प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : अन्य
प्रहरी महानिरीक्षक दिपक थापाज्यूबाट इलाका प्रहरी कार्यायल छिन्चु, सुर्खेतको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवन उद्घाटन ।
२०८२-०५-०९

सुर्खेत, ९ भदौ,२०८२ नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले सुर्खेतको भेरीगंगा नगरपालिका–१२ स्थित इलाका प्रहरी कार्यालय छिन्चु परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, महिला आवास भवन तथा भान्सा घरको एक भव्य समारोहबीच उद्घाटन गर्नुभएको छ । कार्यक्रममा आईजीपी थापाले भवनहरूको अवलोकन गर्नुका साथै परिसरमा वृक्षारोपण गरेर वातावरणीय उत्तरदायित्वप्रति प्रहरीको प्रतिबद्धता पनि दर्शाउनुभयो । उहाँले सम्बोधन गर्दै भने, “यी संरचनाहरू केवल इँटामाटोका संरचना होइनन्, प्रहरी र नागरिकबीचको विश्वासको द्योतक हुन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसा, घरेलु द्वन्द्व र सामाजिक विकृतिहरूको न्यूनीकरणमा यी भवनहरू परिवर्तनका आधारशिला बन्नेछन् ।”आईजीपी थापाले भवन निर्माणमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई प्रशंसापत्र प्रदान गर्दै प्रहरी–समुदाय सहकार्यको सशक्त सन्देश दिनुभयो । कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव डा. पुष्पराज शाही, प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, भेरीगंगा नगरप्रमुख यज्ञ प्रसाद ढकाल, तथा Security and Justice Program (SJP) का Senior Project Manager Simon Peter O’Brien लगायत विशिष्ट अतिथिहरूले आ-आफ्ना मन्तव्य व्यक्त गर्दै प्रहरी सेवा र सामाजिक उत्तरदायित्वबीचको सम्बन्धलाई जोड दिनुभएको थियो । UNOPS को आर्थिक तथा प्राविधिक सहयोगमा रु. ३ करोड ३५ लाख २७ हजार ५२५ रुपैयाँ ९ पैसा लागतमा निर्माण सम्पन्न भएको उक्त सेवा केन्द्रको निर्माण प्रतिवेदन UNOPS का Senior Engineer शिशिर उपाध्यायले प्रस्तुत गर्नुभयो । कार्यक्रममा Operation Coordinator इन्द्र न्यौपानेले स्वागत मन्तव्य र प्र.ना.म.नि माधव प्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो । समारोहमा सुरक्षा निकायका प्रमुखहरू, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरू, राजनीतिक दलका अगुवा, स्थानीय समाजसेवी, संचारकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।

प्रहरी महानिरीक्षक दिपक थापाज्यूबाट कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-०५-०९

सुर्खेत, ९ भदौ २०८२ नेपाल प्रहरी संगठन प्रमुख श्रद्देय श्रीमान् प्रहरी महानिरीक्षक दिपक थापाज्यू निरीक्षण भ्रमण तथा अनुगमनको सिलसिलामा यस कार्यालयमा पाल्नु भई यस कार्यालयमा रहेको अमर प्रहरी स्मारिकामा पुष्पगुच्छा अर्पण, कार्यालय प्राङगणमा वृक्षारोपण, भौतिक संरचनाको निरीक्षण गर्नु भयो । आयोजित कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई श्रद्देय श्रीमान् प्रहरी महानिरीक्षक थापाज्यूले भौगोलिक जटिलताको बाबजुद उपलव्ध सीमित स्रोत साधन र जनशक्तिको उच्चतम उपयोग गरी समग्रमा प्रदेशस्थित शान्ति सुव्यवस्था अमन चयन कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् एवम् ट्राफिक व्यवस्थापन लगायतका कार्यमा प्रहरी कर्मचारीहरूले देखाएको व्यावसायिकता र निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । उक्त अवसरमा लागूऔषध कारोबार, सवारी दुर्घटना, आत्महत्या, महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने अपराध, चोरी पैठारी जस्ता गतिविधिहरू हालको परिपेक्क्षमा चुनौतिको रूपमा देखापरेको बताउँदै यस्ता गतिविधिलाई न्यूनीकरण तथा नियन्त्रणको लागि समुदायमा आधारित जनचेतनामूलक कार्यक्रम संचालन गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरूको समस्या सम्बोधनमा थप संवेदनशील भई निष्पक्ष अनुसन्धान गर्नुपर्ने, पुराना तथा पेण्डिङ मुद्दाहरूको फर्छ्यौट एवम् फरार प्रतिवादीहरूलाई कानूनी दायरामा ल्याउन थप सक्रिय हुनुपर्ने, ट्राफिक व्यवस्थापनमा अझ शिष्ट व्यवहार प्रदर्शन गर्नुपर्ने तथा भीड नियन्त्रणमा धैर्यता एवम् थप संयमता अपनाई कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो थियो । उक्त कार्यक्रममा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठज्यूले प्रहरी महानिरीक्षकज्यूले दिनु भएको निर्देशन अक्षरस पालना गर्ने गराउने बाचाका साथ धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाज्यू , प्रहरी वरिष्ठ उपरीक्षक केदार खनालज्यू, जिल्ला प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्र.उ. सुधिर राज शाहीज्यू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्र.उ. भावेश रिमालज्यू, कर्णाली प्रदेश प्रहरी गण, सुर्खेतका कार्यालय प्रमुख प्र.उ. प्रेम सागर के.सीज्यू लगायत यस कार्यालय तथा मातहतमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमतिको मृत्यु ।
२०८०-०८-२०

