प्रहरी कार्यालय
रूकुम पश्चिम, जिल्ला रुकुम पश्चिम त्रिवेणी गाउँपालिका- १० बर्नेटि बस्ने जबरजस्तिकरणी उद्योग मुद्वाको फरार प्रतिवादी बर्ष ४२ को मेवालाल वलीलाई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिई गएको प्रहरी टोलिले निजकै घर वतन बाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलि खोला पुल स्थित रत्न राजमार्गमा ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट खटिएको प्रहरी टोलिले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको बा.५ ख ८७८० र बा.११ च. ९६३४ नं. को फोर्स गाडीलाई चेकजाचँ गर्दा कुनै पनि बिल नभएको ६ बोरा चामल र २२ बोरा चिनि अं. मुल्य रु. ३१००० बराबरको सामान बरामद गरी राखिएको गाडिलाई गन्तव्य स्थान तर्फ छाडिएको ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-१० स्थित लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको ५ जना को प्रहरी टोली र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ३ जना प्रहरी टोलीले गोप्य सुचनाको आधारमा जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-८ बस्ने बर्ष २६ को खगेन्द्र सारुको साथमा लुकाई छिपाई राखेको नाप तौल नगरेको १५ ( पन्ध्र ) पुडिया लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यलय सुर्खेतमा ल्याई राखिएको ।
कालिकोट, सम्मानित जिल्ला अदालत जुम्लाबाट मिति २०८०।०६।२१ गतेको पत्रले पक्राउ अनुमति प्राप्त भई हालसम्म फरार रहेका मानब बेचबिखन तथा ओसारपसार मुद्दाको प्रतिवादी शुभकालिका गाउँपालिका-८ स्वाडागाँउ बस्ने बर्ष अन्दाजी ३० को दिपक ब.शाहीलाइ प्रहरी चौकी हाउडीबाट खटिएको ४ जनाको प्रहरि टोलिले निजकै घरमा फेला पारि नियन्त्रणमा लिएको ।
जाजरकोट, सम्मानित जिल्ला अदालत जाजरकोटको मिति २०८०।०३।२० गतेको फैसलाले १९ दिन कैद र रु ८३४।- रुपैया जरिवाना भई फरार रहेको अपराधिक उपद्रव सम्वन्धी कसुरको कैदी जिल्ला जाजरकोट कुशे गाउँपालिका-४ घर भई हाल भेरी नगरपालिका-४ रानागाँउ बस्ने बर्ष २५ को भरत कुमार बुढालाई जिल्ला प्रहरी कार्यालय जाजरकोट वाट खटिएको प्रहरी टोलीले ऐ. स्थित भेरीनगरपालिका-४ बसपार्कबाट फेला पारी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याई जिल्ला कारागार कार्यालय जाजरकोटमा बुझाएको ।
कालिकोट, जिल्ला कालिकोट खाडाचक्र नगरपालिका-२ जितेगडा बाट सदरमुकाम मान्म तर्फ आउदै गरेको भे १च ४३९१ नं.को बोलेरो गाडिलाई ऐ.०२ हुल्मा पोष्ट नजिकै ३ जनाको प्रहरी टोलिले चेकजाँच गर्नेक्रममा जिल्ला बहराइज मोतिपुर रहनि भारत बस्ने सेवालाल कस्यापको छोरो बर्ष अ.२५ को अभिषेक कुमार कस्यापको झोलाबाट कालो पलाष्टिकमा धागोले बाधेर राखेको सानो पोका थान-१ मा लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (तौल हुन बाँकी) फेला पारि निज सहित शंकास्पद २ जनालाई समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कालिकोट ल्याई राखिएको ।
जुम्ला, सम्मानित जुम्ला जिल्ला अदालत जुम्लाको मिति २०८०।०३।०७ गतेको फैसला अनुसार लागूऔषध (ब्राउन सुगर) मुद्दामा ४ महिना १६ दिन कैद सजाय तोकिएको फरार प्रतिबादी जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-१० गैरागाँउ बस्ने बर्ष २१ को बिजय महरीलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिई गएको प्रहरी टोलिले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको ।
