प्रहरी कार्यालय
जिल्ला सल्यान बागचौर नगर पालिका वडा नं. ९ डाँगीगाउ बस्ने अन्दाजि बर्ष ५२ को ईमान डाँगीले माधक पदार्थ सेवन गरी आफ्नै घरमा २५० मि.ली. को बोतलमा राखेको सेनिटाईजर सेवन गरी बेहोस भई सहज पोलिक्लिनिक बागचौर थारमारेमा ल्याइ सामान्य उपचार पश्चात थप उपचारको लागी जिल्ला अस्पताल सल्यानमा ल्याएकोमा थप उपचारको लागी नेपालगंज बाँके रिफर भएको अबस्था मध्यम हल्का बोलिरहेको ।
जिल्ला सुर्खेत बीरेन्द्रनगर नगर पालिका वडा नं. १० घुस्रा स्थित बामेखोला बाट तिनकुने तर्फ खुद्रा सामान लोड गरी आउदै गरेको भे १ ख १५२८ नं. को मिनि ट्रकले ठक्कर दिई घाईते बनाएको जिल्ला सुर्खेत बीरेन्द्रनगर न.पा.११ बस्ने बर्ष अं. ४०/४२ को कृष्ण चौधरि बाँया खुट्टा र शरिरको बिभिन्ना भागमा चोट अबस्था सिरियस र जिल्ला सुर्खेत बीरेन्द्रनगर न.पा. १० बस्ने बर्ष अं.४९ को बुद्धिराम थारुलाई बाँया हातको औलामा चोट अबस्था सामान्य, बिजुलिको पोल भाँचिएको, दुबै जना घाईतेभई माया नर्सिङ होम सुर्खेतमा उपचार भईरहेको, ट्रक र ट्रक चालक जिल्ला जुम्ला चन्दननाथ नगरपालिका वडा नं. ३ घर भई हाल बीरेन्द्रनगर नगरपालिका वडा नं. १० बस्ने बर्ष ३६ को रबि सार्कीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा लिएको । ऐ. ११:१० बजेको समयमा जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं.११ बस्ने अं. बर्ष ४०/४२ को कृष्ण चौधरी बाँया खुट्टा र शरिरको बिभिन्न भागमा चोट अबस्था सिरियस माया नर्सिङ होम सुर्खेतमा सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको । बर्ष ४९ को बुद्धिराम थारुलाई माया नर्सिङ होम सुर्खेतमा सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचार भईरहेको ।