सल्यान, जिल्ला सल्यान सिद्द कुमाख गाउँपालिका-३ माथिल्लो उचाल्ने बस्ने बर्ष अन्दाजी ४० की सितला सार्कीलाई निजको श्रीमान बर्ष ४५ को डम्मर सार्कीले धारिलो हतियार बन्चरोले टाउकोमा प्रहार गरी घटनास्थलमा नै मृत्यु भएको भनि स्थानियले प्रहरी चौकी ढोरचौर सल्यानमा खबर भए पश्चात उक्त प्रहरि चौकिबा ३ जनाको प्रहरी टोली घटनास्थलमा खटिई गएको, थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सल्यान बाट SOCO सहित ८ जनाको टोली खटिएको, मृतकको पति डम्मर सार्कीलाई अनुसन्धानका लागी प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

मृत अवस्थामा लाश फेला ।
२०७९-१०-१४

 मिति २०७९।१०।१४ गते अं. ०८:१० बजेको समयमा जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका १४ सालडाँडा बस्ने बर्ष ७१ को देबराज भट्टराई मिति २०७९।१०।१३ गते दिउसो घर बाट कोही कसैलाई नसोधी निस्किएकोमा खोजतलास गर्दै जाँदा आज बिहान ०७:३० बजेको समयमा आफ्नै घर देखि अं. २००/२५० मिटर दक्षिण तर्फको दुरीमा मृत अबस्थामा छ भनि स्थानियले टेलिफोन मार्फत जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जानकारी गराए पश्चात उक्त स्थानमा तत्काल घटनास्थल सुरुक्षाको लागि टोली खटिगई घटनास्थलको प्रारम्भिक कार्य पुरा गरी लाश पोष्टमार्टम पश्वात मृतकको भतिजोले विष्णु भट्टराईले बुझि गगिएको ।

ठुलो परिणाममा मल बरामद।
२०७९-१०-०५

मिति २०७९।१०।०५ गते अं. १३:३० बजेको समयमा जिल्ला सल्यान बागचौर नगरपालिका वडा नं.  ११ पानीखोला बस्ने शेर बहादुर खड्का र ऐ. बस्ने दिनेश ओलीले जिल्ला दाङ तुलसिपुर उपमहानगर पालिका वडा नं. ८ बस्ने बर्ष ३६ को दल बहादुर कुवरले चालई ल्याएको रा.१ क.१३६३ नंम्बरको मिनि ट्रकमा कृषि सामाग्री कम्पनी लिमिटेड तुलसिपुर दाङ शाखा बाट डि.ए.पि. पोटास ३० बोरा , युरिया ७९ बोरा र पोटास ५० बोरा ल्याई शेर बहादुर खड्काको घरमा गोदाम गरी राखी बेच्न लागेको भन्ने सुचनाको आधारमा प्रहरी टोली र खटि गई बरामदी मुचुल्का कार्य गरि उक्त रासायनिक मल , ट्रक र दिनेश ओली लाई नियन्त्रणमा लिई आबश्यक कारबाहीको लागी इलाका प्रहरी थारमारे सल्यानमा ल्याई आवश्यक अनुसन्धान भईरहेको । 

करेन्ट लागि २ जना घाईते ।
२०७९-१०-०३

प्रहरी चौकी जुफाल डोल्पा मिति २०७९।१०।०३ गते अ.१४:३० बजेको बजेको समयमा जिल्ला डोल्पा ठुलिभेरी नगरपालिका वडा नं. ०९ बस्ने डांगिवाडा बस्ने तुलाराम डांगीको छोरा बर्ष १८ को गोकर्ण डांगी र ऐ.ऐ. बस्ने लालिमान डांगीको छोरी बर्ष २१ की रुपा डांगी आफ्नै घर देखी अ.५०/६० मिटर दक्षिण तर्फ सिमा भन्ने स्थानमा दुबैले (दाया/बाया) हात समातेर गईरहेको अवस्थामा निज गोकर्ण डांगीले दाहिने हातले उफ्रीएर आफु भन्दा माथी रहेको लत्रिएको बिजुलिको नाङ्गो तार छुदा करेन्ट लागि दुबै जना घाईते भएका, घाईते दुबै जनाको अवस्था मध्यम रहेको बोल्न सक्ने उपचारका लागि क.प्र.०२-००१ झ ०१७० नम्बरको एम्बुलेन्समा जिल्ला अस्पताल दुनै डोल्पामा उपचार भईरहेको ।  