जाजरकोट, सम्मानित जिल्ला अदालत जाजरकोटको मिति २०८०।०३।२० गतेको फैसलाले १९ दिन कैद र रु १,८३४।- रुपैया जरिवाना भई फरार रहेको अपराधिक उपद्रव सम्वन्धी कसुरको कैदी बर्ष २२ को सुदिप खड्का लाई जिल्ला प्रहरि कार्यालय जाजरकोट बाट खटिई गएको प्रहरी टोलिले निजको घर वतनबाट फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याई राखिएको ।
जुम्ला, जिल्ला जुम्ला सिजा गाउँपालिका-२ रणुखाना बस्ने बर्ष ३७ को शंकर भन्ने किङकट राज शर्मा बुद्धको मुर्ती चोरी मुद्दामा ३५००० जरिवाना, ६ महिना २९ दिन कैद सजाय तोकिएको फरार प्रतिवादी लाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको ८ जनाको प्रहरी टोलीले निज लाई निज को घर वतन मा फेला पारी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलीखोला स्थित ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट खटिएको ८ जनाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको बा२ ख१४०० नम्बरको फोर्स गाडिलाई चेकजाँच गर्दा कुनै पनि बिल नभएको अन्दाजी ३ क्विन्टल चिनि बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको गाडिलाई गन्तव्य स्थान तर्फ छोडिएको ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-८ खजुरा स्थित ऐ. बस्ने बर्ष ५५ की बालसरा कार्किको घरमा तालुक कर्णाली प्रदेश सुर्खेत लागु औषध ब्युरोबाट खटिएको प्रहरी टोलि र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलिले बिशेष सुचनाको आधारमा चेकजाँच गर्दा निज बालसरा कार्कि सुत्ने कोठामा राखेको लेडिज ब्यागबाट नापतौल गर्दा शुद्ध तौल ४४० मिलिग्राम रहेको लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ, नगद रु.२१९०००/- (दुई लाख उन्नाईस हजार ), सानो डिजिटल तराजु थान-१ र निज बालसरा कार्कि, निजको छोरा बर्ष १८ को परमेश्वर कार्कि सहित जम्मा २ जना नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
जुम्ला, सम्मानित जिल्ला अदालत जुम्लाको मिति २०८०।०३।०७ गतेको फैसला अनुसार ४ महिना १६ दिन कैद सजाय तोकिएको फरार प्रतिवादी जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-१० गैरागाँउ बस्ने बर्ष अन्दाजी २७ को राजुराज न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले फेला पारी प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-५ श्रीनगर टोलस्थित लागु औषध ब्युरो शाखा कार्यालय सुर्खेत बाट खटिएको ५ जनाको प्रहरी टोलीले ऐ.ऐ.बस्ने बर्ष अन्दाजी २२ को होम बहादुर थापा र ऐ. बस्ने मदन बुढा थापा निज मदन बुढाथापाको घरमा शंकास्पद रूपमा बसिरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा निजको साथबाट लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ नाप तौल गर्दा शुद्ध तौल ३९० मिलिग्राम बरामद गरी होम ब. थापालाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखेको, मदन बुढा थापा भागी फरार रहेको खोजतलास कार्य भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-१२ चेक प्वाईन्टमा प्रहरी चौकि सुब्बाकुनाबाट खटिएका ३ जनाको प्रहरी टोलिले नेपालगञ्ज बाट सुर्खेत तर्फ जादै गरेको क.प्र.००४६ न. को फोर्स गाडीलाई चेकजाँच गर्ने क्रममा जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-१२ बस्ने कमला शाहिले ल्याएको कुनै पनि बिल नभएको चिनि अ. १ क्विन्टल ७० के.जी बरामद गरी राखेको, गाडि गन्तब्य स्थल तर्फ पठाईएको ।
