प्रहरी कार्यालय
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ कुमाई चोक नजिक शंकास्पद रूपमा बसिरहेका ऐ. वीरेन्द्रनगर नगरपालिका-४ बस्ने वर्ष अन्दाजी ३० को सागर गुरूङ र वर्ष अन्दाजी ३७ को रविन्द्र सिंह थापा लाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत लागूऔषध ब्युरो बाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्दा निजहरूको साथबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल गर्दा शुद्ध १ ग्राम १० मिलिग्राम बरामद गरि निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
रूकुम पश्चिम, सम्मानित रुकुम पश्चिम जिल्ला अदालत बाट मिति २०७०।११।१२ गते फैसला भई जरिवान तोकिएका लगत असुल गर्नु पर्ने कुटपिट, लुटपाट मुद्वाको लगत नं. ५६४/३५७ को फरार प्रतिवादी जिल्ला रुकुम आठबिसकोट नगरपालिका-६ होली बस्ने बर्ष ६८ को रङ्गे खत्री लाई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरी टोलिले जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-१ खलङ्गा बजार बाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याई निज लाई लगत कट्टाको लागी सम्मानित रुकुम जिल्ला अदालत रुकुम पश्चिममा उपस्थित गराईएको ।
मुगु, जिल्ला मुगु सोरु गाउँपालिका-९ खनया बस्ने तिर्थ बहादुर शाहीको छोरा बर्ष अ.१७ को युवराज शाही खेतमा पानी लगाउनको लागी कुलो खन्ने क्रममा माथीबाट पशु चौपायाले ढुङ्गा खसाई ढुङ्गा छातिमा लागि घाईते भई उपचारको लागी जिल्ला अस्पताल मुगुमा मिति २०८०।०२।२९ गते १८:०० बजेको समयमा ल्याईएको र उपचारको क्रममा आज मिति २०८०।०२।३० गते ०५:५० बजेको समयमा जिल्ला अस्पताल मुगु मा मृत्यु भएको ।
रूकुम पश्चिम, जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-३ खदी बस्ने वन मुद्वाको लगत न. ११८८ मा रु. १,००,०००/- ( रु. एक लाख ) जरिवाना तोकिएको फरार प्रतिवादी बर्ष ४९ को सेते ऐरी जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा सम्पर्क राख्न आएकोमा निज लाई सम्मानित रुकुम पश्चिम जिल्ला अदालत उपस्थित गराईएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ स्थित यरिचोक नजिक बाट जिल्ला प्रहरी कार्यालयव सुर्खेतबाट खटिएको प्रहरी टोलीले सम्मानित सुर्खेत जिल्ला अदालतको लगत न.३५१८ र ७ महिना २ दिन कैद सजाय, १२,००/- ( बाह्र हजार ) जरिवाना तोकिएको लागूऔषध मुद्दाको फरार प्रतिवादि जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ बस्ने बर्ष अ. २७ को छविलाल गिरीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई स्थित चेक पोष्टमा खटिएको ५ जनाको प्रहरी टोलीले नेपालगंज देखि जाजरकोट तर्फ आउदै गरेको भे १ ख ७०२ न. को फोर्स गाडिलाई चेकजाँच गर्दा कुनै पनि बिल नभएको ३ वटा बोरामा टिशर्ट, पाईन्ट लगायत कपडाहरु बरामद गरी अस्थायी प्रहरी पोष्ट बबईको नियन्त्रणमा राखिएको, गाडिलाई गन्तव्य तर्फ पठाईएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलीखोला पुल स्थित खटिएको ५ जनाको प्रहरी टोलीले नेपालगंज देखि जाजरकोट तर्फ आउदै गरेको भे १ ज ९१२ न. को जिपलाई चेकजाँच गर्ने क्रममा अबैध रुपमा ल्याएको (बिल नभएको ) सुर्ती ३ बोरा बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको गाडिलाई गण्तव्य तर्फ पठाईएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ मंगलगढी चोक नजिक रहेको हार्दिक होटलमा शंकास्पद रुपमा बसिरहेका २ जना व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटीएको प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट नापतौल नगरेको कालो प्लाष्टिक भित्र डल्लो पारी राखेको लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ , नेपाली रुपैया ३,०००।–(तिन हजार), भारतिय रुपैया २,६००।–(दुई हजार छ सय) , सादा मोबाईल थान -१ र टच मोबाईल थान-१ सहित बरामद गरी बरामद सामान सहित २ जना मानिस नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लिई राखिएको । निम्न नियन्त्रणमा लिएका मानिसहरु:-१. जिल्ला कालिकोट सान्नीत्रिवेणी गाउँपालिका-३ बस्ने अन्दाजी बर्ष ३०को अर्जुन देवकोटा । ( निजको साथबाट ला. औ. फेला परेको ) २. जिल्ला बाँके नेपालगंज उप-महानगर पालिका-११ बस्ने अन्दाजी बर्ष २४ को खिरोज खान । उक्त लागूऔषध नापतौल गर्दा शुद्ध तौल ८ ग्राम रहेको । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट थप मद्दतमा खटिएको ६ जनाको प्रहरी टोलिले वीरेन्द्रनगर नगरपालिका-३ माया कर्णाली होटलको कोठा न. १०२ बाट जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका १८ बस्ने बर्ष अ. २३ की सारदा सिंह लाई नापतौल गर्दा शुद्ध तौल ११ ग्राम ८२० मिलिग्राम, सादा मोबाईल थान १ सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलीखोला पुल स्थित ईलाका प्रहरी कार्यालय छिन्चु बाट खटिएको ६ जनाको प्रहरी टोलीले नेपालगंज देखि सुर्खेत तर्फ आउदै गरेको बा ३ ख ७६४८ न. को फोर्स गाडिलाई चेकजाँच गर्ने क्रममा अबैध रुपमा ल्याएको ( कुनै पनी बिल नभएको) चिनि अ. १ क्विन्टल २५ के.जि. बरामद गरी नियन्त्रणमा लिईएको, उक्त गाडि गन्तब्य तर्फ छाडिएको, उक्त बरामद गरीएको सामान प्रहरीको जिम्मा लगाई भन्सार कार्यालय नेपालगंज पठाइएको ।
कालिकोट, जिल्ला कालिकोट शुभकालिका गाउँपालिका-६ चिसापानी स्थित बेहुली पानतडी सडक खण्डमा ऐ.८चौकी बजारबाट हाउडीतर्फ आउदै गरेको लु१ च ८४९८ नं.को डबल क्याप जिप सडकदेखी अं.१५० मिटर तल खसेको भनि ऐ.वडाका वडा अध्यक्ष दिप बहादुर शाहीले प्रहरी चौकी हाउडी कालिकोटमा जानकारी गराउनासाथ उक्त चौकीबाट ४ जनाको प्रहरी टोली खटिई गएको ।मृत्यु हुने निम्न व्यक्तिहरू :१.जिप चालक ऐ.२ भर्ता बस्ने बर्ष अंन्दाजी ३० को हर्के कामी ।२.जिल्ला कालिकोट शुभकालिका गाउँपालिका-८ बस्ने बर्ष ३१ को राम बहादुर शाही (साहु) ।३. जिल्ला दैलेख नौमुले घर भई हाल भे.१.क ६५५ न.को स्काईभेटर अप्रेटर बर्ष अन्दाजी २५ को गोपाल सलामी मगर ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई स्थित अस्थायी प्रहरी पोष्ट बबई सुर्खेत बाट खटिएको ४ जनाको प्रहरी टोलीले नेपालगंज बाट खाद्यान्न बोकी रुकुम चौरजहारी तर्फ जादै गरेको भे १ ख ३४३६ न. को ट्रक चेकजाँच गर्ने क्रममा अबैध ( कुनै पनी बिल नभएको) २ बोरा ईन्डियन सुपर पावर नाम गरेको सुर्ति बरामद गरी उक्त पोष्टको नियन्त्रणमा राखिएको गाडि गन्तब्य तर्फ पठाईएको ।
