सवारी दुर्घटना हुदा ५ जनाको मृत्यू, ९ जना घाईते ।
२०८०-०९-०५
रूकुम पश्चिम,जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१० पिरिकोट स्थित
भित्री सडक खण्डमा आठबिसकोट नगरपालिकाकोको कार्यालय राडी बाट भुकम्प पिडितहरुको
अस्थाई घर टहरा निर्माणको लागी जस्तापाता (राहत सामाग्री) लगी ऐ.८ घर्तिगाऊ तर्फ
जादै गरेको चालक जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-०९ जाल्देन बस्ने बर्ष २१
को गोपाल बि.क. ले चलाई ल्याएको (आठबिसकोट नगरपालिकाको) रा १ त १४ नं.को ट्रयाक्टर राती अन्दाजी २२:१५ बजेको समयमा घुम्तिमा मोड्ने क्रममा एक्कासी दुर्घटना हुदाँ सडक देखी अन्दाजी ३० मिटर तलको
मोडमा खस्न गई दुर्घटना हुदा निम्न स्थान बस्ने निम्न ब्यक्तिहरु घाईते तथा मृत्यु
भएको,मृतकको नामावली १. जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका -१० नाउला
बस्ने बर्ष ४६ को लोक बहादुर शाही । २. ऐ.ऐ.बस्ने निज लोक बहादुर शाहीको श्रीमती बर्ष ४२ की
चुकी शाही । ३. ऐ.ऐ. भईडाँडा बस्ने बर्ष ५२ को भद्र सार्की । ४. ऐ.ऐ.८
सार्कीवाडा बस्ने बर्ष ४८ को धनराम सार्की । ५. ऐ.ऐ.बस्ने बर्ष ४७ की निर्मला सार्की । घाईतेहरुको नामावली१. जिल्ला रुकुम पश्चिम आठबिसकोट न.पा-८ बस्ने बर्ष ४१ को
खडक बहादुर पुन,
ढाडमा चोट, अवस्था बोल्न सक्ने । २. ऐ.ऐ.१० बस्ने बर्ष ३८ को रमेश सार्की, वाँया
हातमा चोट, अवस्था बोल्न सक्ने । ३. ऐ.ऐ.८ बस्ने
बर्ष १४ को दल बहादुर पुन,
दुबै हात र घाँटिमा चोट, अवस्था बोल्न सक्ने । ४. ऐ.ऐ.बस्ने बर्ष
५६ को कुमार घर्ती,
ढाडमा चोट, अवस्था बोल्न सक्ने । ५. ऐ.ऐ.बस्ने बर्ष ३४ की रमा गुरुङ (सार्की), टाउको,ढाट र पेटमा चोट, अवस्था बोल्न सक्ने । ६. ऐ.ऐ.बस्ने बर्ष ५१ को जगविर सार्की, छाति
र कोखामा भित्री चोट, अवस्था बोल्न सक्ने । ७. ऐ.ऐ.बस्ने बर्ष
३६ को जय बहादुर घर्ती,
छाति र दुवै खुट्टामा चोट, अवस्था बोल्न सक्ने
। ८. ऐ.ऐ.बस्ने बर्ष
५८ को मने सार्की,
मुखबाट रगत बगिरहेको, अवस्था बोल्न सक्ने ।९. ऐ.ऐ.बस्ने बर्ष ४२ को मदन पुन, दुबै
खुट्टामा चोट, अवस्था बोल्न सक्ने । घाईतेहरुको नगर अस्पताल
आठबिसकोटमा उपचार भईरहेको साथै ट्रयाक्टर घटनास्थलमै रहेको, चालक प्रहरी
नियन्त्रणमा रहेको ।