मिनि ट्रक र मोटरसाईकल एकआपसमा ठक्कर खाँदा २ जना घाईते ।
२०७९-१०-०२

मिति २०७९।१०।०२ गते १६:०० बजेको समयमा जिल्ला दैलेख दुल्लु नगरपालिका २ कुवाखोला स्थित कर्णाली राजमार्गमा कालिकोटबाट सुर्खेत तर्फ जादै गरेको भे.६प.५४८८ नम्बरको मोटरसाईकललाई सोही दिशा बाट आउदै गरेको क.प्र.०२००१ ख.०२४४ नम्बरको मिनि ट्रकले ठक्कर दिदा मोटरसाईकल चालक जिल्ला कालिकोट पंचलाझरना गाउँपालिका वडा नं. ८ बस्ने बर्ष अ.३० को कुशल शाहीको देब्रे खुट्टामा चोट र ऐ.ऐ.बस्ने मोटरसाईकल पछाडी सवार बर्ष अ.३५ को अम्मर शाहीको देब्रे खुट्टामा चोट लागि घाईते भई दुबै घाईतेलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको मिनि ट्रक, चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा ।

अटो रिक्सा र मोटरसाईकल एकआपसमा ठक्कर खाँदा १ जना घाईते ।
२०७९-१०-०२

मिति २०७९।१०।०२ गते अं २०:३० बजेको समयमा जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. ९ पातिहाल्ने नजिक भित्री सडक खण्डमा गुर्भाकोट नगरपालिका वडा नं. ९ बोटेचौर बाट गुर्भाकोट नगरपालिका वडा नं. ५ पोख्रे तर्फ जाँदै गरेको क.प्र.०२ ०० १ प ५४३९ नं. को मोटरसाईकल र बिपरीत दिशा बाट आउदै गरेको क.प्र.२००१ ह ०३३६ नं. को अटो एक आपसमा ठक्कर खाँदा अटोमा सवार जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. ५ बस्ने बर्ष ६३ की डम्मर कुमारी वलीको वाँया खुट्टामा चोट मेहेलकुना अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचार भईरहेको, उक्त स्थानमा प्रहरी टोलि खटि गएको मोटरसाईकल प्रहरीको नियन्त्रणमा अटो घटनास्थलमा नै रहेको ।

जीप दुर्घटना हुँदा १ जना घटनास्थलमा नै मृत्यु १५ जना घाईते ।
२०७९-१०-०२

मिति २०७९।१०।०२ गते १६:०० बजेको जिल्ला जुम्ला पातारासी गाउपालिका वडा नं. ६ कोट भिर भन्ने स्थानमा सदरमुकाम देखि ऐ.४ लाछी बजार तर्फ जादै गरेको ग १ ज ४०३५ नं. जिप ब्याक गर्ने क्रममा सडक बाट अं. ५० मिटर तल तिला नदीको किनारमा खस्न गई  दुर्घटना हुँदा उक्त जिपमा सवार मानिसहरु घाईते भई उपचारको लागि एम्बुलेसनद्धारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहेको । प्रहरी टोली खटि गएको ऐ. पातारासी गाउपालिका वडा नं. १ खालढिक वस्ने वर्ष अं. ४२ कि छोदेन लामाको घटनास्थमा नै मृत्यु भएको । घट्ना स्थलको कार्य पुरागरी लास पोष्टमार्टमको लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याई राखिएको । उक्त जिपमा सवार घाईतेको नामावली विवरण :- 1=   जिल्ला जुम्ला पातारासी गाउपालिका वडा नं. १ बस्ने बर्ष ७७ को कार्मा लामा टाउँकोमा चोट सिरियस । 2=   ऐ.ऐ.बस्ने बर्ष १८ सोनाम लामा सामान्य ।3=   ऐ.ऐ.बस्ने बर्ष ८ कि पेमाटोमा लामा टाउँकोमा चोट अवस्था सिरियस । 4=  ऐ.ऐ.बस्ने बर्ष बर्ष २३ को मिनासाङ्वो लामा सामान्य। 5=   ऐ.ऐ.बस्ने बर्ष २४ को पाल्जोक लामा सामान्य । 6=   ऐ.ऐ.बस्ने बर्ष २८ को छिरिङ प्रतिक लामा सरिर कोतरियको सामान्य । 7=   ऐ.ऐ.बस्ने बर्ष १८ को कुसाङ छिरिङ लामा सामान्य ।8=  ऐ.ऐ.बस्ने बर्ष २८ को घिसिङ आङरास लामा सामान्य । 9=   ऐ.ऐ.बस्ने बर्ष २७ कि छिरिङ पुटिङ लामा सामान्य । 10= ऐ.ऐ.बस्ने नर्ष ४३ को टोजिङ लामा सामान्य । 11=  ऐ.ऐ.बस्ने बर्ष २८ को उर्गेन लामा सामान्य ।12=  ऐ.ऐ.बस्ने बर्ष १९ पेमा कासाङ तामाङ सामान्य । 13=  ऐ.ऐ.बस्ने बर्ष १३ को उर्गेन लामा सामान्य । 14= ऐ.ऐ.बस्ने बर्ष १२ को रिजन लामा सामान्य । 15=  ऐ.ऐ.बस्ने बर्ष ६३ कि मेनजाम लामा सामान्य । 16=  ऐ.तिला गाउपालिका वडा नं. ४ वस्ने वर्ष २३/२४ को लोकेन्द्र चौलागाई (चालक फरार)