जुम्ला, जिल्ला जुम्ला सिजा गाउँपालिका-४ बस्ने भष्ट्राचार नक्कली प्रमाण पत्र मुद्दाको सम्मानित जुम्ला जिल्ला अदालतको मिति २०७६।१०।२४ गतेको फैसलाले ६ महिना कैद सजाए तोकिएको फरार प्रतिवादी बिर ब.बुढा र ऐ. हिमा गाउँपालिका-५ बस्ने वन्य जन्तु मुद्दाको सम्मानित जुम्ला जिल्ला अदालतको मिति २०७४।०२।२४ गतेको फैसलाले ५ महिना ५ दिन कैद सजाए तोकिएको नेत्र बं. शाही लाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलिले निजको घरबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखीएको ।
सल्यान, जिल्ला दाङ तुल्सीपुर उपमहानगरपालिका-१३ बखरिया बस्ने भिम बहादुर बुढाथोकीको छोरी बर्ष १६ की कमला बुढाथोकी जिल्ला सल्यान बागचौर नगरपालिका-५ फुरफुरे स्थित आफ्नै दाजु भाउजु भेट्न भनि घरमा आएको अवस्थामा घरको माथिल्लो तलाको बार्दलीमा उभिएर फोन गर्ने क्रममा लडी तल खस्न गई सिरियस घाईते भई स्थानिय बागचौर मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागी आज २०८०/०२/२५ गते अं.०४:२० बजे राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर दाङमा लगिएको र उपचारको क्रममा ऐ.०४:५० बजे मृत्यु भएको,लाश उक्त अस्पतालको शव गृहमा राखिएको ।
कालिकोट, जिल्ला कालिकोट रास्कोट नगरपालिका-२ सेरा बजार स्थित सेरा बजारबाट मान्मतर्फ आउनको लागि तयार रहेको, ग ३ च ४६१० नं.को डबलक्याप जिप एक्कासी ब्याक हुन गई दुर्घटना भएको भनि ऐ.बस्ने बर्ष ३२ को कृष्ण प्रशाद बरालले प्रहरी चौकि मुम्रामा जानकारी गराए पश्चात प्रहरी चौकि मुम्राबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जनाको टोलि खटिगई घटना स्थलमा पुगि बुझ्दा सडकबाट अं.३०० मिटर तल खस्न जाँदा उक्त जिपमा बसि रहेका ऐ.१ बस्ने बर्ष ४३ को मन बाहदुर शाही र ऐ.बस्ने बर्ष ३६ की मन कुमारी शाहीको घटनास्थलमा मृत्यु भएको, ऐ.१ बस्ने बर्ष ३० की रिता शाही सिरियस घाईते भई गौत अस्पताल रास्कोटमा पठाईएको, उक्त गाडी भित्र ३ जना सवार रहेको भन्ने बुझिएको, ईलाका प्रहरी कार्यालय रास्कोटबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालय कालिकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा (SOCO सहित) ९ जनाको खटिएको, चालक प्रहरी नियन्त्रणमा रहेको ।
दैलेख, जिल्ला दैलेख डुङ्गेश्वर गाउँपालिका-४ अवलपराजुल भन्ने स्थानमा प्रहरी चौकी डुङ्गेश्वर बाट प्रहरी टोलीले गस्ति गर्ने क्रममा चालक गुराश गाउँपालिका-४ बस्ने विकास न्यौपानेले चलाएको सु.प.प्र.०१-००२ त ५९५९ नम्बरको ट्याकटर लाई शंका लागि चेकजाँच गर्दा अवैध रुपमा लुकाई छिपाई ल्याउदै गरेको सालजातका थान २४ चिरान कडी फेला पारी नियन्त्रणममा लिई ऐ. ०२:३०बजे प्रहरी चौकी डुङ्गेश्वरमा राखिएको र आवश्यक कारवाहीको लागि ट्याकटर चालक,ट्याकटर,सहचालक डुङेश्वर गाउँपालिका-४ बस्ने शिव बुढा लाई ऐ. १४:३० बजे सव डिभिजन वन कार्यालय माथिल्लो डुङेश्वरको जिम्मा लगाईएको ।
जुम्ला, सम्मानित जुम्ला जिल्ला अदालतको मिति २०७७ ।१२।३० गतेको फैसलाले १ बर्ष ८ महिना १ दिन कैद सजाय र रु.२०,०००।- जरिवाना रकम तोकेको फरार प्रतिवादी दुर्ग बहादुर नेपालीलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटि गएको प्रहरी टोलिले ऐ.११:०० बजे निजको घरबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्ला मा ल्याई राखिएको ।
