प्रहरी कार्यालय
जाजरकोट, सम्मानित जिल्ला अदालत जाजरकोटको मिति २०७४।०६।३१ गतेको फैसला आदेशले जबरजस्ती चोरी मुद्दामा ९ दिन कैद र रु,३४६३०।-( अक्षेरूपी चौतीस हजार छ सय तिस) जरिवाना भई फरार रहेको फरार प्रतिबादी जिल्ला जाजरकोट बारेकोट गाउँपालिका-९ बस्ने बर्ष अं.३८ को नारायण सिंह लाई लुकीछीपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी सम्मानित जिल्ला अदालत जाजरकोटमा पेश गरिएको ।
सुर्खेत जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० पञ्चकोशी स्थित एक होटलमा लागूऔषध कारोबार भइरहेको अवस्थामा लागूऔषध ब्युरो कर्णाली प्रदेशबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका-६ बस्ने बर्ष ३८ को बिकास गौतमको साथबाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ नाप तौल नगरीएको ५२ पुडिया लगायत कोठा बाट लागूऔषध नाप तौल गर्न प्रयोग गरिने डिजिटल तराजु थान-१, मोबाईल थान-१, पिलेट थान-१, नगद रु ६१००/-(अक्षेरुपी छ हजार एक सय) सहित मानिस नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ।
सुर्खेत,जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका-५ बबई चेक पोष्टमा प्रहरी टोली नेपालगञ्जबाट सुर्खेत तर्फ आउदै गरेको सवारी साधनहरु चेकजाँच गर्ने क्रममा निम्न सवारी साधनहरुबाट बाट भन्सार छलि गरी ल्याएको निम्न अबैध सामानहरु बरामद गरि अस्थायी प्रहरी पोष्ट बबईमा ल्याई राखिएको गाडी गन्तव्य स्थान तर्फ छाडिएको ।निम्न सामानहरूः-१) लु.प्र०३-००१ख००२३ फोर्सबाट प्याज ३०० के.जि , कमला पसन्द (गुटखा ) ६० प्याकेट, २) क.प्र ०२००१ ख ०४४० फोर्सबाट चिनि अ.७५ के.जि ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई स्थित रत्नराजमार्गमा अस्थायी प्रहरी पोष्ट बबई र लागूऔषध ब्यूरो कर्णाली प्रदेशबाट खटिएको संयुक्त प्रहरी टोलिले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको भे.१ख ४११४ न. को फोर्स गाडिलाई चेकजाँच गर्ने क्रममा उक्त गाडिमा सवार जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ वस्ने वर्ष २२ को मदन वादी लाई शंका लागि चेकजाँच गर्दा निजको साथ बाट लुकाइ छिपाइ राखेको नाप तौल नगरेको लागू औषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ १ पुडिया फेला पारी नियन्त्रण लिई थप अनुसन्धान भईरहेको ।
रूकुम पश्चिम, सम्मानित जिल्ला अदालत रुकुम पश्चिमको लगत नम्बर ७७१ मिति २०८०।०५।२१ गतेको फैसला अनुसार जबरजस्ती करणी उद्योग मुद्दामा एक बर्ष कैद तोकिएको फरार प्रतिबादी जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-७ साँख बस्ने बर्ष २६ को राजु कामीलाई निजकै घरबाट पक्राउ गरि सम्मानित जिल्ला अदालत रूकुम पश्चिममा उपस्थित गराईएको ।