मोटरसाकलबाट खस्न गई १ जना गम्भिर घाईते ।
२०७९-१०-०१

मिति २०७९/०९/३० गते १८:०० बजेको समयमा जिल्ला जुम्ला चन्दनाथ न.पा. ३ राजिकोट स्थित पातारासी बाट सदरमुकाम  तर्फ आउदै गरेको जिल्ला दैलेख नौमुले गाउँपालिका वडा नं. ५ घर भई हाल नेपाली सेनाको २४ न. बाहिनि जुम्लामा कार्यरत प्युठ जंग बहादुर सुनारले चलाएको क १ प १९४५ न. को मोटरसाईकलको पछाडि सवार जिल्ला जुम्ला चन्दनाथ नगरपालिका वडा नं. १ आचार्यबाडा घर भई ऐ. बाहिनिमा कार्यरत प्युठ रामसिंह सार्की मोटरसाईकलमाबाट खस्न जाँदा घाईते भई उपचारको लागी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहेको, मोटरसाईकल र चालक प्रहरीको नियन्त्रणमा रहेको । 

ट्रक र मोटरसाईकल एकआपसमा ठक्कर खाँदा २ जना गम्भिर घाईते ।
२०७९-०९-३०

मिति २०७९।०९।३० गते बिहान अं.०७:४० बजेको समयमा जिल्ला सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं. ६ कल्लेखोला स्थित राप्ति राजमार्गमा दाङ बाट सल्यान थारमारे तर्फ आउदै गरेको जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. ९ बेलुवा बस्ने बर्ष २५ को घनश्याम के.सी.ले चलाएको रा.१ क.१०८९ नं.को ट्रकले बिपरीत दिशाबाट लुहाम तर्फ गादै गरेको रा.२ प.५१२४ नं.को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकल चालक जिल्ला सल्यान त्रिवेणी गाउँपालिका वडा नं. ३ लोटाउने बस्ने बर्ष २३ को सन्तोष बुढाथोकी (सिरीयस) मोटरसाईकल पछाडि सवार ऐ.ऐ. बस्ने बर्ष १९ को राम बहादुर बुढाथोकी (सिरीयस)  दुबै जना घाईतेलाई उपचारको लागी नेपालगंज नर्सिङहोम बाँकेमा उपचार भईरहेको । ट्रक र ट्रक चालक,मोटरसाईकल प्रहरीको  नियन्त्रणमा ।

करेन्ट लागि घाईते ।
२०७९-०९-२९

मिति २०७९।०९।०२९ गते २१;४५ बजेको समयमा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ९ सानोजात्री स्थित ऐ. बस्ने बर्ष २६ को धन बहादुर बोहरा जहरे बाट आफ्नै घर तर्फ जाँदै गर्दा ऐ. स्थित बिजुलीको पोलमा रहेको ट्रान्समिटरको तारबाट करेन्ट लागि सोही नजिकै घाईते अबस्थामा रहेको भन्ने स्थानियले देखी खबर गरे पश्चात तत्काल प्रहरी टोली खटि गई घाईतेलाई उपचारको लागि मेहेलकुना अस्पताल सुर्खेत पठाईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि ऐ. २३:४५ बजे कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत तर्फ पठाईएको छाति तथा शरीरको बिभिन्न भागमा चोट लागेको, अबस्था मध्यम ।

