प्रहरी कार्यालय
रूकुम पश्चिम, सम्मानित जिल्ला अदालत रूकुम पश्चिमको लगत न. ५२८/३२४ को १५ दिन कैद सजाय र रु ५००।–(पाँच सय ) जरिवाना तोकिएको विवाह बदर मुद्दाको फरार प्रतिवादी जिल्ला रुकुम पश्चिम बाँफिकोट गाउँपालिका-२ बस्ने अं. बर्ष ४२ को राजु दमाई भन्ने राजु परियारलाई पक्राउ गरी निज लाई सम्मानित रुकुम पश्चिम जिल्ला अदालतमा उपस्थित गराईएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१३ ईन्द्रपुर स्थित सम्मानित जिल्ला अदालत सुर्खेतको लगत नं ३२४७ बमोजिम कुटपिट मुद्दामा ३ महिना कैद र रू.५०००/- (पाच हजार) जरिवाना तोकेको फरार प्रतिवादी बर्ष २० को ललित दमाईलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखेको ।
सल्यान, बहुबिबाहा मुद्दाका फरार प्रतिवादि जिल्ला सल्यान सारदा नगरपालिका-१२ डाग्री बस्ने बर्ष अं.३२ को तिलक बस्नेत र निजको श्रीमति ऐ.१० पैयाखर्क बस्ने बर्ष अं.३३ की अनिता चलाउनेलाई ईलाका प्रहरी कार्यालय तुलसिपुर दाङ संग समन्वय गरी जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका-६ गाईडारमा लुकिछिपि बसेको अबस्थामा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिईएको प्रहरी टोलिले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सल्यान तर्फ ल्याउँदै गरेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० नयाँगाउ स्थित प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको ५ जनाको प्रहरी गस्ति टोलीले ऐ.ऐ.बस्ने बर्ष ५२ को डम्मर ब.थारुको घरको कोठाबाट जरायोको जस्तो देखिने अ.६/७ के.जी.मासु र ऐ.ऐ. स्थान नजिकै रहेको बासको झ्याङबाट जरायोको आन्द्रा, भुडि र कलेजो फेला पारी निम्न स्थान बस्ने निम्न मानिसहरुलाई मासु सहित नियन्त्रणमा लिएको, तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट ५ जनाको प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको, जिल्ला वन कार्यालयसंग समन्वय गरी वन कार्यालयको टोली उक्त स्थानमा पुगिसकेको ।नियन्त्रणमा लिएका निम्न ब्यक्तिहरु:- १) जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा.१० बस्ने बर्ष अं.५२ को डम्मर ब.थारु ।२) ऐ.ऐ.बस्ने निजको छोरा बर्ष अं.२१ को सुसिल चौधरी । ३) ऐ.ऐ.११ बस्ने बर्ष अं.४१ को मिन ब.वली । ४) ऐ.ऐ.१० बस्ने बर्ष अ.२३ को सुसिल चौधरी ।५) ऐ.ऐ. बस्ने बर्ष २८ को आशाराम चौधरी ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ हरियाली टोल स्थित लागूऔषध कारोबार भईरहेको अवस्थामा तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय लागु औषध ब्युरो सुर्खेतबाट सादा पोशाकमा खटिएका ५ जनाको प्रहरी टोलीले जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ बस्ने बर्ष २२ की राधिका वुढाको साथबाट नापतौल नगरेको १४ पुरिया (नाप तौल गर्दा शुद्ध तौल ६८० मि.ग्रा.) लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ र नगद रू.१,२१,४५०।- (एक लाख एक्काईस हजार चार सय पचास ) सहित बरामद गरी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको ।
दैलेख, जिल्ला प्रहरी कार्यालय बाँकेको चलानी नम्बर ८९१५मा मिति २०८०।०३।०६ गतेको पत्र प्राप्त हुनासाथ बैँकीङ कसुर मुद्धाको फरार प्रतिबादी जिल्ला दैलेख नारायण नगरपालिका-१ बस्ने बर्ष २९ को साजन के.सी.ऐ.स्थित बजारमा घुमी रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दैलेखमा ल्याई राखेको ।