सुर्खेत, सम्मानित जिल्ला अदालत सुर्खेतले बालयौन दुर्व्यवहार मुद्दामा २ महिना ९ दिन कैद ५,०००/- जरिवाना र ५०,०००/- क्षतिपूर्ति तोकेको फरार प्रतिवादी जिल्ला दैलेख दुल्लु नगरपालिका-९ धामीगाउँ घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ बस्ने बर्ष २२ को सुरेश कुमार बुढालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी सम्मानित अदालतमा बुझाउने कार्य भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ हटिया लाईन स्थित ऐ.५ बस्ने बर्ष ३१ को बिनोद के.सी. लाई लागूऔषध ब्यूरो सुर्खेत बाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथ बाट (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ नाप तौल नगरीएको १ पुडिया र निजको कोठा बाट पलाष्टिक भित्र केहि मात्रामा धुलो पदार्थ, कैची, धागो र मोबाईल थान १ सहित निज लाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ स्थित तातापानी शिवशक्ति टोल स्थायी घर भई सोहि स्थान बस्ने बर्ष २८ को राज कुमार बि.सी.को घरमा शंका लागी लागूऔषध ब्युरो सुर्खेत बाट र जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट खटिएको प्रहरी टोलिले निजको घरको कोठामा चेकजाँच गर्ने क्रममा लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ निलो प्लास्टिकमा हरियो डोरिले बाधेको सानो, ठुलो गरि ३३ पुडिया, लागूऔषध बनाउन प्रयोग गर्ने प्लेट-१२ थान, कैँची -१३ थान, पुडिया बाध्न प्रयोग गर्ने धागो -१४ थान र नगद रु- ८,५००/-(अक्षरूपि आठ हजार पाँच सय) सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।
सुर्खेत जिल्ला सुर्खेत बराहताल गाउँपालिका-१ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-४ स्थित कोठा भाडा गरी बस्ने बर्ष १९ को एक व्यक्तिलाई लागूऔषध ब्युरो सुर्खेतबाट खटिएको प्रहरी टोलीले शंका लागी चेक जाँच गर्दा निजको साथ बाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो सेतो धुलो पदार्थ १ पुडिया र निजको कोठामा खान तालासी गर्दा १ पुडिया गरी नाप तौल गर्दा १८० मिलिग्राम सहित निजलाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-११ पिपिरा चोक स्थित सोही चोकमा डिउटीमा खटिएको प्रहरी टोलिले निम्न स्थान बस्ने निम्न व्यक्तीहरु लाई शंकालागी चेकजाँच गर्ने क्रममा निम्न बस्तु सहित ३ जना मानिसलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।निम्नः- १) जील्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ बस्ने बर्ष १७ को टेक ब.वली । २) ऐ.ऐ.बस्ने बर्ष १६ को किरण मगर । ३) ऐ.ऐ.बस्ने बर्ष १५ को रमेश रोकाय निज हरुको साथ बाट ७ पोका गाँजा र प्रिगा १० ट्याब्लेट, कफ्डी १० ट्याब्लेट औषधी (नसाको रुपमा प्रयोग हुने ) फेला परेको ।
सुर्खेत, जिल्ला सम्मानित जिल्ला अदालत सुर्खेतको लगत नं.००४४५ को मिति २०७९।०९।२५ गते १ बर्ष कैद र २००००/-( बीस हजार) जरिवाना तोकिएको ज्यान मार्ने उद्योगको फरार प्रतिबादी वीरेन्द्रनगर नगरपालिका-१२ बस्ने बर्ष २२ को सुनिल बादि लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिई सम्मानित अदालतमा पेश गर्ने कार्य भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका-५ बबई स्थित चेक पोष्टमा खटिएको प्रहरी टोलीले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको क.प्र.०२-००१ख०१०० न.को फोर्स गाडी लाई चेकजाँच गर्दा कुनै पनी विल भरपाई नभएको अ.४० के.जी. चिनी र २५ के.जी. प्याज बरामद गरी उक्त पोष्टमा ल्याई राखिएको ,सवारी साधनलाई गन्तब्य तर्फ पठाईएको ।
सुर्खेत,जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई चेक प्वाईन्ट स्थित अस्थायी प्रहरी पोष्ट बबईबाट खटिएको प्रहरी टोलिले नेपालगञ्ज देखि सुर्खेत तर्फ आउँदै गरेका निम्न सवारी साधनहरुलाई चेक जाँच गर्ने क्रममा अबैध भन्सार छलि गरि ल्याएको निम्न मालसामानहरु बरामद गरि उक्त पोष्टमा ल्याई राखीएको, सवारी साधनहरु लाई गन्तव्य तर्फ पठाईएको ।निम्नः-१. भे१ज१३२०नं. को जिपबाट -कुर्ता सुरुवाल -८ पिस, कुर्ती -८पिस, चामल-२ बोरा ५० के.जि.,२. लु२ख ५७३२ नं. को फोर्सबाट -चिनि ५० के.जि, सुपरपावर सुर्ती २० पोका ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई चेक प्वाईन्ट स्थित अस्थायी प्रहरी पोष्ट बबईबाट खटिएको प्रहरी टोलिले निम्न सवारी साधनहरुलाई चेक जाँच गर्ने क्रममा अबैध भन्सार छलि गरि ल्याएको निम्न मालसामानहरु बरामद गरि उक्त पोष्टमा ल्याई राखीएको, सवारी साधनहरु लाई गन्तव्य तर्फ पठाईएको ।निम्नः- १) बा. ५ख ६२०६ नं. को फोर्स बाट चिनि १२५ के.जी., २) लु.२ख ५७ ८४ नं. को फोर्स बाट चिनि २५ के.जि. प्याज ३० के.जि., ३) ना. ३ख. ४२७५ नं. को फोर्स बाट चिनि ११० के.जि.,केराउ ३० के.जि., सुपर पावर ७५ पोका,४) भे.१ज. ९२१ जीप बाट चिनि ४० के.जि., सुपर पावर २५ पोका,५) ना.४ख. ४६३९ बस बाट कुर्ता सुरुवाल ११५ पिस,६) ना. ५ ख. ५६०८ फोर्स बाट प्याज १०० के.जि., ७) लु. २ख. ४९७८ हाईस बाट चिनि ७५ के.जि. ।
सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालतको मिति २०७९।०३।२९ गतेको फैसला कार्यान्वयनको लागि लगत नं. ००२८२ मा ठगी मुद्धामा ११ महिना १० दिन कैद र रू. १०,०००/- (अक्षेरूपी रू दश हजार), सरकारी वा सार्वजनिक लिखत कृते मुद्दामा १ वर्ष कैद रू १०,०००/- (अक्षेरूपी दश हजार) जरिवाना तोकिएको फरार प्रतिवादी वर्ष ३० को कविर खानलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित आफ्नै घर वतनबाट पक्राउ गरी सम्मानित अदालतमा पेश गर्ने कार्य भईरहेको ।
मुगु, सम्मानित जिल्ला अदालत मुगुको मिति २०७८।०६।०४ गतेको फैसला बमोजिम लागु औषध (खैरो हिरोईन) मुद्धामा ४ (चार) महिना कैद सजाय तोकी फरार रहेको जिल्ला जुम्ला कनकासुन्दरी गाउँपालिका-१ स्थाई ठेगाना भई हाल जिल्ला मुगु छाँयानाथ रारा नगरपालिका वडा न. २ गमगढी बस्ने बर्ष ३० को नबक्रेज बुढालाई जिल्ला मुगु छाँयानाथ रारा नगरपालिका-२ न्युरोड बजारमा लुकिछिपि बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी सम्मानित अदालतमा पेश गर्ने कार्य भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत बराहताल गाउँपालिका-२ पाम्का बस्ने बर्ष ५९ को ऐन ब.राना साँघुरे सामुदायिक बनमा घाँस काट्न गएको अवस्थामा उक्त बनमा आगलागी भएको अवस्थामा सोही आगोमा परी निजको पुरै शरिर जली घाईते भई उपचारको लागी कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतमा ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको ।
सल्यान, जिल्ला सल्यान कपुरकोट गाउँपालिका-०६ सिनवांङ बस्ने जबरजस्ति करणी मुद्दा (चालु मुद्धाको) फरार प्रतिवादी वर्ष अ.५० को खल ब. महतरा लाई खोजतलास गर्दै जाँदा ऐ.ऐ स्थित घर बाट जंगल जादैँ गर्दा बाटो बाट पक्राउ गरी ईलाका प्रहरी कार्यालय लुहाममा ल्याई सम्मानित अदालतमा बुझाउने कार्य भईरहेको ।