प्रहरी कार्यालय
जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-५ स्थित जुम्ला गुठीचौर गाउँपालिका-३ बस्ने बर्ष १९ को तपेन्द्र बुढथापा ले लागूऔषध बिक्री बितरण तथा साथमा बोकी हिडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले निज लाई नियन्त्रण मा लिने क्रममा निज को साथमा भएको लागूऔषध ब्राउन सुगर जस्तो देखिने पलाष्टिक मा बेरेको चिज एक्कासी आफ्नो मुखमा हाली निलेको अबस्थामा तत्काल निज लाई प्रहरी टोली ले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला मा लिई उपचार गराउने क्रममा ऐ ऐ १७ : ५० बजे बजेको समयमा निजले बान्ता गर्दा निज को मुख बाट प्लाष्टिक ले बेरेको ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ४ पुरिया निस्केको हुदा उक्त लागूऔषध जस्तो देखिने पदार्थ बरामद गरी निज तपेन्द्र बुढथापा लाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको ।
कालिकोट, जिल्ला कालिकोट शुभकालिका गाउँपालिका-१ एस-मोड स्थित कर्णाली नदिमा माछा मार्न थापेको पासा निकाल्न जाने क्रममा जिल्ला कालिकोट पलाता गउँपालिका-९ घर भई हाल ऐ. खाडाचक्र नगरपलिका-२ जितेगाडा होटल गरी बस्ने बर्ष ४८ को हरिकृष्णा बम ढुङगामा चिप्लन गई अं.१०मिटर तल खस्न जाँदा निजको घट्नास्थलमा नै मृत्यु भएको ।
सुर्खेत, जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-८ मेहलकुना बजार स्थित ऐ.ऐ.बस्ने बर्ष २८ को प्रविन नेपाली लागूऔषध कारोबार गरी कोठामा लुकिछिपि बसेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ६ जनाको प्रहरी टोलीले निजलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा प्रविन नेपालीको साथबाट लागूऔषध व्राउन सुगर जस्तो देखिने रातो प्लाष्टिकले बेरेको प्लाष्टिक सहित २.१२० मिलिग्राम शुद्द (नापतौल गर्दा ०.८४० मिलिग्राम) सहित निजलाई नियन्त्रणमा लिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलीखोला स्थित ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ७ जनाको प्रहरी टोलीले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको लु,१ ख. ७३३६ नं.को बसलाई चेकजाचँ गर्दा कुनै पनि बिल नभएको कोट बनाउने कपडा ३ रोल वरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको, अन्दाजी मुल्य रु २७,२००/(अक्षररुपि सत्ताईस हजार दुई सय) रहेको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-११ चिप्ले स्थित डिउटीमा खटिएका ३ जनाको प्रहरी टोलीले नेपालगंज देखि बोटेचौर तर्फ जादैँ गरेको क.प्र. ००३१ नं. को फोर्स गाडी लाई चेकजाँच गर्दा कुनै पनि बिल नभएको अ.३.५ क्वीन्टल चिनी बरामद गरी तालुक ईलाकाप प्रहरी कार्यालय छिन्चु सुर्खेत पठाईएको, गाडिलाई गन्तब्य तर्फ पठाईएको ।
सुर्खेत, जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका-५ बाबियाचौर स्थित ईलाका प्रहरी कार्यालय बाबियाचौर बाट खटिएको ५ जनाको प्रहरी टोलीले सदरमुकामबाट बिजौरा तर्फ जादै गरेको क.प्र.०२००१ क.०१०९ नं. को मिनिट्रक लाई चेकजाचँ गर्दा कुनै पनि बिल नभएको चिनी ८ क्वीन्टल ५० के.जी. अन्दाजी मुल्य रु. १,०५,४००-/ (अक्षरुपी एक लाख पाँच हजार चार सय मात्र ) र सुपर पावर सुर्ती २६२८ पोका अन्दाजी मुल्य रु.३९,४२०-/ (अक्षरुपी उनान्चालिस हजार चार सय बीस मात्र) बराबरको अन्य खुद्रा सामानको मुल्य नखुलेको मिनिट्रक र चालक जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-१ बस्ने बर्ष २३ को जिवन सापकोटा , सामान बिक्रि गर्ने ऐ.ऐ.बस्ने बर्ष २५ को यामलाल आचार्य र ऐ.ऐ. बस्ने बर्ष १७ को देबराज रावत लाई नियन्त्रणमा राखिएको ।
जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-७ महतगाउँ स्थित ऐ. ऐ. बस्ने बर्ष २० को लक्ष्मण बम, ऐ. ऐ. बस्ने बर्ष अन्दाजी १८ वर्षको कपिल महत र ऐ. ऐ. १० बस्ने बर्ष ४० को प्रकाश न्यौपाने सडकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लक्ष्मण बम को कालो झोला भित्र रहेको निज ले लगाउने सर्ट को बायाँ खल्तीमा हरियो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (नापतौल गर्दा ४० मिलिग्राम शुद्ध) पुरिया र प्रकाश न्यौपाने को कालो झोलामा हरियो प्लाष्टिक भित्र ३० वटा nitrazepam लेखेको औषधि जस्तो ट्याब्लेट फेला पारी रितपुर्वक बरामद गरी मानिस सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई आवश्यक अनुसन्धान भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ पिपिरा देखि गाग्रेताल जाने सड्क खण्डमा चन्द्रा ईन्जिनियरिङ वर्कसापको कामदारहरू बस्ने कोठामा ऐ.ऐ. बस्ने बर्ष २८ को प्रवेश सापकोटा, जिल्ला दैलेख भैरवी गाउँपालिका-३ बस्ने बर्ष १७ र ऐ.ऐ. बस्ने वर्ष १८ को बालकलाई लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ प्लाष्टिकको थैला काटि प्याक गरी रहेको छन भन्ने सुचनाको आधारमा प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरी टोलीले निजहरुलाई चेक जाँच गर्ने क्रममा निजहरुले बनाई रहेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ५ पुडिया (नापतौल गर्दा ७७० मिलिग्राम) बरामद गरि नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
जुम्ला, सवारी ज्यान मुद्दामा सम्मानित जुम्ला जिल्ला अदालत जुम्लाको २०७८।१०।१० को फैसला अनुसार ५ महिना ४ दिन कैद सजाय तोकिएको फरार प्रतिबादी जिल्ला जुम्ला पातारासी-३ बस्ने गोरख बहादुर बुढाको छोरा बर्ष २५ को अशोक बुढा लाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिईएको प्रहरी टोलीले जिल्ला जुम्ला पातारासी-३ स्थित आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको ।
जुम्ला, लेनदेन बिगो भराउने मुद्दामा सम्मानित जिल्ला अदालत जुम्लाको फैसला अनुसार ४ महिना १५ दिन कैद सजाय तोकिएको फरार प्रतिबादी जिल्ला जुम्ला पातारासी ३ बस्ने गोर बहादुर रावत को छोरा बर्ष ४८ को टेक बहादुर रावत लाई प्रहरी चौकि डिल्लिचौर बाट खटिईएको प्रहरी टोलीले जिल्ला जुम्ला पातारासी ३ चौरगाउ मा हिडिरहेको अवस्थामा फेला पारी प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका-९ जात्री स्थित आफ्नै घरमा लुकिछिपि बसेको अवस्थामा सम्मानित सुर्खेत जिल्ला अदालतको लागत नं. २३२७ , २० बर्ष कैद र २,००,०००( दुई लाख जरिवाना) तोकिएको मानब बेचबिखन तथा ओसार पसार मुद्दाको फरार प्रतिबादी बर्ष ३० को खिम ब. बि.क लाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ५ जनाको प्रहरी टोलिले पक्राउ गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत बराहताल गाउँपालिका-१ श्रीचौर स्थित सम्मानित सुर्खेत जिल्ला अदालतको लागत नं.१०१० को दुनिया वादी फौजदारी विविध मुद्दा शिर्षकको फरार प्रतिवादी जिल्ला सुर्खेत वराहताल गाउँपालिका-१ बस्ने बर्ष ३७ को मनोज कुमार सलामीलाई निजको घरमा लुकिछिपि बसिरहेको अवस्थामा प्रहरी चौकी रानिघाट सुर्खेतबाट खटिएको ५ जनाको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ गुरुङचोक स्थित ऐ. बस्ने बर्ष २० को अमर देसुवाको घरमा तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत लागूऔषध व्युरोबाट र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा अमर देसुवाको साथबाट २ पुडिया र निज संगै बसेको ऐ. बस्ने बर्ष १८ को निशान भन्ने निर्भिस थापा मगरको साथबाट ३ पुडिया ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नगरेको जम्मा ५ पुडिया लागूऔषध बरामद गरी उल्लेखित २ जना ब्यक्तिलाई नियन्त्रणमा लिएको, उक्त लागूऔषध नापतौल गर्दा शुद्द ९८० मिलीग्राम रहेको ।
