जादा चालक सहित ३ जना सामान्य घाईते भई उपचार पश्चात डिष्चार्ज भएको ट्याक्टर घटना स्थलमा उठाउने पहल भैरहेको ।
सल्यान, जिल्ला सल्यान शारदा नगरपालिका वडा नं.९ बस्ने बर्ष २८ को सवारी ज्यान मुद्दाको फरार प्रतिबादी मोहन सेजवाल लाई जिल्ला प्रहरी कार्यालय सल्यान बाट खटिईएको ४ जनाको प्रहरी टोलीले डा नं.२ खलंगा बजारमा फेला पारी पक्राउ गरी यस कार्यालयमा ल्याई सम्मानित जिल्ला अदालत सल्यानमा बुझाउने कार्य भईरहेको ।
कालिकोट, जिल्ला कालिकोट नरहरीनाथ गाउँपालिका-४ खाती रुप्सा बस्ने पदम बहादुर सहकारीको श्रीमती बर्ष अ. -५५/५६ कि दिला देवि सहकारी काफ्लेखोला भिरमा घाँस काट्ने क्रममा भिरबाट लडी मृत्यू भएको भनि निजकै छोरा यज्ञ बहादुर सहकारीले टेलिफोन मार्फत १७:१० बजेको समयमा ईलाका प्रहरी कार्यालय कुमालगाउ कालिकोटमा जानकारी गराए पश्चात ५ जना प्रहरी र थप जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको प्रहरी टोली खटी गएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ सल्लाघारी वस्ने वर्ष २० को अर्जुन बादी र वर्ष २० को संकर बादी निज अर्जुन बादीको घरको बाहिर संकात्मक रुपमा बसिरएको अबस्थामा प्रहरी चौकी सुब्बाकुना बाट गस्तिमा खटिएका प्रहरी टोलीले सोधपुछ गर्ने क्रममा भागी घर भित्र गएको हुदाँ के रै छ भनी हेर्न जादाँ आफ्नै सुत्ने कोठाको दराज भित्र लुकाई छिपाई राखेको लागूऔषध ब्राउण सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नगरेको ३ पुडिया फेला पारी निजहरुलाई नियन्त्रणमा लिई लागूऔषध सहित तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाईएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० सिद्धापाईला स्कुल नजिकबाट, सोही ठाउ बस्ने बर्ष अं ४२ की पवित्रा न्यौपानेलाई सम्मानित जिल्ला अदालत सुर्खेतले विभिन्न मितिमा चेक अनादर मुद्दामा लगत नं ३३७६ मा १ महिना कैद, १ हजार जरिवाना र लगत नं ३२८६ मा २ हजार जरिवाना तोकेको फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट सादा पोसाकमा खटिएका प्रहरी टोलीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
दैलेख, जिल्ला दैलेख नौमुले गाउँपालिका-४ कालीखोला स्थित लेकाली जंगली जनावर रेड पाण्डा स्थानियहरुले देखि ईलाका प्रहरी कार्यालय नौमुलेमा टेलीफोन मार्फत जानकारी गराउना साथ यस कार्यालय बाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ५ जनाको टोलि खटिई गई उक्त जंगली जनावरलाई प्रहरी र स्थानियको सहयोगमा उद्दार गरी जिल्ला बन कार्यालय दैलेख बाट खटिई आएको रेन्जर देबेन्द्र चौधरीको जिम्मा ऐ.१८;४० बजे बुझाईएको ।
जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१२ छिन्चु बजार स्थित पिकेट डिउटीमा खटिएका ९ जनाको प्रहरी टोलीले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउँदै गरेको ना.३ ख. ९२७ नं. को ट्रक चेक जाँच गर्दा उक्त ट्रक भित्र लुकाई छिपाई ल्याएको कुनै पनि विल नभएको २० बोरा चिनी ( ५० के.जि.) का दरले १० क्विन्टल र अन्य पान सम्बन्धी बिभिन्न आईटम सामाग्रीहरु बरामद गरी यस ईलाका प्रहरी कार्यालय छिन्चुको नियन्त्रणमा राखिएको गाडी गन्तव्य तर्फ छाडिएको ।