रूकुम पश्चिम, जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-४ ढुङ्गा खानि भन्ने स्थानमा ऐ.४ गोताम बस्ने बर्ष अन्दाजी ५९/६० को हिरे कामी ,ऐ. बस्ने बर्ष ५८ को मनरुप टमटा र ऐ. बस्ने बर्ष ५५ को लटे कामि घर छाउने ढुङगा निकाल्ने क्रममा उक्त ढुङगाखानि बाट ऐ. बस्ने बर्ष अ. ५९/६० को हिरे कामी भिर बाट लडि बेपता भएको भनि स्थानिय ब्यक्ती डिल्ली के.सी. ले १९:४० बजे प्रहरीलाई जानकारी गराए पश्चात उक्त घटनास्थलमा प्रहरी खटिगई स्थानिय र प्रहरीको सहकार्यमा ऐ. ०८:५० बजेको समयमा उक्त बेपत्ता भएको व्यक्तिको लाश अं. ६००/७०० मिटर तल भिरबाट डोरीको सहायताले माथि निकालिएको ।
दैलेख, सम्मानित जिल्ला अदालत सुर्खेतको मिति २०७८।१२।०२ गतेको फैसलाले जिल्ला दैलेख नारायण नगरपालिका-१० बस्ने घरेलु हिंसाका फरार प्रतिवादी प्रेम ब.बोगटी र सोहि मुद्दाका फरार प्रतिवादी जिल्ला दैलेख नारायण नगरपालिका-१० बस्ने दान ब.बोगटि र अमृता बोगटीलाई जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटि गएको प्रहरी टोलिले पक्राउ गरि फैसला कार्यान्वयनका लागी जिल्ला अदालत दैलेख पेश गरिएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ स्थित वीरेन्द्रचोक बस्ने बर्ष ३८ की सिता थापा सम्मानित सुर्खेत जिल्ला अदालतको लगत न. ३५८० को १ बर्ष ६ महिना कैद सजाय तोकिएको लेनदेन मुद्दाको फरार प्रतिवादी लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याई राखेको ।
डोल्पा, जिल्ला डोल्पा ठुलिभेरी नगरपालिका वडा नं. ७ जुफाल स्थित सब डिभिजन बन कार्यालय जुफाल डोल्पा बाट फरिष्टरको टोलि र प्रहरी चौकी जुफाल बाट प्रहरीको संयुक्त टोलिले जिल्ला दाङ गडुवा गाउँपालिका वडा नं. २ बस्ने रमेश चौधरीले रा.१ त. ४५९१ नं. को ट्याकटरमा सल्लाको काठ २० वटा गोलिया ( ५५.८७ क्युफिट ) लोड गरिरहेको अवस्थामा फेला पारी उक्त ट्याकटर ,लोड गर्ने मानिस र काठ जिल्ला बन कार्यालय दुनै डोल्पामा बुझाएको ।
दैलेख, जिल्ला प्रहरी कार्यालय दैलेखको वडा एरिया अन्तर्गत घर ठेगाना भएका बैंकिङ कसुर मुद्धाको फरार प्रतिवादि नर बहादुर पुन मगरलाई पक्राउ गरि ३ जनाको प्रहरी टोलिले जिल्ला प्रहरी कार्यालय दाङ तुलसिपुरमा बुझाउन लगिएको ।
मिती २०८०।०२।२२ गते १३:०० बजेको समयमा गणेश दत्त भट्टको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी नर बहादुर पुन मगर भएको बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत तुलसिपुर दाङबाट पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी नर बहादुर पुनमगरलाई प्रहरी चौकी चुप्राबाट खटिगएको टोलिले निजलाई जिल्ला दैलेख डुङ्गेश्वर-१ चुप्रा स्थित आफ्नै घरबाट नियन्त्रणमा लिई प्रहरी चौकी चुप्रा मा ल्याई राखीएको ।