ट्याक्टर दुर्घटना हुँदा १ जना गम्भिर घाईते ।
२०७९-०९-२८

मिति २०७९।०९।२८ गते अ.१८:२० बजेको समयमा जिल्ला जाजरकोट नलगाड नगरपालिका वडा नं. १ चिउरी स्थित चालक ऐ.ऐ बस्ने बर्ष २२ को रेशम वि.क.ले चलाई ल्याएको भे.१.त ९२४९ न.ट्याक्टर पार्किङ गर्ने क्रममा सडक बाट २ मिटर तल पल्टिन जादा ट्याक्टरमा सवार ऐ.बस्ने साहु सुरेश बि.क.को छोरा बर्ष १९ को नबराज बि.क.लाई ट्याक्टरको अगाडिको भागले कम्मर मुनि च्यापिदा घाईते भई उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र दल्लीमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा रिफर गरिएको,  ट्याक्टर चालक फरार, ट्याक्टर घटना स्थलमा रहेको फरार चालकको प्रहरीद्धारा खोजी कार्य भईरहेको ।  

स्कुटिले ठक्कर दिंदा पैदल यात्री घाईते ।
२०७९-०९-२८

मिति २०७९।०९।२८ गते अं. १९:०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ गोकुल कटेज नजिक एरिचोकबाट बाङ्गेसिमल तर्फ जाँदै गरेको क.प्र.०२-००२ प ४०१९ नं. को स्कुटिले पैदल यात्री जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ मसुरिखेत बस्ने बर्ष २७ की गिता शाहीलाई ठक्कर दिँदा दाहिने खुट्टाको हड्डी भाँचिएको, टाउको, शरिरको बिभिन्न भागमा चोट अबस्था हल्का बोल्न सक्ने र स्कुटी चालक जिल्ला सुर्खेत वीरेन्द्ननगर नगरपालिका वडा नं. १ बस्ने बर्ष १८ को सुजल गुरुङ्को वाँया खुट्टा, कुम र शरिरको बिभिन्न भागमा चोट अबस्था सामान्य दुबै जनाको उपचार कर्णाली केयर अस्पताल सुर्खेतमा उपचार भईरहेको, प्रहरी टोलि खटिगई, स्कुटी ट्राफिकको नियन्त्रणमा । 

भरुवा बन्दुकको गोली लागि घाईते ।
२०७९-०९-२७

मिति २०७९।०९।२७ गते अं. १७:०० बजेको समयमा जिल्ला सुर्खेत पंचपुरी नगरपालिका वडा नं. १ तलिकाँडा बस्ने हरी थापाको छोरा बर्ष २३ को घनश्याम थापा लगाएत अन्य ३ जना केटहरु  ऐ.ऐ. स्थित रहेको डम्म जंगलबाट घर फर्कने क्रममा जंगली जनावर मार्न थापेको भरुवा बन्दुकको पासो पड्किन गई निज घनश्याम थापाको दाँया खुट्टाको घुँडामुनि गोलि लागि घाईते भई  उपचारको लागि आज बिहान ०७:३० बजे प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा ल्याई उपचार भईरहेको भनि ऐ.२८ गते  ०७:५० बजेको समयमा   खबर प्राप्त हुना साथ प्रहरी चौकी सालकोट बाट प्रहरी टोलि खटिगएको घाईतेको साथमा अन्य ३ जना पनि रहेको अन्य ३ जनालाई केही नभएको थप अनुसन्धानको लागि  ६ जनाको प्रहरी टोलि खटि गएको ।

स्कार्पियो अनियन्त्रित भई पल्टिन जाँदा ३ जना घाईते।
२०७९-०९-२६

मिति २०७९।०९।२६ गते अं. १८:२५ बजेको समयमा जिल्ला सल्यान बागचौर नगरपालिका वडा नं.  २ बागचौर बाट थारमारे तर्फ आउदै गरेको लु. ३ च. ७८४ नं. को स्कारपियो जिप बागचौर बसपार्क नजिकै सडकमा अनियन्त्रित भई पल्टिन जाँदा उक्त जिपमा सवार ३ जना  घाईते भई स्थानिय जनप्रिय पोलिक्लिनिक थारमारे सल्यानमा उपचार भईरहेको । 1=  जिल्ला सल्यान बागचौर न.पा. ४ सिमखोली बस्ने बर्ष २५ को दिपेन्द्र बस्नेत , भित्री चोट अबस्था मध्यम । 2=  ऐ.३ ठाडाचौर बस्ने बर्ष २३ को प्रेम बि.सी. भित्री चोट अबस्था सामान्य । 3=  ऐ.९ कुईया पानी बस्ने बर्ष २४ को प्रभाकर ओली , अबस्था सामान्य । 