दैलेख, जिल्ला दैलेख महाबु गाउँपालिका-५ गडिगाउ बस्ने सहबिर चुनाराको श्रीमति बर्ष अ.७३ कि लिलावती चुनारा मिति २०७९।१२।४ गते घर बाट हराई बेपत्ता भएकोमा निजका आफ्तहरुले खोजतलास गर्दै जादा आज मिति २०७९।१२।१२ गतेको अ.१८;४० बजेको समयमा जिल्ला दैलेख भैरवि गाउँपालिका-६ कुर्माकोट स्थित भुतेर खोलामा मृत अबस्थाम फेला परेको भनि सोहीठाउ बस्ने रबिलाल चुनाराले टेलीफोन मार्फत जानकारी गराउना साथ प्रहरी चौकि पानिपोखरी बाट ३ जनाको प्रहरी टोलि खटि गएको र थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय दुल्लु बाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोलि खटि गएको ।
हुम्ला, जिल्ला हुम्ला चंखेली गाउँपालिका वडा नं. ६ देशी खोला र कर्णाली नदिको बिच (दोभान) मा अपरचित ब्यक्तिको शब रहेको भनि सोही ठाउ बस्ने हर्के कुलाल र सुरज बि.क.ले माछा मार्न गएको बेला देखे पछि प्रहरीलाई टेलिफोन मार्फत जानकारी प्राप्त हुना साथ ७ जनाको प्रहरी टोली र वडा नं. ४ का वडा अध्यक्ष पदम बाहदुर शाही सहितको टोली घटनास्थलमा पुगेको रातिको समय र शब नदिको बिचमा भएकोले महिला/पुरुष के हो भनि छुट्याउन नसकिएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१ डम्पिङ् क्षेत्रमा भेरी नदिबाट ढुङ्गा लिएर जाँदै गरेको भे १ ख २२०५ नं. को टिप्पर डम्पिङ् क्षेत्र नजिकै अनियन्त्रित भई बाटो देखी अं. १० मिटर तल खस्न जाँदा टिप्पर चालक जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ बस्ने बर्ष ३२ को उमेश वि.क. सोही टिप्परको पछाडीको टायरले पुरै शरिर च्याप्पिएको भन्ने खबर प्राप्त हुन साथ तत्काल उक्त स्थानमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जनाको प्रहरी टोलि र तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको प्रहरी टोलि खटिगएको र निज चालक उमेश वि. क. को टिप्परले च्याप्पिएर मृत्यु भइसकेको र मृतक लाशलाई उद्धार गरी निकाली घटनास्थल कार्य भइरहेको ।
जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका ५ बबई स्थित चेक प्वाईन्टमा खटिएका ०९:०० बजेको समयमा ५ जनाको प्रहरी टोलीले नेपालगञ्ज बाट जाजरकोट तर्फ आउँदै SML फोर्सगाडी चेक जाँच गर्दा कुनै पनि बिल नभएको ८ बोरा चिनी (२५ के.जी.) का दरले २ क्विन्टल चिनी बरामद गरी नियन्त्रणमा राखिएको र गाडी गन्तव्य तर्फ छाडिएको छ ।
जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका १२ छिन्चु बजार स्थित ०७:०० बजेको समयमा पिकेट डिउटीमा खटिएका ९ जनाको प्रहरी टोलीले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउँदै गरेको ट्रक चेक जाँच गर्दा लुकाई छिपाई ल्याएको कुनै पनि विल नभएको २० बोरा चिनी (५० के.जि.) का दरले १० क्विन्टल र अन्य बिभिन्न आईटम सामाग्रीहरु बरामद गरी नियन्त्रणमा राखिएको र गाडी गन्तव्य तर्फ छाडिएको ईलाका प्रहरी कार्यालयले छिन्चुले जानकारी दिएको छ ।