मिती २०८०।०६।१३ गते ८:३५ बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ भैरवस्थान स्थित आमाको भान्साघर अगाडी ऐरिचोकबाट मूलपानी तर्फ जादै गरेको तत्काल नं. नखुलेको मोटरसाईकलले पैदलयात्री जिल्ला दैलेख आठबिस नगरपालिका वडा नं-६ खिड्कीजिउला स्थायी वतन भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं.४ बस्ने वर्ष ६ को टेक दर्शन पुरीलाई एक्कासी ठक्कर दिई सख्त घाईते बनाई मोटरसाईकल सहित फरार रहेको र निज घाईतेलाई तत्काल उपचारको लागी कर्णाली केयर अस्पतालमा लगेकोमा उपचारकै क्रममा ८:४५ बजे अस्पतालले मृत घोषणा गरेको । उक्त घटनाको जानकारी हुनासाथ कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी बरिष्ठ नायव निरीक्षक नारायण शर्माको कमाण्डमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय समेतको टोली परिचालित भई तदारूकताका साथ फरार व्यक्ति र मोटरसाईकलको खोजतलास गर्दै जाँदा आज मिती २०८०।०६।१४ गते १७:३० बजेको समयमा गुर्भाकोट नगरपालिका वडा नं. १४ भर्लेनी भन्ने गाउँमा आफ्नै घरमा दुर्घटना गरेको मोटरसाईकल लुकाई आफुसमेत लुकिछिपी बसेको अवस्थामा वर्ष ३१ को अर्जुन पुन र निजले दुर्घटना गराएको SUZUKI कम्पनीको प्रदेश ३ -०२००२ प ९२०३ नं. को मोटरसाईकललाई प्रहरी टोलीले फेला पारी पक्राउ गर्न सफल भएको । निज फरार अभियुक्तलाई मोटरसाईकल सहित थप अनुसन्धान र कानूनी कारवाहिका लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याईएको ।
जाजरकोट, जिल्ला जाजरकोट कुशे गाउँपालिका-२ टालेगाँउ बस्ने बर्ष ५६ को डिल ब.सिंह को साथवाट ऐ.टालेगाँउ र छेडागाड नगरपालिका-७ टिकाचौरको सिमाना हाडेखोला स्थित वाट जिल्ला दैलेख नौमुले गाउँपालिका वतन भएका बर्ष अं.१८/१९ को अर्जुन रोका र निजको मामा बर्ष अं.३०/३२ को बिषाल भन्ने बिक्रम थापाले निज डिल बहादुर सिंहको साथ वाट नगद रु १२०,०००।-(एक लाख विस हजार),सुनको औठी थान १ र सादा किप्याड मोवाईल थान १ चोरी गरी फरार रहेकोमा निजहरु लाई मिति २०८०।०६।१३ गते ०९:२५ बजे अस्थायी प्रहरी पोष्ट वबई सुर्खेतले नियन्त्रणमा लियको ।
सुर्खेत, जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका-६ रंगशाला जंगलमा लुकाई छिपाई राखेको अबैध सुपर पावर सुर्ति जम्मा १६२ पोका ( १ पोकामा १८ पिस) जम्मा २९१६ पिस ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलिले फेला पारि बरामद गरी ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-१२ श्रीनगर टोल नजिक सरस्वती टोल बाट पृतना तर्फ जादै गरेको क.प्र.०२००२ प १४४८ न. को मोटरसाईकलले पैदल यात्री ऐ. बस्ने सन्जु थापाको छोरा बर्ष ३ को सज्जन सिजालीलाई ठक्कर दिदा सज्जन सिजालीको निधार र टाउकोमा चोट अवस्था मध्यम रहेको, देउती नर्सिङ होममा उपचार भईरहेको, उपचारमा आमा रहेको, उक्त स्थानमा ३ जना प्रहरी टोली खटिएको मोटरसाईकल चालक ऐ.१३ बस्ने बर्ष २६ को धिरज सारु मगर र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको ।