बलेरो जीप एकआपसमा ठोकिन गई दुर्घटना।
२०७९-०९-२६

मिति २०७९।०९।२५गते १६:३० बजेको समयमा जिल्ला दैलेख दुल्लु नगरपालिका ३ स्याला स्थित कर्णाली राजमार्गमा सुर्खैत बाट चामुण्डा बिन्द्रासैनी तर्फ आउदै गरेको चालक एकेन्द्र शर्माले चलाएको क.प्र.००१ च.०४६४ नम्बरको जिप र बिपरित दिशा बाट आउदै गरेको चालक बृज नारायण चौधरीले चलाएको ६१-०-१४८ नम्बरको जिप मोडमा अनियन्त्रित भई एक आपसमा ठोकिदा बलेरो जिपको दाहिने पट्टिको हेड लाईट फुटको,टायर पंन्चर भएको र ६१-‍०-१४८ नम्बर जिपको अगाडीको सोको भागमा क्षति भएको,मानबिय क्षति नभएको, बाटो अवरोध नभएको उक्त स्थानमा ट्राफिक प्रहरी सहितको टोलि खटिगएको । 

अवैध काठ बरामद ।
२०७९-०९-२५

मिति २०७९।०९।२४ गते अ.००:३० बजेको समयमा जिल्ला दैलेख भगवतिमाई गाउँपालिका वडा नं.१ बबितडा स्थित बेस्तडा सडक खण्डमा चालक कृष्ण सिजाली मगरले चलाएको भे.१ त.८६००नम्बरको ट्याक्टरलाई गस्तीमा रहेको प्रहरी  टोलिले चेक जाँच गर्दा  साल जातको काठ फेला पारी उक्त ‍ट्याक्टर र  चालक सहित ५ जना मानिसलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय दैलेख ल्याई आवश्यक अनुसन्धान भईरहेको  निम्न परिमाणको साल जातको  काठहरु अ.६ फिट लम्बाई गोलिया थान १, अ.४ फिट लम्बाई भएको गोलिया थान १, अ.७ फिट लम्बाई भएको गोलिया थान १, अ.५ फिट लम्बाई भएको गोलिया थान २ जम्मा गोलिया साल जातको  थान ५ र चिरान कडी अ.७ फिट लम्बाई भएको थान ९ र अ.६ फिट लम्बाई भएको थान ४ गरी जम्मा १३ थान चिरान कडी ।  

आगजनी गरी मृत्यु ।
२०७९-०९-२३

मिति २०७९।०९।२३ गते अ.१९:३० बजेको समयमा जिल्ला दैलेख भैरबी गाउँपालिका वडा नं.४ रिङगाटे बस्ने नरेश बि.क.ले आफ्नै २ तले ३ कोठे कच्चि घरमा आगो लगाएको छ भनि स्थानियले टेलिफोन मार्फत जानकारी गराए पश्चात प्रहरी टोलि खटि गई प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिएको र ऐ.२४ गते अ. ०९:०० बजेको समयमा उक्त जलेको घरमा अन्य केही क्षति भएको छ कि भनि हेर्दै जादाँ घरको छानोले पुरि जलेर मृत रहेको अवस्थामा निज आगो लगाउने ब्यक्ति बर्ष अ. ४० को नरेश बि.क. फेला परेको, थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय  दुल्लु बाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटि गएको ।

मोटरसाईकलले पैदल यात्रीलाइ ठक्कर दिंदा घाईते ।
२०७९-०९-१५

मिति २०७९।०९।१५ गते अं. १७:२५ बजेको समयमा जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ६ मंगलगढी चोक नजिकै ऐरी चोक बाट मंगलगढी चोक तर्फ आउदै गरेको क.प्र.०२-००२ प १०३६ नं. को मोटरसाईकलले पैदल यात्री जिल्ला सुर्खेत वीरेन्द्नगर नगरपालिका वडा नं. १ बस्ने बर्ष २१ को दिपेन्द्र मगरलाई ठक्कर दिदा ओठ,दाँत,वाँया खुट्टामा चोट लागि घाईते भई कर्णाली केयर अस्पताल सुर्खेतमा उपचार भई रहेको बोल्न सक्ने मोटरसाईकल र मोटरसाईकल चालक भारतको मोतियारी जिल्ला नगरदेही पंचायत ६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ सनिहल लाईन स्थित नमस्ते स्टिल एण्ड आल्मुनियम को मिस्त्री काम गरी बस्ने बर्ष १९ को निकेश खान र मोटरसाईकल  ट्राफिकको नियन्त्रणमा कागजपत्र साथमा नभएको । 