रुकुम पश्चिम, जिल्ला प्रहरी कार्यालय रुपन्देहीको च.नं.६०८५ मिति २०७९।१०।०४ गतेको पत्र आदेशले बैंकिङ् कसुर मुद्दाको फरार प्रतिबादी जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-४ गोतामकोट छोटे बगर बस्ने बर्ष २८ को हेमन्त बिष्टलाई ईलाका प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटि गएको प्रहरी टोलीले घर नजिकैबाट पक्राउ गरी ईलाका प्रहरी कार्यालय रुकुम पश्चिममा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-८ सुँगरखाली बस्ने शेर ब.कामीको छोरा बर्ष अ.११ को जिवन बि.क.ऐ.९ स्थित भेरी नदिको तलाउमा पौडी खेल्ने क्रममा डुबि स्थानियहरुको सहयोगमा उद्दार गरी उपचारको लागी मेहलकुना अस्पताल मेहलकुना सुर्खेतमा ल्याई ०२:५० बजे डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको ।
दैलेख, जिल्ला दैलेख नारायण नगरपालिका-३ बस्ने बर्ष अं.२५ कि मिना रेग्मी जबरजस्ति करणी मुद्दा शिर्षकमा जिल्ला अदालत दैलेखको फैसला मिति २०७४।०८।१९ मा फैसला भई फरार रहेकाले जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी जिल्ला अदालत दैलेखमा पेश गरी जिल्ला कारागार दैलेखमा पठाईएको । जिल्ला दैलेख महाबु गाउँपालिका-४ बस्ने बर्ष अन्दाजी ३० को दिपक प्रसाद पाण्डे जबरजस्ति करणी मुद्दा शिर्षकमा जिल्ला अदालत दैलेखको फैसला मिति २०७४।०३।१७ गतेमा फैसला भई फरार रहेकोले जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत दैलेखमा पेश गरेको ।
डोल्पा, जिल्ला जाजरकोट बारेकोट गाउँपालिका-८ जुगेना बस्ने ग्वामे भुलको छोरा बर्ष अन्दाजी ३९/४० को जंग ब.भुल मिति २०८०।०१।२२ गते घर देखी यार्सागुम्बा टिप्न भनि जिल्ला डोल्पा डोल्पोबुद्ध गाउँपालिका वडा नं. ३ टाँस्की स्थित रहेको थाङबुचे पाटनमा आएकोमा मिति २०८०।०२।१८ गते एक्कासी श्वास प्रश्वासमा समस्या आई निजलाई उपचारको लागी ऐ. जाजरकोट बारेकोट गाउँपालिका वडा नं. ८ बस्ने निजको साला नाता पर्ने बर्ष २९ को तिल बहादुर नेपालीले मोटरसाईकल मा राखी ऐ. डोल्पोबुद्ध गाउँपालिका १ धोमा ल्याई माउण्टेन स्टार होटलमा राखी स्थानिय स्वास्थ्यकर्मी द्धारा उपचार भैरहेकोमा मिति २०८०।०२।१९ गते बिहान अं. ०४:०० बजेको समयमा मृत्यु भएको भनि निज तिल बहादुर नेपालीले प्रहरीलाई ऐ. ०६:१५ बजे जानकारी गराय पश्चात उक्त स्थानमा ६ जनाको प्रहरी टोली खटि गएको ।
डोल्पा, जिल्ला पर्बत कुस्मा नगरपालिका-१० स्थायी घर भई हाल ठुलिभेरी नगरपालिका- ७ जुफाल बजारमा होटेल ब्यवसायी गरी बस्ने बर्ष ४५ को कृष्ण बहादुर जि.सी. को छोरा वर्ष ५ को किशोर जि.सी. घर देखी ५० मिटर पुर्व तर्फ खेल्ने क्रममा बजारको ढल निकास भई पानि जम्मा भएको खाल्टोमा डुबी मृत्यु भएको भनि निजकै आफन्तले प्रहरीलाई जानकारी गराए पश्चात उक्त स्थानमा ८ जनाको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय डोल्पाबाट SOCO अधिकृत सहितको टोलि खटिएको, घटना स्थल कार्य पुरा गरी लास पोष्टमार्टमको लागी जिल्ला अस्पताल डोल्पाको लास घरमा राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ औद्योगिक क्षेत्रको गेट स्थित पार्किङ बाट निकाल्दै गरेको बा ९ च ९८८१ न. को कार र तिनकुने चोक बाट एयरपोर्ट तर्फ आउदै गरेको क प्र ०२००१ प ५१०५ न. को मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालक सहित निम्न ब्यक्तिहरु घाईते भई देउति नर्सिङ होम सुर्खेतमा उपचार भईरहेको, दुबै सवारी साधन र कार चालक जिल्ला ट्राफिक प्रहरीको नियन्त्रणमा ।निम्न घाईते: १.मोटरसाईकल चालक जिल्ला जाजरकोट जुनिचाँदे गाउँपालिका ५ बस्ने बर्ष अ. ४० को तिर्थ शाहको दुबै हातमा चोट ।२. ऐ. मोटरसाईकल मा सवार ऐ.ऐ. बस्ने निजको छोरा बर्ष २ को अनमोल शाह टाउको,अनुहार र छातिमा चोट बोल्न सक्ने । ३. ऐ.ऐ. मोटरसाईकलमा सवार ऐ.ऐ. बस्ने बर्ष ३३ को सागर श्रेष्ठ छातिमा चोट बोल्न सक्ने ।
सुर्खेत, सम्मानित जिल्ला अदालत सुर्खेतको लगत न.३५३३, रु.१५०००,( पन्ध्र हजार) जरिवाना तोकिएको कुटपिट मुद्धाको फरार प्रतिबादी जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ ऐरिचोक बस्ने बर्ष ३३ को अबिरल भन्ने लक्ष्मी रावत लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको ५ जनाको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
सुर्खेत, सम्मानित जिल्ला अदालत सुर्खेतको लगत नं ३४९७ लागु औषध मुद्दामा २ महिना ५ दिन कैद फैसला तोकिएको फरार प्रतिवादी जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ गाग्रेताल घर भई हाल ऐ. ८ कालिङचोक स्थित डेरी सञ्चालन गरी बस्ने बर्ष अं. ३० को नबिन तिवारीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट सादा पोषाकमा खटिएको ३ जनाको प्रहरी टोलीले डेरी पसल एरियाबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई राखिएको ।
सुर्खेत, सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका-१३ करली खोला स्थित भेरी नदिमा ऐ. बस्ने बर्ष ५२ को रत्न बहादुर चन्द नदिमा नुहाउने क्रममा डुबि बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल ४ जनाको प्रहरी टोलि खटिगई स्थानियको सहयोगमा खोजतलास गर्दै जाँदा घटना स्थल नजिकै पानिमा डुबेको अवस्थामा मृत फेला परेको र थप अनुसन्धानको लागी तालुक ईलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिगएको ।
मुगु, जिल्ला मुगु छाँयानाथ रारा नगरपालिका १३ फलात्ता स्थित गमगढी(मुगु)-हुम्ला सडकखण्डमा सदरमुकाम गमगढिबाट बाम तर्फ खानेपानीको पाईप लिएर आउँदै गरेको लु.४ त. ७३६८ नम्बरको ट्याक्टर सडकबाट अं. ३०।४० मिटर तल खस्न जाँदा चालक ऐ.ऐ. १४ फाईपाटा बस्ने वर्ष अं.३१।३२ को कासिराम बडुवाल र सह-चालक ऐ.ऐ.बस्ने वर्ष अं.२४।२५ को शिव बडुवालको घटना स्थलमा मृत्यु भएको । घटना स्थलमा उक्त पोष्टबाट ४ जनाको प्रहरी टोलि र थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मुगुबाट ५ जनाको प्रहरी टोली खटि गएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बुलबुले स्थित तिनकुनेचोकबाट मंगलगढिचोक तर्फ आउदै गरेको क.प्र. ०२००१ज.०५७३ नं.को जिपमा सोही दिशाबाट आउदै गरेको क.प्र. ०२००१प. ७८७४ नं. को मो.सा. ठोकिन जादा मो. सा. चालक जिल्ला हुम्ला ताजाकोट गा.पा. १ घर भई जिल्ला सुर्खेत बि.न.पा. १२ पिपिरा स्थित कोठा भाडामा लिई बस्ने बर्ष अ.३४/३५ को अकबिर खड्काको निधारमा चोट लागी घाईते भई माया नर्सिङ्ग होम सुर्खेतमा सामान्य उपचार पश्चात थप उपचारको लागी कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत पठाएको र कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको, जिप र जिप चालक प्रहरी नियन्त्रणमा ।