डोल्पा, जिल्ला डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका-६ फुल्चिङ बस्ने कर्ण बहादुर चलाउनेको छोरा बर्ष अन्दाजी ३२ को तिलक चलाउने घर नजिकै रहेको सल्लोको रुखमा चढ्ने क्रममा रुखमा रहेको अरिङगालले टोकी घाईते भएकोले ऐ. १९:०० बजेको समयमा स्थानिय स्वास्थ्य चौकी त्रिपुराकोटमा उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल दुनै डोल्पामा ऐ.२२:१५ बजे ल्याई उपचार भईरहेकोमा उपचारकै क्रममा ऐ.२३:०० बजेको समयमा जिल्ला अस्पताल दुनै डोल्पाले मृत्यु भएको भनि मृत घोषणा गरेको ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-२ ठउरीबाट ऐ. बस्ने बर्ष ३० को भिम रावतलाई सम्मानित जिल्ला अदालत सुर्खेतले मिति २०७९/११/०८ गतेको फैसलाले लगत नं ३७३० ज्यान मार्ने उद्योग मुद्दामा १ बर्ष ५ महिना २९ दिन कैद र रु.२०,०००/- (अक्षररुपि बिस हजार जरिवाना मात्र) तोकेको फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ४ जनाको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई स्थित चेक पोष्टमा लागूऔषध ब्युरोबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको बा ३ ख ५३०८ न. को फोर्स गाडिलाई चेकजाँच गर्ने क्रममा उक्त गाडिमा सवार जिल्ला जुम्ला तातोपानि गाउँपालिका-८ बस्ने प्रेम ब. शाहिको छोरा बर्ष अन्दाजि २२ को कमल शाहिले बोकेको झोला खोली चेकजाँच गर्दा नाईट्रोभेट नामक लागूऔषध ( औषधि) २ वटा पत्तामा जम्मा २२ वटा फेला पारी मनिस सहित नियन्त्रणमा लिएको, गाडि गन्तब्य तर्फ छाडिएको ।
सल्यान, जिल्ला सल्यान बनगाड कुपिण्डे नगरपालिका-१ बालुवा संग्रही स्थित ऐ.ऐ.बस्ने उदय कामीको छोरा वर्ष ४५ को दिपक कामी घरदेखी अ.५०० मिटर पश्चिम तर्फ रहेको पाखो भीरमा घाँस काट्ने क्रममा चिप्लिन गई अ.५० मिटर तल पक्की सडकमा खसि घटनास्थलमै मृत्यु भएको भनि स्थानियले देखी ऐ.०७:०० बजेको समयमा प्रहरी चौकी बनगारमा खबर गरे पश्चात उक्त स्थानमा प्रहरी चौकि बनगारबाट ३ जनाको प्रहरी टोली घटनास्थलमा पुगी घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय, सल्यानबाट SOCO सहित ६ जनाको प्रहरी टोली खटिई गएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई चेक पोईन्ट स्थित अस्थायी प्रहरी पोष्ट बबईबाट खटिएको ६ जनाको प्रहरी टोलीले नेपालगञ्जबाट सल्ली बजार तर्फ आउदै गरेको रा.१ च.१३५८ न. को बोलेरो गाडिलाई चेकजाँच गर्ने क्रममा कुनै पनि विल नभएको २.५ (ढाई) क्विन्टल चिनि र ३४ ( चौतिस ) वटा अलादिन ( लेडिज सुरुवाल ) अन्दाजी मुल्य रु. ३७०००/- ( सततिस हजार ) बराबर को सामान बरामद गरी उक्त पोष्टमा ल्याई राखिएको, गाडि गन्तब्य स्थान तर्फ छोडिएको ।
सल्यान, जिल्ला सल्यान कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक सेतापैरा स्थित राप्ती राजमार्गमा रोल्पाबाट दाङ तर्फ तरकारी बोकी जाँदै गरेको रा.१ च.१०२५ नं.को सिंगल क्याप जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ३००/३५० मिटर तल खस्न गई दुर्घटना हुन जाँदा घटनास्थलमै २ जनाको मृत्यु र १ जना जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका-२ बस्ने वर्ष अन्दाजी ३५ को नारायण योगी सिरियस घाईते भएको, उक्त स्थानमा प्रहरी चौकी सल्यानबाट ८ जनाको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय लुहामबाट ८ जनाको प्रहरी टोली खटिई गएको । मृतकहरुको नामावलीः-१)चालक जिल्ला दाङ तुलसिपुर उपमहानगरपालिका-१८ बस्ने बर्ष अन्दाजी २५।२६ को भक्त बहादुर घर्ती ।२) साहु ऐ.ऐ. बस्ने बर्ष अं.५१ को गणेश बुढा ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई चेक पोईन्ट स्थित अस्थायी प्रहरी पोष्ट बबई बाट खटिएको ५ जनाको प्रहरी टोलीले नेपालगञ्जबाट जाजरकोट तर्फ आउदै गरेको बा. ५ ख. ३६३५ न. को फोर्स गाडिलाई चेकजाँच गर्ने क्रममा बिल नभएको २ क्वीन्टल चामल र गाडि धुने स्प्रे १४० पिस , अन्दाजी मुल्य रू ५३,८६०/- ( त्रिपन्न हजार आठ सय साठि ) बराबरको सामान बरामद गरी उक्त पोष्टमा ल्याई राखिएको गाडिलाई गन्तव्य स्थानतर्फ छोडिएको ।