मिक्चर मेसिन ब्याग गर्ने क्रममा सडक बाट अ.३०मिटर तल खसि चालक घाईते ।
२०७९-०९-१५

मिति २०७९।०९।१५ गते अ.१५:३० बजेको समयमा जिल्ला दैलेख नारायण नगरपालिका ६ काडाचौर स्थित मध्यपहाडी लोकमार्ग सडक निर्माणको काममा प्रयोग भईरहेको SML 4000 लेखेको मिक्चर मेसिन ब्याग गर्ने क्रममा सडक बाट अ.३०मिटर तल खसि चालक भारत बिहार मोतिहारी जिल्ला बस्ने बर्ष अ.२० को टनबिर आलमको दाहिने खुट्टा फ्याक्चर भई जिल्ला अस्पताल दैलेख उपचार भईरहेको अवस्था मध्यम,मिक्चर मेसिन घटना स्थलमा नै रहेको र नजिकै रहेको बले कामीको ट्वालेटमा मिक्चर मेसिन ठोकिन गई ट्वालेट आशंक्षिक क्षति भएको प्रहरी टोलि खटिईएको ऐ १७:०० बजे थप उपचारको लागी प्रदेश अस्पताल सुर्खेतको लागि रिफर भएको ।

चोरी ।
२०७९-०९-१४

मिति २०७९।०९।१४ गते रातिको समयमा जिल्ला दैलेख चामुन्डा बिन्द्रसैनि नगरपालिका वडा नं. ४ बुढेली स्थित रहेको जनकल्याण आधारभुत बिद्यालयको अपिस कोठाको ताला फोडि चोरि भएको भनि आज मिति २०७९।०९।१५ गते बिहान ०९;०० बजे खबर प्राप्त हुना साथ यस चौकि बाट प्रहरी टोलि खटि गई बुझ्दा बिद्यालयबाट निम्नानुसारको सामानहरु चोरि भएको र चोरि गर्ने हरु फरार रहेको खोजी कार्य भईरहेको  १. Dell कम्पनीको कम्प्युटर :- ४ थान (डेस्टप,CPU किबोर्ड माउस ) २.EPSON कम्पनिको प्रोजेक्टर:- थान १ ३. EPSON कम्पनिको प्रिन्टर:-थान ३ ४.DELL कम्पनिको डेस्टप I3:- थान १ ५. DELL कम्पनिको ल्याप्टप:-थान १ ६.LCD प्रोजेक्टर :- थान १ ७.साउण्ड बक्स :- थान १जम्मा ३ लाख ७७हजार १७१ रुपैया बराबरको जिन्सी सामान चोरि भएको ।थप बिबरण:- माथि उल्लेखित घटनामा संलग्न भनिने जिल्ला दैलेख चा.बि.न.पा.४ बस्ने बर्ष अ.२३ को भुवन भन्ने सौगात शाहीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखमा राखिएको र निजको घर बाट ३ बटा मनिटर,३ वटा CPU,३ वटा VGA केवल , १ वटा चार्जर ,५ वटा पावर केवल र २ वटा किबोर्ड बरामद गरि थप अनुसन्धान कार्य भईरहेको ।

सवारी चालक अनुमती पत्रको नक्कली प्रबेश पत्र बनाएको अभियोगमा सशस्त्रका जवान पक्राउ ।
२०७९-०५-०६

मिति २०७९।०५।०६ गते १४:०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका -०७ स्थित यातायात व्यवस्था कार्यालय सुर्खेतमा जिल्ला दैलेख गुराँस गाउपालिका -०४ घर भई हाल सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत बर्ष ३० को सशस्त्र प्रहरी जवान भक्त बहादुर शाहीले मिति २०७९।०४।११ गते दिएको मोटरसाईकलको सवारी चालक अनुमती पत्र को परिक्षाको ( लिखित र मौखिक ) प्रवेश पत्रमा यातायात ब्यवस्था कार्याल सुर्खेतका २ जना कर्मचारीहरुको कृते सही छाप र कार्यालयको कृते छाप लगाई उतिर्ण ( पास ) भएको बनाई सवारी चालक अनुमती पत्र लिन आएको अबस्थामा यातायात ब्यबस्था कार्यालयका कर्मचारीलाई शंका लागि जिल्ला प्रहरी कार्यालयमा खबर गरे पश्चात प्रहरी टोली खटिगई निज भक्त बहादुर शाहीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

लागूऔषध ब्राउनसुगर सहित मानिस पक्राउ ।
२०७९-०५-०६

मिति २०७९।०५।०६ गते १२:०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ पिपिरा स्थित देउती बज्यै मन्दिर नजिक तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय प्रदेश ब्युरो, लागूऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएका सादा पोसाकका संयुक्त प्रहरी टोलीले ऐ. बस्ने बर्ष १९ को प्रतिक के.सी. आफ्नै घरमा बसिरहेको अबस्थामा शंका लागि चेक जाँच गर्दा निज सुत्ने कोठामा रहेको बाकसमा प्लाष्टिक भित्र लुकाई छिपाई राखेको नाप तौल नगरेको १ पुडिया लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी बरामद गरी मानिस सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