कालिकोट, जिल्ला कालीकोट महावै गाउँपालिका-६ गणेशकोट बस्ने सुर्य शाहीको छोरा बर्ष अन्दाजी १३ को जितेन्द्र शाही पान्तडी रातोढुङगा स्थित तिला कर्णाली नदिमा माछा मार्ने जालो तान्ने क्रममा ढुङगाबाट चिप्लन गई नदिमा बेपत्ता भएको भन्ने खबर टेलिफोन मार्फत अस्थायी प्रहरि पोष्ट पिली कालिकोटमा जानकारी प्राप्त हुना साथ ३ जनाको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय कालिकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको प्रहरी टोली खटिएको खोजतलास कार्य जारी ।
जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. १० तोलिखोला चेक पोष्टमा खटिएका प्रहरी टोलिले नेपालगन्ज देखी सुर्खेत तर्फ आउदै गरेका विभिन्न गाडीहरु चेकजाँच गर्ने क्रममा कुनै पनि बिल नभएका विभिन्न सामानहरू कपडा, चिनि, दाल, दालमोठ, डिउ, सिसाकलम, जुस ईत्यादी गरी अन्दाजि १,५०,०००/- ( एकलाख पचास हजार) बराबरको सामान बरामद गरी ईलाका प्रहरी कार्यालय, छिन्चुको नियन्त्रणमा राखि गाडीहरुलाई गन्तब्य तर्फ छाडीएको र आवश्यक कारवाही भईरहेको ।
सुर्खेत, तालुक कर्णाली प्रदेश लागुऔषध व्यूरो शाखा सुर्खेत बाट र जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट सादा पोशाकमा खटिएका ५ जना प्रहरीको संयुक्त टोलिले जिल्ला हुम्ला सिमिकोट गाउपालिका-२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-८ स्थित डेरा गरी बस्ने बर्ष अं.१९ को सन्तोष शाही बाटोमा हिडिरहेको अबस्थामा शंका लागी निजलाई चेकजाँच गर्दा निजको साथबाट शुद्व १९० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ लागूऔषध बरामद गरी बरामद भएको लागूऔषध सहित मानिस नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेत मा ल्याई अनुसन्धान भईरहेको ।
रुकुम पश्चिम, जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं.११ गोईरी बस्ने महेन्द्र परियारको छोरा बर्ष ९ को दिप रोशन परियार बाल कल्याण मा.बि.को कक्षा २(दुई) मा अध्यनरत बिद्यार्थी थिए र अध्यन पश्चात आफ्नो घर फर्कने क्रममा आफु हिडेको गोरेटो बाटो भन्दा अं.६०/७० मिटर माथिबाट ढुङ्गा खसि टाउकोमा चोट लागि घट्नास्थलमा नै मृत्यु भएको र मृत लास मृतकको आफन्तले घरमा ल्याई राखेको,उक्त ढुङ्गा कसरी खस्यो भनि नखुलेको,अनुसन्धान कार्य भईरहेको लास मृतकको घरमा रहेको ।
सल्यान, जिल्ला सल्यान शारदा नगरपालिका वडा नं. १ श्रीनगर बस्ने पुष्पा बस्नेतको घर बनाउने क्रममा दारिमजिउला बस्ने बर्ष अं. ५२ को डिल्लि बहादुर चनारा एक्कासी बाँसको भर्याङ बाट लड्न गई टाउकोमा गहिरो चोट लागी उपचारको लागि निजको भाई गोबिन्द चनाराले जिल्ला अस्पताल सल्यानमा ल्याई उपचार भई रहेको अबस्था उपचारको क्रममा मृत्यु भएको, थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सल्यान बाट Soco सहित ५ जनाको प्रहरी टोली खटिई गएको ।