सुर्खेत, सम्मानित जिल्ला अदालत सुर्खेतको लगत नं. ३०६२ को मिति २०७९।०२।१३ गतेको फैसलाअनुसार २ बर्ष कैद सजाय तोकिएको लेनदेन मुद्दाको फरार प्रतिवादी जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ बस्ने बर्ष ४३ को सन्तोष कुमार सुनार लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
रूकुम पश्चिम, सम्मानित जिल्ला अदालत रूकुम पश्चिमको लागत नं.९८३,९८४ र १०८८ को ३ बर्ष ७ महिना १० दिन कैद र रु ४,५०,०००/- ( चार लाख पचास हजार ) जरिवाना तोकिएको बैदेशिक रोजगार मुद्वाको फरार प्रतिवादी जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका-१ बस्ने हर्ष बहादुर गिरीको छोरा बर्ष अं.३८/३९ को रुपेशराज गिरी लाई निजको घर वतन बाट पक्राउ गरी निज लाई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तालबारी स्थित रत्नराजमार्गमा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ३ जनाको प्रहरी टोलिले तालबारी बाट जहरे तर्फ आउदै गरेको भे. १ ह. ४८८४ नं.को अटोलाई चेकजाँच गर्दा कुनै पनि बिल नभएको १७५ के.जी. अ. मुल्य रु २१,००० /- (एक्काईस हजार ) बराबरको चिनि बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको ।
जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका -१० तोलीखोला स्थित पुलमा ईलाका प्रहरी कार्यालय, छिन्चुको प्रहरी टोलीले नेपालगंजबाट सुर्खेत तर्फ आउदै गरेको भे. ७ प. ८८९७ न. को मोटर साइकललाई शंका लागी चेकजाँच गर्ने क्रममा मोटर साइकल चालक जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका-७, ईत्राम बस्ने बर्ष अन्दाजी १७ को राकेश दाहालको माथि लगाएको ज्याकेटको पाकेटमा सेतो कागज भित्र लुकाई छिपाई राखेको नाप तौल नगरेको ९ ( नौ ) पुडिया लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र सेतो प्लाष्टिक भित्र धुलो पद्धार्थ सहित पछाडि सवार ऐ.ऐ. बस्ने बर्ष अन्दाजी १७ को निर्मल बि.क. लाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका-५ विद्युत कार्यालय नजिक रहेको भित्री सडक खण्ड अन्तर्गत सडक छेउमा बेवारिसे अवस्थामा रहेको ५ बोरा चिनि अन्दाजी तौल २५० के.जी.(अन्दाजी मुल्य रु ३१०००/-(एकतीस हजार ) बराबरको सामान ईलाका प्रहरी कार्यालय बाँबियाचौरबाट खटिई गएको २ जनाको प्रहरी टोलिले बरामद गरी ईलाका प्रहरी कार्यालय बाबियाचौरमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका -४ बबई स्थित अस्थायी प्रहरी बिट बबईको चेक पोष्टमा खटिएको ५ जनाको प्रहरी टोलीले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको भे. १३ प. २६९७ न. को स्कुटीलाई शंका लागी चेकजाँच गर्ने क्रममा स्कुटी चालक जिल्ला जाजरकोट बारेकोट गाउँपालिका-९ बस्ने बर्ष अ. २५ को कमल गौतम र पछाडि सवार ऐ. नलगाड नगरपालिका-७ बस्ने बर्ष २१ को महेन्द्र वलीले पछाडि बोकेको ल्यादरको झोला भित्र रहेको सेतो कलरको बक्स पाईन्टको दाँहिने पट्टिको गोजिमा सेतो कागज भित्र लुकाई छिपाई राखेको नाप तौल नगरेको ४ ( चार ) पुडिया लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी तालुक ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको ।