प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : अवैध व्यापार
नक्कली(खोटा) नोट १२९३ थान नेपाली रूपैयाँ १२ लाख त्रिनब्ये हजार मात्र (१३ लाख बराबर) को नोट र लागुऔषध (अफिम जस्तो देखिने पोका) थान २६ जम्मा तौल ३० के.जी. ६७२ ग्राम बरामद सहित ४ पुरूष १ महिला नियन्त्रणमा
२०८२-०३-३१

सुर्खेत ·  मिति २०८२।०३।३० गते अन्दाजी १३:३० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० शान्ति टोल स्थित जिल्ला जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष अन्दाजी २२ की दिलमाया सिंह ठकुरीले खोटा मुद्रा चलाउने गरेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोली उक्त स्थानमा जाँदा दिलमाया सिंह ठकुरीको साथबाट खोटा मुद्रा नेपाली रू. १००० दरका ६ थान रू. ६,०००/-( अक्षेरूपी छ हजार मात्र) साथमा फेलापरी फेला पारी निजलाई नियन्त्रण बरामद गरेको ।  ·  मिति २०८२।०३।३० गते अन्दाजी १८:०० बजेको  समयमा जाली नोट सम्बन्धी थप अनुसन्धान क्रममा  जिल्ला जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ०५ खुर्पा बस्ने वर्ष अन्दाजी ३३ को राम बहादुर सिंह तथा निज दिलमाया सिंह ठकुरीको डेरा कोठाबाट लुकाई छिपाई राखेको अवस्थामा नेपाली रू १००० दरका १२३६ जम्मा नेपाली रू. १२,३६०००/- ( अक्षेरूपी बाह्र लाख छत्तीस हजार मात्र) बरामद गरेको ।  ·  मिति २०८२।०३।३० गते अन्दाजी २२:०० बजे उक्त जाली नोट कसुरमा सङ्लग्न व्यक्तिको पक्राउ  तथा थप  अनुसन्धान गर्दै जाने क्रममा जिल्ला जाजरकोट कुशे गाउँपालिका  वडा नम्बर ७  समकोट गमौडी घर भई हाल जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर १२ ठकुरी टोल स्थित डेरा गरी बस्ने वर्ष ३५ को कृष्ण बहादुर वली, ऐ.ऐ. बस्ने वर्ष ३८ को प्रेम बहादुर बि.कलाई फेला पारी रीतपूर्वक निजहरूको डेरा कोठा तथा शरीर खानतलासी गर्दा निजहरूको लुकाई छिपाई राखेको कालो झोला भित्र अफिम जस्तो देखिने गिलो पदार्थ पोका ११ (एघार) जम्मा नाप तौल गर्दा शुद्ध ११ (एघार) किलोग्राम ३७२ मिलिग्राम फेलापारी बरामद गरी निजहरूलाई समेत नियन्त्रणमा लिएको । ·  मिति २०८२।०३।३१ गते अन्दाजी ०८:३० बजेको समयमा लागुऔषध (अफिम) तथा जाली नोट कसुरको थप अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय, सुर्खेत तथा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले नक्कली नोटको कारोबार गर्ने नोट बनाउने तथा उक्त नोट बनाउने सामान समेतको कार्य गर्ने जिल्ला कालिकोट नरहरीनाथ गाउँपालिका वडा नम्बर ४ घर भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नम्बर ११ न्युरोडमा जनगर्जन नेटवर्क प्रा.लि. नामक मिडिया सञ्चालन गरी बस्ने वर्ष अन्दाजी ३४ को मन बहादुर सहकारीलाई नियन्त्रणमा लिई निजले सञ्चालन गरेको मिडिया हाउस तथा निज बस्ने घरकोठा खानतलासी गर्दा निजको कोठाबाट नेपाली रू. १०००।-(एक हजार) दरका नक्कली नोटहरू ५१ थान नेपाली रू. ५१,०००।-( अक्षरूपी एकाउन्न हजार) फेला परेको र प्लाष्टिकमा पोका बनाई राखेका १५ पोकामा १९ (उन्नाईस) के.जी. ३०० (तीन सय) ग्राम लागूऔषध अफिम जस्तो देखिने गिलो पदार्थ फेला परेको साथै नक्कली नोट बनाउन प्रयोग गरिएको Canon प्रिन्टर थान-१, HITECH लेखिएको CPU थान १,  Zillion Tec लेखिएको Monitor थान १, Key Board थान-१, माउस थान-१, कार्डडिटर र चिप्स मेमोरी थान-१, Canon  क्यामेरा थान-१ समेत फेला पारी बरामद गरीएको । पक्राउ प्रतिवादीः-१. जिल्ला जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष अन्दाजी २२ की दिलमाया सिंह ठकुरी२.      जिल्ला जाजरकोट कुशे गाउँपालिका वडा ०५ खुर्पा बस्ने वर्ष अन्दाजी ३३ को राम बहादुर सिंह३.  जिल्ला जाजरकोट कुशे गाउँपालिका ७  समकोट गमौडी घर भइ हाल जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर १२ ठकुरी टोल स्थित डेरा गरी बस्ने वर्ष ३५ को कृष्ण बहादुर वली४.     जिल्ला जाजरकोट कुशे गाउँपालिका ७  समकोट गमौडी घर भइ हाल जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर १२ ठकुरी टोल स्थित डेरा गरी बस्ने वर्ष ३८ को प्रेम बहादुर बि.क ५. जिल्ला कालीकोट नरहरीनाथ गाउँपालिका वडा नम्बर ४ घर भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नम्बर ११ न्युरोडमा जनगर्जन नेटवर्क प्रा.लि. नामक मिडिया सञ्चालन गरी बस्ने वर्ष अन्दाजी ३४ का मन बहादुर सहकारी ।