रूकुम, जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं.९ चौखाबाङ् घर भई मुसिकोट नगरपालिका-४ ठाराडुङ्गा मनिराम पुनको घरमा कोठा भाडा गरी बस्ने बर्ष ३० कि कृष्णा वली खड्का लाई जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका-१० बेलुवा बस्ने बर्ष ३५ को प्रेम ब. के.सी. ले एक्कासी आई १ लिटर पेट्रोल शरिरमा छर्काई लाईटर बाली सल्काउन खोज्दा स्थानिय छिमेकी ले देखि समाउन खोज्दा भागी फरार भएको भन्ने टेलिफोन मार्फत जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम मा जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा खटीगएको प्रहरी टोलीले निज लाई घट्ना स्थल देखि उत्तर तर्फ रहेको रबी बोहराको गँहु बारीमा लुकी रहेको अबस्थामा नियन्त्रणमा लिएको निज महिलाको अबस्था सामान्य रहेको ।
सुर्खेत, जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-८ खटाङ बस्ने बर्ष ४० को नैनसिंह कामी ज्ञान बहादुर बि.क.को घरमा बिरामी कुरुवा बसिरहेको अबस्थामा सोही ठाउ बस्ने बर्ष ४४ को दुर्गा बहादुर कामीले एक्कासी पछाडीबाट आई नैनसिंह कामीको निधारमा हसियाले हानी निधारमा काटी घाईते भई मेहलकुना अस्पताल मेहलकुना सुर्खेतमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागी राती ०२:३० बजेको समयमा कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतको लागी रिफर भएको ।
मुगु, जिल्ला मुगु खत्याड गाउँपालिका वडा नं. ०६ पन्सेरी बस्ने बर्ष अन्दाजी २१ को चालक तिलक राज बुडथापाले चलाई ल्याएको भे २ त ६८१ नं. को ट्याक्टरमा सल्ला प्रजातिको सुकेको तक्ता (फल्याक) र फेरेम गरी ८० (असि ) पिस काठ माझचौर बाट झुगाला तर्फ लिदै गरेको अबस्थामा ईलाका प्रहरी कार्यालय रातापानी मुगुबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा फेला पारी ट्याक्टर चालक, काठ मालिक जिल्ला मुगु खत्याड गाउँपालिका-७ बस्ने बर्ष ४९ को दत्त प्रसाद सन्जेल, ट्याक्टर र काठ नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रातापानी मा राखीएको ।
सुर्खेत, जिल्ला सुर्खेत बराहताल गाउँपालिका-५ अमलाखाली स्थित कर्णाली राजमार्गमा सुर्खेत देखि दैलेख तर्फ जाँदै गरेको क.प्र.०२००१ ख ०५२० नं. को फोर्स गाडी र विपरित दिशा बाट आउँदै गरेको बा. प्र. ०१-०२६ च ७२०७ नं. को कार एक आपसमा ठक्कर खाँदा निम्न:- १) फोर्स गाडीको सवार जिल्ला दैलेख ठाँटिकाध गा.पा. ४ बस्ने बर्ष ६१ की कोपिला थापाको अनुहारमा चोट सामान्य उपचारको लागी सदरमुकाम तर्फ पठाईएको । २) फोर्स गाडीमा सवार जिल्ला सुर्खेत बराहताल गाउपालिका- ७ बस्ने बर्ष ५१ को धर्मे कामी निधारमा चोट अबस्था सामान्य स्थानिय मेडिकलमा उपचार भईरहेको । ३) कारमा सवार जिल्ला भक्तपुर चागुनारायण नगरपालिका- ९ बस्ने बर्ष ६० को मणी प्रसाद न्यौपाने वाया कुममा चोट । दुवै सवारी चालक नियन्त्रणमा ।
सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतको लगत नं. ३२४७ कुटपिट मुद्वामा ३ महिना कैद र रु. ५,०००/- जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका १३ बस्ने बर्ष ४७ को बले दमाई र निजको श्रीमती बर्ष ४३ की खगिसरा दमाई लाई तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय व्युरो शाखा बाट खटिएको प्रहरी टोली र प्रहरी चौकी सुब्बाकुना बाट खटिएको ५ जनाको संयुक्त प्रहरी टोलिले निजको घर वतन बाट नियन्त्रणमा लिई यस जिल्ला प्रहरी कार्यालय सुर्खेत मा ल्याई फैसला कार्यान्वयनको लागी सुर्खेत जिल्ला अदालतमा पठाउने कार्य भईरहेको ।
दैलेख, जिल्ला दैलेख गुराँस गाउँपालिका-४ तालपोखरी स्थित सुर्खेत दैलेख सडक खण्डमा नेपालगंज बाट दैलेख तर्फ आउदै गरेको मनकामना ग्यासँ सिलेण्डर बोकेको भे.१क.२२०१ नम्बरको ट्रक एक्कासी माथिल्लो मोड बाट अ.१५० मिटर तल्लो मोडमा खस्दा उक्त ट्रकमा सवार चालक सहित ३ जनाको घटना स्थलमा मृत्यु भएको,बाटो अवरोध भएको उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट घोडाबास बाट प्रहरी टोली खटि गएको र प्रहरी चौकी रानिमताबाट प्रहरी सहायक निरीक्षक को कमाण्डमा ५ जनाको टोलि खटिई गएको ।
रुकुम, जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं:३ छेडा बस्ने लोक बहादुर खत्री मिति २०७९।१२।०१ गतेका दिन गाई भैसीलाई घाँस काट्न जान्छु भनि बिहान ०८:०० बजेको समयमा घर बाट निस्केको र आफन्त गाउँ समाज लगाएत आफन्तजनहरुलाई समेत टेलीफोन गर्दा समेत सम्पर्कमा नआएको हुदाँ निज ब्यक्तिको खोज तलास गरी पाँउ भनी निजको भाई नाता पर्ने डिल्ली बहादुर खत्रीले मिति २०७९।११।०२ गते प्रहरी चौकी सोलबाङमा लिखित निबेदन पेश गरेको हुँदा मिति २०७९।१२।०७ गते १४:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपाल प्रहरीको कुकुरको सहायताबाट खोजतलास गर्दै जाने क्रममा मुसिकोट ननगरपालिका-३ छेडा देखि माछमी जाने भित्री सडक खण्डको गड्याङ भन्ने स्थानमा सडक देखि ५०/६० मिटर तल माटोमा मृत अवस्थामा फेला परेको ।
जाजरकोट, जिल्ला जाजरकोट जुनिचादे गाउँपालिका-११ कोर्ताङ बस्ने भक्त बहादुर शाहिको छोरा बर्ष २६ को सुमन शाहिको २ तले २ कोठे ढुङ्गा माटोले बनेको,ढुङ्गाको छानो भएको भान्सा कोठाको चुलोबाट आगोको कोईला तल्लो तलाको गोठमा खस्न गई आगलागी हुदा उक्त गोठ भित्र बाँधी राखेको २ जिउ गोरु, ३ जिउ बाख्रा , २ जिउ गाई जलि मरेको र १ जिउ बाख्रा घाईते भएको कुनैपनी मानविय क्षति नभएको घर आंसिक रुपमा क्षती भएको उक्त स्थानमा ५ जना प्रहरी टोली खटि गएको ।
सल्यान, जिल्ला सल्यान कुमाख गाउँपालिका वडा नं. ४ भण्डारखोला स्थित शंकर रानाको ३ कोठे १ तले टिनले छायको कच्चि घरको किराना पसल रहेको कोठामा एक्कासि आगलागी हुँदा उक्त पसलमा बसिरहेको निम्न ब्यक्तिहरू जलि घाईते भई उपचारको लागी एम्बुलेन्स मार्फत मिशन अस्पताल चौरजहारी पश्चिम रूकुम लगेको,आगलागीको कारण खुल्न नआएको , किराना पसलको माल सामान जलिनष्ट भएको क्षेतिको बिवरण आउन बाँकी उक्त स्थानमा प्रहरी टोली खटिई गएको, घाईतेहरू:- १. जिल्ला सल्यान कुमाख गाउँपालिका-४ भण्डारखोला बस्ने बर्ष २४ को शंकर राना, २.बर्ष २६ को यज्ञ राना ,३.बर्ष २१ को जीवन राना, (सम्पुर्णको अवस्था सिरियस रहेको र) ४.क्षेत्रमणी राना, र संजिब शाह, बोल्न सक्ने । ऐ. २३:०० बजेको समयमा सम्पुर्ण घाईतेहरु थप उपचारको लागी कोहलपुर मेडिकल कलेज बांकेको लागी रिफर भएको ।
जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका ९ ओम खोला बस्ने वर्ष ३१ को नर बहादुर सार्की घर देखि अन्दाजी २ किलोमिटर टाढा टाडापाखाँ भन्ने स्थानमा ढुङ्गाखानिमा गई ढुङ्गा निकाल्ने क्रममा ढुङ्गाको खानि भत्कन गई ढाड्, खुट्टा र हातमा चोट लाग्न गई उपचारको लागी निजको भाइ भैरब सार्कीले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा ल्याएको अवस्था बोल्न सक्ने ।
सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतको लगत नं. ८७६ फैसला कार्यान्वयन वन मुद्धाको ५ महिना १२ दिन कैद सजाय र रु. ६०,८००/- ( अक्षरुपी साट्ठी हजार आठ सय रुपैया ) जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१ बसेरी बस्ने बर्ष अं.३५ को धन ब. पुलामीलाई ईलाका प्रहरी कार्यालय छिन्चु बाट सादा पोशाकमा खटिएको प्रहरी टोलिले सोही ठाउ बस्ने खडक बहादुर पुलामीको पसलबाट नियन्त्रणमा लिएको ।
जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका ४ जनस्वास्थ्य कार्यालय अगाडि जुगार्ड खोलामा तातोपानी गाउँपालिका-५ लाम्रा घर भई मिति २०७९/१२/०४ गते कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा दमको उपचारको लागि आएको बर्ष ७० को लालु नेपाली ५ गते राति अ.२४:०० वजेको समयमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट बाहिर निस्केकोमा निजको कुरुवा बुहारी दुरपती नेपालीले खोज गर्दै जादा मृत अबस्थामा फेला परेको भनी जानकारी गराए पश्चात जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी टोली खटि गएको र थप अनुसन्धानको लागी प्रहरी निरीक्षकको कमाण्डमा SOCO सहित ३ जनाको टोलि खटिएको ।
कर्णाली प्रदेश अन्तर्गतका जिल्लाहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्व.वि.यु.) को निर्वाचन मिति २०७९।१२।०५ गते बिहान ०७:०० बजे देखि ४० वटा क्याम्पसहरु मध्ये १८ वटा क्पाम्पसहरुको सुरु भई १७:०० बजे मतदान कार्य समापन भएको छ । उक्त क्याम्पसहरु मध्ये १६ वटा क्याम्पसहरुमा निर्विरोध भएको र ६ वटा क्याम्पसहरुमा विविध कारणले गर्दा निर्वाचन कार्य स्थगित भएको हो । निर्वाचन भएको १८ वटा क्याम्पसहरु मध्ये २ वटा क्याम्पसहरुको मतगणना कार्य समाप्त भएको छ र अन्य १६ वटा क्याम्पसको मतगणना कार्य जारी छ ।
मुगु, जिल्ला मुगु छायाँनाथ रारा नगरपालिका-०२ स्थित चौतारा नजिक २ जना व्यक्ति लागु औषध (ब्राउन सुगर) जस्तो देखिने प्रदार्थ साथमा लिई हिडेको भन्ने गोप्य सुचनाका आधारमा प्रहरीलाई खबर गरे पश्चात प्रहरी टोली खटि गई जिल्ला मुगु छायाँनाथ रारा नगरपालिका-४ भामबाडा वस्ने बर्ष अं १९ को नविन भाम र बर्ष अं. १८ को सुजन भाम लाई चेकजाँच गर्दा निजहरुको साथ बाट सुद्ध तौल ०.०८ ग्राम (ब्राउन सुगर) जस्तो देखिने प्रदार्थ बरामत गरी दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मुगुको हिरासत कक्षमा राखिएको ।
सल्यान, जिल्ला सल्यान बागचौर नगरपालिका-३ पुतलीबास घर भई दार्मा गाउपालिका-४ मौलाहाले स्थित रहेको त्रिरत्न मेडिकल हलमा काम गर्ने बर्ष २३ को ओमकार डाँगीलाई दार्मा ४ नाउला बस्ने बर्ष २० को अम्मर रावत र निजकै भाई बर्ष १८ को बिबेक रावतले औषधी किन्ने बिषयमा बादबिवाद हुदा धारिलो बस्तुले टाउको ढाड र बाँया हातमा हानी घाईते भई सोही मेडिकलमा उपचार भई रहेकोमा थप उपचारको लागी बागचौर तर्फ पठाएको भनि आफन्तहरूले अस्थायी प्रहरी पोष्ट चौरपानी सल्यानमा निबेदन दिएकोमा तत्काल प्रहरी टोली खटि निज धारिलो बस्तु प्रहार गर्ने दुबै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय थारमारे सल्यान तर्फ पठाएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-११ सादिखोला ठुलोबुवा मोहन सुनारको घरमा बस्दै आएको खल बिर सुनारको छोरा बर्ष अं. १४ को विजय सुनार पानीखाने घाट भेरी नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएको छ भनी निजको दाई नाता पर्ने बिशाल सुनारले १९:०० बजे प्रहरीलाई जानकारी गराए पश्चात उक्त स्थानमा प्रहरी टोली खटिगएको र निजको साथमा रहेका दुईजना सकुशल रहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० घुस्रा स्थित घुस्रा बाट बजार तर्फ आउदै गरेको भे ७ प १८७९ नं. को मोटरसाईकलले पैदल यात्री जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष अं. ५० को बिर्ख ब. खड्कालाई ठक्कर दिई घाईते बनाएको घाईतेको कर्णाली पर्देश अस्पताल कालागाउ सुर्खेतमा उपचार भई रहेको घाईतेको टाउकोमा चोट अबस्था बोल्न सक्ने र मोटरसाईकल चालक उपचारमा संलग्न उक्त स्थानमा प्रहरी टोलि खटि गएको मोटरसाईकल ट्राफिकको नियन्त्रणमा रहेको ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-९ लाटिकोईलि शिब मन्दिर नजिक अस्थायि प्रहरी बिट लाटिकोईली बाट गस्तिमा खटिएका प्रहरी टोलीले गस्ती गर्दै जाँदा ऐ.ऐ.बस्ने बर्ष २६ को जिबन बहादुर के.सी. संकास्पद तरिकाले बसिरहेको अबस्थामा प्रहरीले देखि शंका लागी निजको शरिर खानतलासि गर्दा निजको साथ बाट लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ ( ब्राउन सुगर ) ३ पुरीया (तौल गर्दा शुद्ध ९० मिलिग्राम) र निजको साथमा रहेको Oppo मोबाईल थान १ र नेपाली रूपैयाँ रू ६१००/- बरामद गरी निजलाई नियन्त्रणमा लिई तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा राखिएको छ ।