कालिकोट, सम्मानित कालिकोट जिल्ला अदालको आदेशले कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त जिल्ला कालिकोट नरहरीनाथ गाउँपालिका कोटवाडा बस्ने वर्ष ५६ को विष्णु दमाई र वर्ष ४७ को रुद्र ब.दमाईलाई ईलाका प्रहरी कार्यालय कुमालगाउँबाट खटि गएको प्रहरी टोलीले घर नजिकैबाट फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कालिकोट ल्याई राखिएको ।
मिति २०८०।०२।११ गते अं.०७:३० बजेको समयमा जिल्ला रुकुम पश्चिम बाँफिकोट गा.पा.वडा नं.८ दुली दुधार स्थित भित्री सडक खण्डमा दुलीबाट खलङ्गा तर्फ आउदै गरेको लु १ ज १७४७ नं.को मान्छे बोक्ने जिप अनियन्त्रित भई बाटो देखि अन्दाजी ४००/५०० मिटर तल खसी जिप दुर्घटना भएको भन्ने जानकारी प्राप्त हुन साथ प्रहरी टोली घट्नास्थलमा पुगि उद्दार गरि जिल्ला अस्पताल सल्लेमा पठाएकोमा अस्पतालले ५ जनाको मृत्यू घोषणा, ६ जना थप उपचारको लागी कोहलपुर शिक्षण अस्पतालमा पठाईएको , २ जना जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेको र २ जना जिल्ला अस्पताल सल्लेबाट डिस्चार्ज गरिएको । जिल्ला अस्पताल सल्ले चेक जाच गर्दा १३:५० बजे मृत्यु घोषण गरेको विवरण :(१) जिल्ला रुकुम पश्चि सानीभेरी गा.पा.५ बस्ने बर्ष ७० को कर्ण बाठा मगर ।(२) ऐ.सानिभेरी ५ बस्ने बर्ष ४८ को देउचन खत्री ।(३) ऐ.ऐ.बाँफिकोट गा.पा.८ बस्ने बर्ष २२ की रेखा खनाल के.सी. । (४) ऐ.ऐ. बस्ने बर्ष २२ की रेखा खनाल के.सी.को २२ दिने बच्चा रोशन के.सी.। (५) ऐ.सानिभेरी ५ बस्ने बर्ष २३ को सितला कुसारी ।कोहलपुर शिक्षण अस्पताल बाँकेमा उपचाररत घाईतेहरुको विवरण:-१) जिल्ला रुकुम पश्चिम सानीभेरी ५ बस्ने बर्ष २३ को सितला कुसारीको छोरा बर्ष २ को प्रशिद्ध कुसारी ।२) ऐ.ऐ.बस्ने बर्ष २० की अनिता के.सि.।३) ऐ.ऐ.बस्ने बर्ष २२ को ललित बाठा मगर ।४) ऐ.ऐ. बस्ने बर्ष ४० को प्रेम बाठा मगर ।जिल्ला अस्पताल सल्ले बाट कोहलपुर शिक्षण अस्पताल बाँकेमा रिफर गरिएको घाइतेहरुको विवरण:-१. १. ऐ.ऐ.बर्ष १७ की रिता खत्री । २. ऐ. सानिभेरी गा.पा.५ बस्ने ३५ को दिपक बाठा मगर खुट्टा ।जिल्ला अस्पताल सल्लेमा उपचाररत घाईतेको विवरण:-१) ऐ.ऐ.बस्ने बर्ष १७ की मनिषा बस्नेत । २) ऐ.ऐ.बस्ने बर्ष २१ की कल्पना के.सि ।जिल्ला अस्पताल सल्लेमा उपचार पश्चात डिस्चार्ज गरिएको विवरण :-१) ऐ.ऐ.सानीभेरी गा.पा.५ बस्ने बर्ष ४६ को कर्णबिर पुन । २) ऐ.ऐ.बस्ने बर्ष ४६ को गम्भिर कुसारी ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-३ मुलपानि स्थित टेम्पोपार्कबाट ऐरीचोक तर्फ आउदै गरेको क.प्र. ०२००१ क.०४४१ न.को मिनि ट्रकले पैदल यात्री बर्ष अ. ४५/४६ को नामथर, वतन नखुलेको पुरुष ब्यक्तिलाई ठक्कर दिदा हात खुट्टामा चोट लागेको, प्रदेश अस्पताल कालागाउँमा उपचार हुदै अबस्था बोल्न सक्ने उक्त स्थानमा प्रहरी टोली खटिगएको मिनि ट्रक र मिनिट्क चालक जिल्ला दैलेख गुराँस गाउँपालिका-५ बस्ने बर्ष २४ को मिलन शाही र ट्रक नियन्त्रणमा लिईएको ।
सल्यान, जिल्ला सल्यान सारदा नगरपालिका-२ खलङ्गा बजारमा हिडिरहेको अबस्थामा मोटरसाईकल चोरी मुद्दाको फरार रहेको प्रतिवादी जिल्ला सल्यान दार्मा गाउँपालिका-३ बुढाकाफल बस्ने वर्ष २९ को बसन्त के.सी.लाई जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याई सम्मानित जिल्ला अदालत सल्यानमा बुझाउने पहल भईरहेको ।