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-११ सानो ब्युरेनी स्थित नेपालगञ्जबाट सुर्खेत तर्फ आउदै गरेको क.प्र. ०२००१ ख. ००६३ न. को फोर्स गाडिलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ५ जनाको प्रहरी टोलीले चेकजाँच गर्दा कुनै पनि बिल नभएको २ क्विन्टल २५ के.जि.चामल र १ क्विन्टल ५० के.जि. चिनि (अन्दाजी मुल्य रु ४१,५००/-) बराबरको सामान नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखीएको गाडिलाई गनतव्य स्थान तर्फ छाडिएको ।
रूकुम पश्चिम, जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-६ बस्ने बर्ष ३६ को झगेन्द्र भण्डारीको घरमा जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिम बाट खटिएको ११ जनाको प्रहरी टोलीले सम्बन्धीत व्यक्तिको घरमा पुगी खानतलासी गर्दा निजले आफ्नै घरको माथिल्लो तलाको पुर्व पट्टिको कोठामा लुकाई राखेको अवस्थामा २ नाल भरुवा बन्दुक, पुरानो नाल थान १, नाल बनाउन प्रयोग हुने पाईप थान १, सट्गनको कार्टिज ५ राउण्ड, मध्ये २ वटा प्रयोग गरेको ,३ राउण्ड प्रयोग नगरेको, बारुद बनाउन प्रयोग हुने गन्धक अन्दाजी १ मुठि, सोडा आधा प्याकेट, फलामको छड काटेर बनाएको छर्रा ६ वटा, गोलि जस्तो बनाएको फलामको टुक्रा १५ वटा क्यापमा प्रयोग हुने पट्का २० रोल र बारुद २ डिब्बा मध्ये (१ डिब्बाको आधा डिब्बा प्रयोग गरेको र अर्को डिब्वा मध्ये ४ भागको १ भाग बाँकी रहेको) बारुद रित पुर्बक बरामद गरी निज झगेन्द्र भण्डारी लाई समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा ल्याई राखिएको ।
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० टोलीखोला स्थित तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको ७ जनाको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेत तर्फ आउदै गरेको बा. ४ ख. ६४२६ नं. को फोर्सगाडीलाई चेकजाँच गर्दा कुनै पनि बिल नभएको चामल २ क्विन्टल, चिनी ५ क्विन्टल, ललिपप २० पाकेट, महेश दालमोठ ५९ पाकेट (अन्दाजी मुल्य रु. ७०,०००/-) को सामान नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको, गाडिलाई गनतव्य स्थान तर्फ छाडिएको ।
रूकुम पश्चिम, जिल्ला रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नं.५ बस्ने सवारी ज्यान मुद्दाको फरार प्रतिवादी अन्दाजी बर्ष ३३ को देवराज शाही र जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं. ९ बस्ने बर्ष अन्दाजी ३५ को टेकेन्द्र परियार मुसिकोट नगरपालिका वडा नं. १ खलंगा बजारमा लुकिछिपि बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले निज फरार प्रतिवादीहरुलाई पक्राउ गरी कैद, सजाय र जरिवाना अशुल उपरको लागी सम्मानित जिल्ला अदालत रुकुम पश्चिममा उपस्थित गराईएकोमा कारागार कार्यालय रुकुम पश्चिममा चलान गरेको ।
दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।