सल्यान, जिल्ला सल्यान कपुरकोट गाउँपालिका वडा न.५ बस्ने यज्ञ बहादुर बुढा की छोरी बर्ष १३ की जिबनज्योति मा. बि. रिम कक्षा ७ मा पढ्ने एमुना बुढा र त्रिबेणी गाउँपालिका वडा न.१ काभ्रा बस्ने ज्ञान बहादुर राम्जा की छोरी कपुरकोट गाउँपालिका वडा न.५ स्थित जिबनज्योति मा.बि. रिममा कक्षा ९ मा पढ्ने बर्ष १४ कि प्रतिभा राम्जा स्कुल बाट घर फर्क्ने क्रममा चट्याङ को झिल्का लागन् गई घाईते भई राप्ति प्रादेशिक अस्पताल तुल्सीपुर दाङमा लगी उपचार भईरहेको छ ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१२ स्थित छिन्चु बजारमा महेन्द्रनगर बाट कालिकोट तर्फ आउदै गरेको क.प्र.०२-००१ ख ०२६० नं. को बसलाई चेक जाँच गर्ने क्रममा कुनै पनि बिल नभएको काचो कुर्ता सुरुवाल १२० पिस बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको र बसलाई गन्तब्य तर्फ पठाईएको छ ।
मिति २०७९।१२।०२ गते अ.०८:०० बजेको समयमा जिल्ला डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ०४ सिउरेनी बस्ने बर्ष ५० कि सेतु कुमारी बोहरा आफ्नै घर नजिकैको जंगलमा रहेको बेरुको रुखमा चढि घाँस काट्ने क्रममा रुखबाट लडेर घाईते भई ऐ १५:३० बजे यस अस्पतालमा ल्याई उपचार भईरहेको दाहिने हात र ढाडमा चोट अवस्था सिरियस उपचारमा निजको छोरा साथमा आएको घटना स्थलमा प्रहरी चौकी त्रिपुराकोटबाट प्रहरी टोली खटिगएको ।
जिल्ला दैलेख, २०७९/१२/०२ गते अं.०२:०० बजेको समयमा जिल्ला दैलेख नौमुले गाउँपालिका ४ भरभरे बस्ने रत्न बहादुर बस्नेतको खरले छाएको १ तले भैसीको गोठमा आगलागी भई १ भैंसी, तिन बाख्राको जली मृत्यु भएको र तिन वटा भैंसी सक्त घाईते भएको, अन्य मानवीय क्षति केही नभएको र आगलागी हुनको कारण नखुलेको । प्रहरी टोली अनुसन्धानको लागि खटिगएको छ ।
मुगु, मिति २०७९।१२।०२ गते राति ०१:५० बजेको समयमा जिल्ला मुगु छाँयानाथ रारा नगरपालिका २ गमगढी स्थित दल बुढाको घरमा खत्याड गाउँपालिका वडा नं. ८ आँप घर भई हाल कोहलपुर बाँके बस्ने शंकर कार्कीको श्रीमति बर्ष अ.३८।४० कि तुलसी खड्का कार्की ट्वाइलेट जाने क्रममा भर्याङबाट लडि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ ७ जनाको प्रहरी टोली थप अनुसन्धानको लागि खटिएको छ ।
सुर्खेत, मिति २०७९।१२।०२ गते अं. ०२:३० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ रत्ना राजमार्ग स्थित ठुलो बिउरेनीमा बर्दिया देखी जुम्ला तर्फ जाँदै गरेको चालक र सहचालक भएको कुखुरा बोक्ने बलेरो जिप अनियन्त्रि भई सडकको बाँया साईडमा पल्टिन जाँदा गाडीमा रहेको आदि कुखुरा मरेको; मानविय क्षेति नभएको र भेण्डरीको कागजपत्र साथैमा रहेको । गाडीको लुकिङ ग्लास र ड्राईभर साईटको भागमा हल्का क्षेति भएको छ ।
रुकुम पश्च, मिति २०७९।११।३० गते अ.१६:३० बजेको समयमा जिल्ला रुकुम पश्चिम सानोभेरी गाउँपालिका ३ बस्ने बर्ष अं. ३५ की कल्पना कामीलाई जेठाजु नाता पर्ने बर्ष अ. ६५ को लिलाधर कामीले जग्गाको बिषयलाई लिएर निज लाई ढुङगाले टाउकोमा हानि सिरियस घाईते हुदा उपचारको लागी सानोभेरी गाउँपालिका अस्पताल तर्फ पठाईएको र कुटपिट गर्ने लिलाधर कामीलाई नियन्त्रणमा लिई ३ जनाको प्रहरी टोलीले थप अनुसन्धान गर्दै ।