सुर्खेत, सम्मानित जिल्ला अदालत सुर्खेतको लगत नं. १४२६ हातहतियार खर खजना मुद्दाको नगद रु. ७०,०००/- (सत्तरी हजार ) जरिवाना तोकिएको फैसला कार्यान्वयनको फरार प्रतिबादि जिल्ला सुर्खेत भेरी गंगा नगरपालिका-१ लेकपराजुल बस्ने बर्ष अ. ५० को खड्क ब. बि.क. लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
सुर्खेत, कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्युरो शाखा सुर्खेतबाट खटिएको ५ जना प्रहरीको टोलीले वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुर स्थित बर्ष २६ को नविन सोनीको घरबाट निम्न स्थान बस्ने व्यक्तिहरूलाई लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नभएको ५१ पुडिया सहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको छ । १)जिल्ला सुर्खेत बी.न.पा. १२ बस्ने बर्ष १८ को राजेश सोनी २) ऐ.ऐ. ११ बस्ने बर्ष ४० को अब्दुल बक्स ३) ऐ.ऐ. बस्ने बर्ष २७ को स्नान बक्स४) ऐ.ऐ.१० बस्ने बर्ष २७ को उमेश बस्नेत ।
रूकुम, जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-८ ओखर धारा भिर सामुदायिक बन भित्र भरुवा बन्दुक लुकाई छिपाई राखिएको छ भन्ने सुचनाका आधारमा ११ जना प्रहरी टोली खटी गई सोहि स्थानबाट ८ नाल भरुवा बन्दुक फेला पारी नियन्त्रणमा लिईएको ।
मिति २०८०।०२।०२ गते अ.०९:०० बजेको समयमा जिल्ला दैलेख दुल्लु नगरपालिका वडा नं. ४ डाडाँ बस्ने बम बहादुर कार्कीको छोरी बर्ष अ. २ कि आकिर्ति कार्की आफै कच्ची घरको माथिल्लो तलाको बरण्डामा खेल्न क्रममा बरण्डा बाट भुईमा खसी टाउकोमा भित्री चोट लागि उपचारको लागि दुल्लु अस्पताल दुल्लु दैलेखमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचार भईरहेको । अवस्था गम्भिर रहेको ।
मिति २०८०।०२।०२ गते ०२:३० बजेको समयमा जिल्ला भैरबी गाउँपालिका वडानं. २ रावतकोट स्थित बस्ने बर्ष ५४ को राम बहादुर थापाको ढुङ्गा माटोले बनाएको दुई तले घरमा अचानक आगोलागी हुँदा घरभित्र १ वटा गोरु ५ वडा बाख्रा जली मृत्यु भएको र १ वडा गोरु जली घाईते भएको घर पुर्ण रुपमा जली नस्ट भएको, मानबिय क्षेती नभएको ।
सल्यान मिति २०८०।०२।०१ गते । जिल्ला सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं. १ अम्रा स्थित छिन्चु जाजरकोट सडकखण्डमा नेपालगञ्जबाट जाजरकोटतर्फ जाँदै गरेको चालक जिल्ला सल्यान शारदा नगरपालिका वडा नं. ८ मार्के बस्ने वर्ष ३४ को खेमराज बुढाले चलाई ल्याएको भे.१ ख.३९१९ नं.को मालबाहक ट्रक र विपरित दिशाबाट आउँदै गरेको चालक ऐ.ऐ.बालुवासंग्रही बस्ने हरिराम शाहीको छोरा वर्ष २१ को सौरब शाहीले चलाई ल्याएको भे.१२ प.१९२ नं.को मोटरसाईकल एकआपसमा ठोक्किन जाँदा मोटरसाईकल चालक सौरब शाहीको अनुहार, हात र खुट्टामा चोट लागि घाईते भई उपचारको लागि एम्बुलेन्सद्धारा नेपालगञ्जतर्फ पठाएको अवस्था सिरियस साथमा निजको बुवा हरिराम शाही रहेको ट्रक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा ट्रक र ट्रक चालकको कागजपत्र भएको दुबै ट्रक चालक प्रहरीको ।