सुर्खेत, जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका-१० वुलबुले गेट स्थित दैलेखि चोक बाट मंगलगढी चोक तर्फ आउदै गरेको भे ५ प ५३४४ नं. को मोटरसाईकल लाई सोही दिशा तर्फ आउदै गरेको भे १ त ५४५६ नं.को ट्याक्टरले ठक्कर दिँदा मोटरसाईकलन चालक जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० खजुरा बस्ने बर्ष ३० को घनश्याम बोहोराको टाउको र अनुहारमा चोट उपचारको लागि माया नर्सिङ होम सुर्खेत पठाएको, अवस्था वोल्न सक्ने , ट्याक्टर चालक जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ बस्ने वर्ष २७ को मदन घर्ति र दुवै सवारी साधन नियन्त्रणमा ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बवई पोष्टमा खटिएका ६ जनाको प्रहरी टोलीले नेपालगंजबाट सुर्खेत तर्फ आउदै गरेको बा.प्र.०१-०२७ च१६२० न.को इको भ्यानलाई चेक जाँच गर्दा कुनै पनि बिल नभएको प्लाजु सेट थान ७३, कुर्ति १९३ पिस लेडिज कपडा वरामद गरी यस पोष्टको नियन्त्रणमा राखिएको,इको भ्यानलाई गन्तव्य स्थान तर्फ पठाइएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ मुलपानी चोक स्थित होटेलमा लागूऔषध कारोबार भइरहेको अवस्थामा तालुक कर्णाली प्रदेश प्रहरी लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको प्रहरी टोलिले ऐ.ऐ बस्ने वर्ष अन्दाजी २६ को बल बहादुर भारतीलाई नापतौल नगरेको ४ पुडिया लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित नियन्त्रणमा लिई अवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत मा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई स्थित नेपालगंज देखी बोटेचौर सुर्खेत तर्फ जादै गरेको भे.१ क ५५९ ज को मिनि ट्रकलाइ अस्थायी प्रहरी पोष्ट बबई सुर्खेत बाट खटिएको ४ जनाको प्रहरी टोलीले चेकजाँच गर्दा कुनै पनि बिल नभएको, अं. मुल्य रु १६००० बराबरको २ क्विनटल चिनि बरामद गरि अस्थायी प्रहरी पोष्ट बबईमा राखिएको,गाडि गन्तव्य तर्फ छाडिएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-५ राधाकृष्ण मन्दिर स्थित लागूऔषध कारोबार भईरहेको अवस्थामा वीरेन्द्रचोक पिकेट डिउटिमा खटिएको २ जनाको प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न ब्यक्तिहरुलाई नापतौल नगरेको ५ पुडिया( नापतौल गर्दा शुद्द २८० मिलिग्राम) रहेको लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाएको ।१)जिल्ला सुर्खेत वी.न.पा. ५ बस्ने बर्ष २६ को अम्मर बि.क. ।२)ऐ.ऐ. बस्ने बर्ष २२ को राजन के.सी.।३)ऐ.ऐ. बस्ने बर्ष ३२ को ढकेन्द्र बि.क ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ शंकर चोक स्थित शंकर चोक देखि धमला चोक तर्फ जादै गरेको क.प्र.०२००१ ह ०४४४ नं. को अटो र इत्राम पुल देखि शिवालय चोक तर्फ आउदै गरेको क.प्र. ०२००१ प ८१३४ न.को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा निम्न स्थान बस्ने निम्न मानिसहरु घाइते भई अस्पताल तर्फ पठाईएको उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट ४ जनाको प्रहरी टोली खटिएको, मोटरसाईकल र अटो ट्राफिकको नियन्त्रणमा रहेको, १) मोटरसाईकल चालक जिल्ला सुर्खेत वी.न.पा. १३ बस्ने बर्ष अ.३५ को गेसराम मगर हातमा चोट माया नर्सिङ होम सुर्खेतमा उपचार भईरहेको, अवस्था सामान्य । २) मोटरसाईकल पछाडी सवार जिल्ला दैलेख महाबु गाउँपालिका-६ बस्ने बर्ष अ.५६ को पोष्ट बहादुर दर्लामी भित्रि चोट कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचार भईरहेको बोल्न सक्ने । ३) अटो चालक जिल्ला सुर्खेत वी.न.पा. ८ बस्ने बर्ष अ.२३/२४ को मान सिँह नेपाली हातमा चोट,सामान्य ।४) अटोमा सवार जिल्ला सुर्खेत वी.न.पा १२ बस्ने बर्ष अ.२३/२४ कि सिता बि.क.भित्रि चोट, बोल्न सक्ने साथमा ७/८ महिनाको बच्चा समेत रहेको बच्चालाई सामान्य भित्रि चोट, कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचार भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ मुलपानीचोक स्थित प्रहरी चौकी बाङ्गेसिमल बाट खटिएको ५ जनाको प्रहरी टोलीले भुरेली बाट मुलपानीचोक सम्म भे.९ प. ३६५ न.को स्कुटिमा आएको जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका ३ बस्ने बर्ष ३१ को बिबेक गिरीले ऐ.ऐ. बस्ने बर्ष १७ की रोशनी वलीलाई लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नगरेको २ पुडिया दिने क्रममा फेला पारी नियन्त्रणमा लिई आबश्यक अनुसन्धानको लागी तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाएको ।
कालिकोट, जिल्ला कालिकोट रास्कोट नगरपालिका-१ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-२ बस्ने डबल शाही को छोरा वर्ष अन्दाजी १६ को बिशाल शाही लाई जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट सादा पोशाकमा खटिएको ४ जनाको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका-३ एरीचोक स्थित शंका लागी चेक जाँच गर्ने क्रममा निज बाट २ पुडिया ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नाप तौल गर्दा शुद्ध १२० मिलिग्राम सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लिई राखिएको ।
डोल्पा, सम्मानित मनाङ जिल्ला अदालतको फैसलाले ज्यान मार्ने उद्योग मुद्वाको १० बर्ष कैद र रु ३,५०,००० (तिन लाख पचास हजार) रुपैयाँ जरीवाना तोकीएको फरार प्रतिवादी प्रेम छिरीङ गुरुङ भन्ने (पेम्बा बुढा)लाई अस्थायी प्रहरी पोष्ट कागकोटबाट खटिएको ५ जनाको प्रहरी टोलीले जिल्ला डोल्पा छार्का ताङसोङ गाउँपालिका-४ कागकोट स्थित निजकै घर वतनबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय डोल्पामा ल्याई हिरासतमा राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१३ गुप्तीपुर स्थित तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय लागु औषध ब्युरो बाट खटिएको ५ जनाको प्रहरी टोलीले ऐ.ऐ.बस्ने बर्ष ३० को विक्रम भन्ने ओम बहादुर सार्कि लाई शंकास्पद लागि चेकजाँच गर्दा निजको साथबाट नापतौल नगरेको १ पुरिया लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत तर्फ पठाईएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका ५ नया बस्ति चिसापानी बस्ने जबरजस्ति करणी मुद्धाको फरार प्रतिवादी दल बहादुर बि.क.को छोरा बर्ष ३१ को रमेश गोतामे भन्ने करण गोतामे लाई सुर्खेत बाट दैलेख जादै गरेको अवस्थामा प्रहरी चौकी बड्डिचौर सुर्खेतले नियन्त्रणमा लिएको ।
सल्यान, जिल्ला सल्यान कपुरकोट गाउँपालिका-३ चोरखोला स्थित राप्ती राजमार्गमा दाङ तुलसिपुर देखी रोल्पा तर्फ जाँदै गरेको रा.१ ख.८३४ न.को बसमा सडकको छेउमा रहेको ३३ के.भि. प्रसारण लाईनको बिद्युतको पोल सपोटको लागी छेउमा गाडेको तार (स्टे) मा बस छुईन जाँदा उक्त बसमा सवार १८/२० जना मध्ये २ जनाको घटना स्थलमा मृत्यु भएको र १ जना घाईते भई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुर दाङ लगेकोमा उपचारको क्रममा मृत्यु भएको ।निम्न व्यक्तिहरूको मृत्यु भएको । १) जिल्ला रोल्पा गंगा देब गाउँपालिका वडा नं.४ बस्ने बर्ष अं. ७०।७२ को बालराम डाँगी २) ऐ.ऐ. बस्ने निजकै छोरा बर्ष अं. ४०।४२ को टोपलाल डाँगी३) बस साहु जिल्ला सल्यान छत्रेश्री गाउँपालिका-६ लान्ती बस्ने बर्ष अं.३३।३४ को महेन्द्र ओली
सुर्खेत, सम्मानित उच्च अदालत सुर्खेत ईजलास जुम्लाको फैसला बाट ५ (पाच) बर्ष कैद तोकियको अपहरण शरिर बन्धक लिई जबरजस्ति करणी मुद्दाको फरार प्रतिबादि जिल्ला कालीकोट सान्नित्रिवेणी गाउपालिका-५ बस्ने बर्ष ३५ को जनम बहादुर बमलाई प्रहरी चौकि मेहलमुडी कालिकोट बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत कालिकोटमा बुझाएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बसपार्क स्थित होटलमा तालुका कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्युरोबाट खटिएका प्रहरी टोलीले होटेलको १०९ नं. को कोठामा बसेको जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका- ८ बस्ने वर्ष ३३ को प्रदिप सुनार लाई चेकजाँच गर्दा निज सुत्ने कोठाको बेड मुनी लुकाई छिपाई राखेको नापतौल नगरेको लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ ५ पुडिया,नगद रु.१४,४९५ कैची थान १ बरामद गरी निज प्रदिप सुनार समेतलाई नियन्त्रणमा लिएको ।
सुर्खेत,जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई स्थित नेपालगंज बाट सुर्खेत आउदै गरेको सु.प्र. ११८१ न. को बोलेरो गाडिलाई अस्थायि प्रहरी पोष्ट बबई सुर्खेतबाट खटिएको ५ जनाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा कुनै पनि बिल नभएको निम्न सामान बरामद गरी उक्त पोष्टमा राखिएको गाडि गन्तब्य तर्फ छाडिएको ।निम्न सामानहरू : १. चिनि २ क्विन्टल २. सुपर पावर सुर्ति ९० पोका३. प्लाष्टिक बाटा १०५ पिस
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बवई पोष्टमा खटिएको ५ जनाको प्रहरी टोलीले महेन्द्रनगर बाट सुर्खेत तर्फ आउदै गरेको ना.७ ख १५८९ न.को बसलाई चेक जाँच गर्दा कुनै पनि बिल नभएको ठुलो साइजमा २ जेब्रा झोलामा रहेका कुर्ति ४६ पिस, कुर्ता सुरुवाल १३ पिस, साडि १५ पिस,लेगिज १५ पिस, नाइट ड्रेस ११ पिस गरि जम्मा १०० पिस लेडिज कपडा वरामद गरी अस्थायि प्रहरी पोष्ट बबईको नियन्त्रणमा राखिएको,बसलाई गन्तव्य स्थान तर्फ पठाइएको ।
रूकुम पश्चिम, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलिले ज्यान मार्ने उद्योग मुद्दाको फरार प्रतिबादी जिल्ला अदालत रुकुम पश्चिमको लगत नं.१०२५ मा १० हजार जरिवाना र ११ महिना कैद तोकिएका जिल्ला रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा नं. ४ खुम्चेरी बस्ने बर्ष २७ को बिक्रम बाठामगर लाई मुसिकोट नगरपालिका-१ खलंगा बजारमा लुकी छिपि बसिरहेको अबस्थामा फेला पारी पक्राउ गरी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा ल्याई कैद सजाय र जरिवाना असुल उपरको लागी सम्मानित जिल्ला अदालत रुकुम पश्विममा पठाईएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोईली स्थित जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ३ जनाको प्रहरी टोलीले ऐ.ऐ.बस्ने बर्ष २६ को लक्ष्मण बुढालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट नापतौल नगरेको २ पुरिया लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला अदालत सुर्खेतले लागू औषध मुद्दामा लगत नं ३४५३ बमोजिम ७ दिन कैद १००००/- (दश हजार) जरिवाना तोकेको फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका-१२ घर भएको बर्ष अन्दाजी २५ को जीवन सोमैलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-८ स्थित कालिन्चोक नजिक बाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
सुर्खेत, महेन्द्रनगर देखी सुर्खेत तर्फ आउदै गरेको ना.७ ख.३७४ न.को बस लाई वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुना सुर्खेत स्थित जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ४ जनाको प्रहरी टोलीले चेक चाँज गर्ने क्रममा उक्त बसमा अबैध रुपमा ल्याएको कुर्ती १४१ पिस, सुरुवाल कुर्ता ४ पिस, सुपर पावर सुर्ती ३८ पिस बरामद गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा राखीएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोली खोला पोष्टमा खटिएको ३ जनाको प्रहरी टोलीले कालिदमार बाट छिन्चु बजार तर्फ आउदै गरेको भे.१ ह३२६५ न.को अटो लाई चेक जाँच गर्दा अबैध रुपमा ल्याईएको भारतिय सुपर पावर सुर्ती ५७५६ पिस (अन्दाजि मुल्य रु ८६९४०।–) वराबरको को सुर्ती वरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुको नियन्त्रणमा राखिएको ।
जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ स्थित बसपार्कमा अबैध काठ ओसारपसार भइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको ५ जनाको प्रहरी टोलिले क १ त १२ र लु ४ त ७७१७ नं. को २ वटा ट्याक्टरमा नापतौल गर्दा अबैध सल्लाको काठ १५०.५ Q fit र दाउरा ५७ Q fit रहेको र उक्त काठलाई रितपुर्बक बरामद गरि २ जना चालक सहित नियन्त्रणमा लिई अनुसन्धान पश्चात् डिभिजन वन कार्यालय, जुम्लामा बुझाईएको ।
सल्यान, जिल्ला सल्यान बागचौर नगरपालिका-४ जलेखर्क स्थित राप्ती राजमार्गमा दाङ देखी पश्चिम रुकुम तर्फ जांदै गरेको लु.२ख.५२९ नं.को हाईसले ऐ.बागचौर नगरपालिका-४ लौराबाङ बस्ने जित ब.सुनारको छोरी बर्ष अं.१० की पैदल यात्री साहारा सुनारलाई ठक्कर दिदा दाहिने खुट्टामा चोट लागी घाईते भई स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागी थारमारे सल्यानको लागी पठाएको अबस्था मध्यम चालक जिल्ला बर्दिया बांसगढी नगरपालिका-१ बस्ने बर्ष अन्दाजी २८ को टेक बहादुर टमटा र हाईस प्रहरीको नियन्त्रणमा रहेको ।
जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-५ कार्कीवाडा स्थित चन्दननाथ नगरपालिका-२ बस्ने वर्ष अन्दाजी २२ बर्ष को मदन भण्डारीले ब्राउन सुगर बेचिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट र लागूऔषध ब्युरो सहितको संयुक्त प्रहरी टोलि खटिगई, निजलाई फेला पारी खानतलासी गर्दा निजको पाईन्टको पकेटबाट शुद्ध १०० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा लिई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ ऐरिचोकमा लागूऔषध कारोबार भईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ३ जनाको प्रहरी टोलीले चेकजाँच गर्दा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोईलि बस्ने बर्ष २५ को देबु भण्डारीको साथबाट नापतौल गर्दा शुद्ध ६०० मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ स्थित घण्टाघर चोकबाट कपासे तर्फ जादै गरेको जिल्ला दैलेख महाबु गाउँपालिका-६ बस्ने बर्ष ३३ को तेज बहादुर शाहीले चलाएको क.प्र.०२-००१ प ७४६१ न. को मोटरसाईकलले पैदल यात्री जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ बस्ने बर्ष अन्दाजी ५० कि टिका सुनारलाई ठक्कर दिदा टाउको र बाया खुट्टामा चोटलागि अवस्था सिरियस भई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि लिईएको र उपचारका क्रममा मृत्यु भएको, मोटरसाईकल र मोटरसाईकल चालक प्रहरी नियन्त्रणमा रहको ।
सुर्खेत, जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-९ नदिकोट बस्ने रुद्र डाँगीको छोरा वर्ष अन्दाजी २९ को गणेश बहादुर डाँगीले मादक पदार्थ सेवन गरी घरपरिवार लाई कुटपिट गरिरहेको भनि निजको बुवाले अस्थायी प्रहरी पोष्ट वोटेचौर सुर्खेतमा जानकारी गराएपश्चात ३ जनाको प्रहरी टोलि खटिई गई निजको घरमा हेर्दा निज सुत्ने कोठामा खाट मुनि लुकाई छिपाई राखेको भरुवा बन्दुक थान १ र ३ वटा सानो पलाष्टिकको बट्टामा राखेको बारुद फेला पारी वरामद गरी निज गणेश बहादुर डाँगीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि तालुक ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतमा लिई राखेको ।
जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-४ भारतीवाडामा ऐ. ४ बस्ने बर्ष अ.४८ को खगेन्द्र भण्डारी, ऐ.कनकासुन्दरी गाउँपालिका-२ बस्ने वर्ष अन्दाजी २९ को लाल बहादुर रोकाया, ऐ. ६ बस्ने बर्ष अन्दाजी ४६ को हरे राम खत्रीले लागूऔषध सेवन गरी रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलि र लागूऔषध ब्युरो सहितको संयुक्त प्रहरी टोलिले निजहरुलाई रितपुर्वक खानतलासी गर्दा निज हरे राम खत्रीले लगाएको कोटको माथिल्लो खल्ति बाट लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ शुद्ध ९३० मिलिग्राम सहित ३ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा राखी थप अनुसन्धान भईरहेको
सुर्खेत, जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-२ बारेखोला स्थित ऐ. वस्ने बर्ष ५२ को गंगाराम सुनार लाई सम्मानित सुर्खेत जिल्ला अदालतको लगत न. ३०१५, गाली बेईज्जती मुद्दाको फरार प्रतिवादी कैद सजाय ३ महिना र रू ३,००० ।- (तिन हजार ) जरिवाना तोकिएको फरार प्रतिवादि लाई निजकै घर वतन बाट तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिई प्रहरी चौकि मालारानि सुर्खेतमा लिई राखेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ ठेउरी वस्ने बर्ष २० को प्रकाश चौधरी को घरमा अवैध लागूऔषध छ भन्ने आशंकाका आधारमा प्रहरी चौकि बाङ्गेसिमलबाट ५ जनाको प्रहरी टोली खटिई गई निजको घरमा चेकजाँच गर्दा निजको साथबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल गर्दा शुद्ध १५० मिलिग्राम बरामद गरी बरामद सामान सहित निजलाई नियन्त्रणमा लिईएको ।
जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-२ कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला नजिकै जुगाड खोला किनारा स्थित जिल्ला जुम्ला गुठिचौर गाउँपालिका-५ बस्ने बर्ष अन्दाजी १९ को नरेन्द्र सार्की, ऐ. ऐ. बस्ने बर्ष अन्दाजी १८ को बिशाल सार्कीलाई लागूऔषध सेवन गरी रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलि र लागूऔषध ब्युरो सहितको संयुक्त प्रहरी टोलि खटिगई, निजहरुलाई फेला पारी रितपुर्वक खानतलासी गर्दा निज नरेन्द्र सार्किको जाकेटको माथिल्लो खल्ति बाट लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ शुद्ध ८६० मिलिग्राम सहित २ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई थप अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-११ चिप्ले स्थित छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत नेपालगंज देखि जाजरकोट तर्फ जादै गरेको भे.१ ख.३६५७ न. को फोर्स गाडिलाई अस्थायी प्रहरी पोष्ट जहरेबाट ४ जनाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निम्न मालसामान हरु बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चु तर्फ पठाईएको , गाडि गन्तब्य स्थान तिर छोडिएको ।निम्न सामानहरू:१. सुपर पावर -१६७४ पिस ।२. कमला पसन्द -६४६ पिस ।३. कुर्ता सुरुवाल सेट -८५ पिस । ४. कुर्ति - ४९ पिस ।५. सेतो सुरुवाल -६ पिस ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० छिन्चु बजार स्थित नेपालगंज देखि सुर्खेत तर्फ आउँदै गरेको क.प्र. ०२००२ प ५५४३ न. को मोटरसाईकल लाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ३ जनाको प्रहरी टोलीले शंका मानि चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका १ बस्ने बर्ष अन्दाजी २७ को दिनेश रसाईली र पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष २३ को सुवास चन्द पहाडी (वि.क.) को साथबाट ५ पुरिया ( नापतौल नगरेको) लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी मोटरसाईकल सहित दुबै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय छिन्चुको नियन्त्रणमा राखिएको ।