फरार प्रतिबादी पक्राउ ।
२०७९-०५-०६

 मिति २०७९।०५।०४ गते फरार रहेका जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका १३ भल्म बस्ने बर्ष २४ को अनन्त खत्रीलाई खोजतलास गर्ने क्रममा आज मिति २०७९।०५।०६ गते अ. १४:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय  जाजरकोट बाट खटिगएका प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय आठबिसकोट रुकुम (पश्चिम) संग समन्वय गरी जिल्ला रुकुम (पश्चिम) आटबिसकोट नगरपालिका १३ भल्ममा आफन्त गोविन्द चन्दको घरमा लुकीछिपि रहेको अवस्थामा फेला पारी रितपुर्वक पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याई थप अनुसन्धान भईरहेको र जिल्ला रुकुम (पश्चिम) आठबिसकोट नगरपालिका १३ भल्म बस्ने बर्ष २४ को रमेश मल्ल को खोजी कार्य भईरहेको 

जंगली च्याउ खाँदा गम्भिर घाईते भएको ।
२०७९-०४-२१

मिति २०७९।०४।२० गते अं.१८:०० बजेको समयमा जिल्ला सल्यान शारदा नगरपालिका -०४ साईलाकम्द बस्ने दिर्घ बस्नेतको परिवारले जंगलबाट ल्याएको च्याउ खाँदा एकै घरका ४ जना विरामी भई उपचारको लगि  मिती २०७९।०४।२१ गते अ.०६:०० बजेको समयमा जिल्ला अस्पताल सल्यानमा ल्याई उपचार भईरहेको श्रीमती वर्ष ४० की मिना बस्नेत, निजकी छोरी पबित्रा बस्नेत, ऐ.ऐ.बस्ने केशर बस्नेतको छोरा वर्ष ९ को जोन बस्नेत अवस्था सामान्य रहेको  र केशर बस्नेतकै छोरी वर्ष अ. ४ की जोशना बस्नेत अवस्था गम्भिर रहेको ।मिति २०७९।०४।२० गते अं. १७:०० बजेको समयमा जिल्ला सल्यान बनगार कुपिण्डे नगरपालिका -०९ जैतपानी बस्ने भुप बहादुर वलीको परिवारले जंगलबाट ल्याएको च्याउ खाँदा एकै घरका ५ जना विरामी भई उपचारको लागि ऐ. २१:१५ बजेको समयमा जिल्ला अस्पताल सल्यान ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि ऐ. २१: ३० बजेको समयमा प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको अवस्था सुधार भईरहेको ।  

कुटपिट गरी घाईते ।
२०७९-०४-२१

मिति २०७९।०४।२०गते अं.१९:४५ बजेको समयमा जिल्ला दैलेख दुल्लु नगरपालिका -०७ पटाङगिनि स्थित स्थानिय हरुले लाखे नाच नाच्दै दुल्लु बजार तर्फ जाने क्रममा ऐ बस्ने बर्ष २० को रोसन भण्डारी, सागर भण्डारी बर्ष र धुर्ब सार्की लगायतका ब्यक्ती हरुले बिद्युत प्राधिकणका कर्मचारीहरु संग मोटरसाईकल रोकी पैसा माग्दा रु २० रुपैया दिएकोमा रु १०० रुपैया दिनु पर्छ भनि लाखे नाच समुहका ब्यक्ती हरुले बिद्युतका कर्मचारीलाई  कुटपिट गरी घाईते बनाएको घाईतेहरुको स्थानीय मेडीकलमा उपचार भईरहेको । कुटपिटमा संलग्न व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको । 

मृतलाश फेला ।
२०७९-०४-२१

मिति २०७९।०४।२० गते अं.१६:०० बजेको समयमा जिल्ला रुकुम पुर्ब सिस्ने गाउपालिका -०३ बस्ने बर्ष ५५ को जोखे कामी पानी घट्टको चक्की बेच्नको लागि जिल्ला रुकुम पश्चिम बाफिकोट तर्फ आई उक्त चक्की बेची घर तर्फ जाने क्रममा बाफिकोट गाउपालिका वडा नं.१ खेतखोला भन्ने स्थानमा पुर्बि रुकुम जाने कच्ची सडकको कुनामा मृत अवस्थामा रहेको भनि बाफिकोट गाउपालिका वडा नं.१ का वडा अध्यक्ष धन बहादुर खड्काले देखि टेलिफोन मार्फत यस चौकीमा जानकारी गराए पश्चात प्रहरी टोली घट्नास्थल सुरक्षार्थ खटी गएको । साथै जिल्ला प्रहरी कार्याय रुकुम पश्चिमबाट थप अनुसन्धानको लागि प्रहरी निरीक्षक राजिव श्रेष्ठको कमाण्डमा ७ जनाको प्रहरी टोली खटी गएको ।