अवैध सामान बरामद ।
२०८१-११-१३

सुर्खेत,मिति २०८१/११/१३ गते जिल्ला सुर्खेत, भेरीगंगा नगरपालिका – ५, बबई स्थित अस्थाई प्रहरी चेकपोष्ट चेकिङमा खटिएका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नेपालगंज देखि सुर्खेत तर्फ आउदै गरेको कर्णाली प्रदेश नं. ०७०५ को इ.भि.भेन (सार्वजनिक सवारि साधन) बाट बिल भरपाई नभएको निम्न अवैध फेन्सि आइटमका सामनहरु बरामद गरी यस पोष्टको नियन्त्रणमा राखिएको । बरामद सामनको अन्दाजि मुल्य रू.१,३६,६००/- (एक लाख छतिस हजार छ सय मात्र) रहेको । उक्त सवारि साधनलाई गन्तव्य स्थान तर्फ पठाईएको । निम्न :-  १)         जेन्स टिसट :- ५० पिस २)         फराक बच्चाको :- ४० पिस ३)         लेडिज पाईन्ट :- २० पिस ४)         लेडिज सुईटर :- ६० पिस ५)         लेडिज प्लाजा :- २५ पिस ६)         जेन्स हाप पाईन्ट :-१५ पिस ७)         कुर्ता सुरुवाल :- १६ पिस 

अवैध सामान बरामद गरिएको ।
२०८१-०९-०४

सुर्खेत, मिति २०८१/०९/०४ गते २१:०० बजेको समयमा जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुना चेकपोष्ट स्थित चेकिङ डियुटीमा खटिएका प्रहरी टोलीले सवारी साधन चेकजाच गर्ने क्रममा नेपालगंज देखि सुर्खेत तर्फ आउदै गरेको क.प्र.०२००१ ख १०६७ न.को ई.भि.गाडीमा ३२ पिस ऊनिको लेडिज कुर्ता सुरुवाल अन्दाजी मुल्य रु ११२,०००।–(एक लाख बाह्र हजार ) र चिनी ५० के.जी.अ.मुल्य रु ६०००।– ( छ हजार) गरी जम्मा मुल्य रु ११८,०००।– ( एक लाख अठार हजार ) बराबरको बिल भरपाइ नभएको अवैध सामान बरामद गरी प्रहरी चौकी सुब्बाकुनामा ल्याइ राखि गाडी गन्तब्य स्थान तर्फ छोडिएको ।

अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गरि ओसार पसार गरिरहेको टेक्टर नियन्त्रणमा लिइ कारवाही गरी छोडेको ।
२०८१-०२-२९

सुर्खेत,मिति २०८१।०२।२९ गते बिहान अन्दाजी ०९:०० बजेको समयमा जिल्ला सुर्खेत पन्चपुरी नगरपालिका वडा नं.५ देउरालिडाडा स्थित प्रचलित कानुनको प्रतिकुल हुने गरी कार्यविधी, ठेक्काको शर्त विपरीत नदी जन्य पदार्थ ग्राबेल पन्चपुरि न.पा.१० खहरे खोलावाट उत्खनन् गरी ओसार पसार गरिरहेको अवस्थामा कर्णाली प्रदेश ०२ ००१ त ०३७६ नम्बरको टेक्टरलाई इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी पञ्चपुरी नगरपालीकाको कार्यालय बाबियाचौर सुर्खेत पठाईएकोमा, पञ्चपुरी नगरपालीकाको कार्यालयबाट जरिवाना रु १०,०००/- (दस हजार) काटि उक्त टेक्टरलाइ मिति २०८१।०२।२९ गते १५:४३ बजेको समयमा छाडिएको ।

अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गरि ओसार पसार गरिरहेको टिप्पर नियन्त्रणमा लिइ कारबाही गरिएको ।
२०८१-०२-२८