जुम्ला,जिल्ला जुम्ला तिला गाउँपालिका-२ घर भई हाल जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-४ भारतीवाडा कोठा भाडा लिई बस्ने बर्ष अन्दाजी २६ को प्रकाश बोहरा , जिल्ला जुम्ला कनकासुन्दरी गाउँपालिका-२ बस्ने बर्ष अन्दाजी २३ को खुम ब रावतले लागूऔषध सेवन गरी रहेको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी टोलि खटिगई निज प्रकास बोहराको कोठामा खानतलासी गर्दा लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल गर्दा शुद्ध ४० मिलिग्राम फेला पारी बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको ।
सुर्खेत, जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका-३ मुलपानि चोक स्थित बिरेन्द्रनगर नगरपालिका-२ फलाटे बाट बिरेन्द्रनगर तर्फ जादै गरेको भे.त ६००२ न. को ट्याक्टरलाई प्रहरी चौकी बाङ्गेसिमलबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा अवैध सालको काठ,अन्दाजी ४ फुटे सालको कोलिया २, अन्दाजी ७ फुटे सालको कोलिया १ र अन्दाजी ८ फुटे सालको कोलिया १ बरामद गरी,ट्याक्टर, ट्याक्टर चालक जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा.२ बस्ने बर्ष अ. ३२ को कृष्ण चौधरीलाई नियन्त्रणमा लिईएको ।
जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-२ बस्ने बर्ष २०/२१ को अमृत भक्रीलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले ऐ. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन अगाडि सडकमा संङकास्पद रुपमा हिडिरहेको अवस्थामा फेलापारी तलासि लिदा निजको साथबाट ट्रामाडोल नामक २५ पत्तामा २५० वटा ट्यावलेट फेला पारी सोधपुछ गर्दा निजले ऐ.बस्ने अ.बर्ष २५/२६ को लक्ष्मण भण्डारीबाट ल्याएको हुँ, भनि भनेको हुदा निजको कोठामा गई खानतलासी गर्दा निजको कोठाबाट २५ पत्तामा २४६ वटा ट्यावलेट फेला पारी निज दुबैलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको ।
दैलेख, जिल्ला दैलेख भैरवी गाउँपालिका-३ कोईराल गाउँ बस्ने रेशम ब. खत्रीको छोरा बर्ष अं. ९ को गगन खत्री ऐ.ऐ. स्थित छामघाट खोलामा बाख्रा गोठालो गएको अबस्थामा ऐ.ऐ. स्थित छाम घाट खोलामा पौडी खेल्ने क्रममा डुवि मृत्यु भएको ।
जुम्ला, जिल्ला जुम्ला गुठिचौर गाउँपालिका-४ उखाडी भन्ने स्थानमा पलनधारा खानेपानी आयोजनाको काम गर्ने क्रममा ऐ ऐ वस्ने केदार अधिकारी को श्रीमति वर्ष ३४ की सत्यदेवि अधिकारी लाई माथि बाट ढुङगा आई ढुङगाले च्यापी घाईते भई उपचारको लागी निजको जेठाजु भुमिचन्द्र अधिकारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला मा लिई आएकोमा उपचारको क्रममा मृत्यु भएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलीखोला पुल स्थित नेपालगंज देखि डोल्पा जादै गरेको क.प्र. ०२००१ ख ००२८ न. को बसलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट चेकिङमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा कुनै पनि बिल नभएको स्टार चामल ११ बोरा ( २५ kg को दरले) २ क्विन्टल ७५ kg चामल र ५० kg चिनि बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुको नियन्त्रणमा राखिएको ।
रूकुम पश्चिम, सम्मानि जिल्ला अदालत रूकुम पश्चिमको लागत नं. ६५३/४१४ को १ वर्ष ४ महिना ८ दिन कैद र ५,०००/- जरिवाना तोकिएको लागूऔषध चरेस मुद्धाको फरार प्रतिवादी जिल्ला रूकुम पश्चिम आठबिसकोट नगरपालिका-३ खदि बस्ने बर्ष अन्दाजी ४२/४३ को कर्ण बहादुर खत्रीलाई निजको घर वतन बाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिम ल्याई राखिएको ।