सुर्खेत मिति २०८१।०२।२७ गते बिहान ०८:३० बजेको समयमा जिल्ला सुर्खेत पन्चपुरी नगरपालिका वडा नं.-९ राँग स्थित प्रचलित कानुनको प्रतिकुल हुने गरी कार्यविधी, ठेक्काको शर्त विपरीत नदीजन्य पदार्थ बालुवा/गिट्टि पन्चपुरी नगरपालिका-९ रागखोलावाट उत्खनन् गरी ओसार पसार गरिरहेको अवस्थामा कर्णाली प्रदेश ०२ ००१ख ००९८ नम्वरको टिप्परलाई इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी पञ्चपुरी नगरपालीकाको कार्यालय बाबियाचौर सुर्खेत पठाईएकोमा, पञ्चपुरी नगरपालिकाको कार्यालयबाट जरिवाना रु ३०,०००/- (तिस हजार) काटि उक्त रसिद इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतमा पठाईएको हुदाँ ऊक्त टिप्परलाइ ऐ. १०:२५ बजेको समयमा छाडिएको ।

अवैध सामान वरामद ।
२०८०-१२-०७

सुर्खेत,  जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई चेक प्वाईन्ट स्थित अस्थायी प्रहरी पोष्ट बबईबाट खटिएको प्रहरी टोलिले निम्न सवारी साधनहरुलाई चेक जाँच गर्ने क्रममा अबैध भन्सार छलि गरि ल्याएको निम्न मालसामानहरु बरामद गरि उक्त पोष्टमा ल्याई राखीएको, सवारी साधनहरु लाई गन्तव्य तर्फ पठाईएको ।निम्नः- १) बा. ५ख ६२०६ नं. को फोर्स बाट चिनि १२५ के.जी.,  २) लु.२ख ५७ ८४ नं. को फोर्स बाट चिनि २५ के.जि. प्याज ३० के.जि., ३) ना. ३ख. ४२७५ नं. को फोर्स बाट चिनि ११० के.जि.,केराउ ३० के.जि., सुपर पावर ७५ पोका,४) भे.१ज. ९२१ जीप बाट चिनि ४० के.जि., सुपर पावर २५ पोका,५) ना.४ख. ४६३९ बस बाट कुर्ता सुरुवाल ११५ पिस,६) ना. ५ ख. ५६०८ फोर्स बाट प्याज १०० के.जि., ७) लु. २ख. ४९७८ हाईस बाट चिनि ७५ के.जि. । 

अवैध सामान वरामद ।
२०८०-०९-०५

सुर्खेत, जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका-१० तोलिखोला पुल स्थित ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ४ जनाको प्रहरी टोलिले नेपालगन्ज देखी सुर्खेत तर्फ आउदै गरेको भे १ ख २६५४ न.को बसलाई चेक जाँच गर्ने क्रममा कुनै पनि बिल भरपाई नभएको अबैध रूपमा ओसारपसार भई आएको  १) मिठासुपारी ६० प्याकेट, २) सुपर पावर सुर्ती ३०० प्याकेट, ३) पान मसला २५ प्याकेट, ४) रेडिमेट कुर्तासुरुवाल २७ पिस, ५) उलन कुर्तासुरुवाल ८ पिस, ६) पातलो कुर्तासुरुवाल १६० पिस ( जम्मा अन्दाजी मुल्य रू: २ लाख ३० हजार बराबरको सामान बरामद गरी आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको ।

अवैध सामान वरामद ।
२०८०-०७-१८

सुर्खेत,  जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका-५ बाबियाचौर स्थित ईलाका प्रहरी कार्यालय बाबियाचौर बाट खटिएको ५ जनाको प्रहरी टोलीले सदरमुकामबाट बिजौरा तर्फ जादै गरेको क.प्र.०२००१ क.०१०९ नं. को मिनिट्रक लाई चेकजाचँ गर्दा कुनै पनि बिल नभएको चिनी ८ क्वीन्टल ५० के.जी. अन्दाजी मुल्य रु. १,०५,४००-/ (अक्षरुपी एक लाख पाँच हजार चार सय मात्र ) र सुपर पावर सुर्ती २६२८ पोका अन्दाजी मुल्य रु.३९,४२०-/ (अक्षरुपी उनान्चालिस हजार चार सय बीस मात्र) बराबरको अन्य खुद्रा सामानको मुल्य नखुलेको मिनिट्रक र चालक जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-१ बस्ने बर्ष २३ को जिवन सापकोटा , सामान बिक्रि गर्ने ऐ.ऐ.बस्ने बर्ष २५ को यामलाल आचार्य र ऐ.ऐ. बस्ने बर्ष १७ को देबराज रावत लाई नियन्त्रणमा राखिएको ।