प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
असार २०८१
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०३-३०

जुम्ला, जिल्ला जुम्ला तातोपानी गाउँपालिका वडा न.६ बस्ने बर्ष अ.२३ को हस्त खड्का, ऐ. चन्दनाथ नगरपालिका-६ स्थित बसपार्कमा कोठा भाडा लिई बसी लागु औषध सेवन बिक्री बितरण गरीरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटीईएको प्रहरी टोलीले निजको कोठामा गई रितपुर्वक खानतलासी गर्दा निज सुत्ने बिस्तरामा रातो प्लाष्टिकमा लुकाई छिपाई राखेको लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो प्रदार्थ २० पुडिया (नाप तौल गर्दा ७४० मिलिग्राम) बरामद गरी मानिस सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको, थप अनुसन्धान भईरहेको ।

फरार प्रतिवादि पक्राउ ।
२०८१-०३-२६

सुर्खेत, मिति २०८१।०३।२५ गते अन्दाजी २०:०० बजेको समयमा  जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ घर भई हाल जिल्ला सुर्खेत लेखफर्सा नगरपालिका-७ बस्ने वर्ष २९ को प्रेम बहादुर शाही र निजको कान्छी श्रीमती नाता पर्ने बर्ष २७ की याम कुमारी शाहीलाई सम्मानित जिल्ला अदालत सुर्खेतको मिति २०७३।०५।३० गतेको लगत नं.१५१८ को बहु बिवाह मुद्दाका प्रेम ब. शाही १ बर्ष ६ महिना कैद र रु.१०,०००(दश हजार) जरिवाना र याम कुमारी शाही १ बर्ष कैद र रू.५,०००(पाँच हजार) जरिवाना तोकीएको फरार प्रतिवादी लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी सम्मानित सुर्खेत जिल्ला अदालतमा बुझाईएको । 

फरार प्रतिवादी पक्राउ ।
२०८१-०३-२१

रुकुम पश्चिम,मिति २०८१।०३।२० गते अन्दाजी १६:३० बजेको समयमा सम्मानित अदालतबाट कैद जरीवाना फैसला भई फरार रहेका निम्न स्थान बस्ने निम्न प्रतिबादीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम मार्फत सम्मानित रुकुम जिल्ला अदालतमा बुझाईएको ।१ जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-२ बस्ने बिनोद खड्का लगत नं. १२९९-चेक अनादर२ जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-२ बस्ने मैराम पुन लगत नं. २०४ -चेक अनादर३ जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-१ बस्ने नेप ब.ओली लगत नं. २०७/११५- चेक अनादर४ जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-८ बस्ने मन ब. कामी लगत नं. ११६९- चेक अनादर 

फरार प्रतिवादि पक्राउ ।
२०८१-०३-२०

मिति २०८१।०३।१९ गते अन्दाजि १६:३० बजेको समयमा सम्मानित रूकुम पश्चिम जिल्ला अदालतबाट फैसला भई विभिन्न मुद्दामा फरार रहेका निम्न स्थान बस्ने प्रतिबादीहरु लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिम मार्फत सम्मानित रूकुम पश्चिम जिल्ला अदालतमा उपस्थित गराईएको ।निम्नः- 1.     लगत नं. १८९/१०५ – लेनदेन- जिल्ला रूकुम पश्चिम चौरजहारी नगरपालिका - २ बस्ने काशि लाल गौतम उपाध्याय । 2.     लगत नं. २२३/१२१ - सम्बन्ध बिच्छेद - जिल्ला रूकुम पश्चिम चौरजहारी नगरपालिका - १ बस्ने नर बहादुर बिष्ट । 3.     लगत नं. ७२५/४५९ - नाता कायम - जिल्ला रूकुम चौरजहारी नगरपालिका - ७ बस्ने तुलसा बोहरा महतरा । 4.    लगत नं. ७४२/४७५ - गाली बेईज्यती - जिल्ला रूकुम पश्चिम चौरजहारी नगरपालिका - १० बस्ने पदमा कुवँर योगी । 5.    लगत नं. ७४२/४७५ - गाली बेईज्यती - जिल्ला रूकुम पश्चिम चौरजहारी नगरपालिका - १० बस्ने भक्त नाथ योगी । 6.     लगत नं. १२९७ - अभद्र व्यबहार - जिल्ला रूकुम पश्चिम चौरजहारी नगरपालिका - २ बस्ने राज कुमार शर्मा । 7.     लगत नं. १३२१ - चेक अनादर - जिल्ला रूकुम पश्चिम चौरजहारी नगरपालिका - १ बस्ने जितेन्द्र बुढाथोकी । 8.    लगत नं. ४२५/२२६ - लुटपिट - जिल्ला रूकुम पश्चिम बाफीकोट गाउँपालिका - ६ बस्ने नन्दे पुन । 9.    लगत नं. ४२५/२२६ - लुटपिट - जिल्ला रूकुम पश्चिम बाफिकोट गाउँपालिका -६ बस्ने देब बहादुर पुन । 

फरार प्रतिवादि पक्राउ ।
२०८१-०३-१९

रुकुम पश्चिम,मिति २०८१।०३।१८ गते अन्दाजी १६:४५ बजेको समयमा सम्मानित रुकुम पश्चिम जिल्ला अदालतबाट फैसला भई विभिन्न मुद्दामा फरार रहेका निम्न स्थान बस्ने निम्न प्रतिबादीहरु लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम मार्फत सम्मानित रुकुम पश्चिम जिल्ला अदालतमा बुझाइएको । निम्नः-1.    लगत नं.१०५६ -ज्यान मार्ने उद्योग-जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-६ बस्ने भावना बुढा के.सी.। 2.    लगत नं.१३३८- चेक अनादर- जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१० बस्ने शेर ब.शाही । 3.    लगत नं.१३२४- चेक अनादार- जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-६ बस्ने जिबन भन्ने जित बहादुर थापा । 4.   लगत नं.४६४/२६०- सम्बन्ध बिच्छेद- जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-१२ बस्ने चन्द्र कला सार्की । 5.   लगत नं.४२३/२२४४- नाता कायम- जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-११ बस्ने अनन्ति कामी । 6.    लगत नं.४५४/२५०- सम्बन्ध बिच्छेद- जिल्ला रुकुम पश्चिम बाफिकोट गा.पा. १ बस्ने दिपा कुमारी शर्मा रावत । 7.   लगत नं.९०८- जवरजस्ती करणी उद्योग- जिल्ला रुकुम पश्चिम बाफिकोट गा.पा. ६ बस्ने मिना कुमारी शाही । 8.   लगत नं.२१९- सम्बन्ध बिच्छेद- जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-५ बस्ने कल्पना नेपाली । 9.   लगत नं.८४६- सम्बन्ध बिच्छेद- जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-४ बस्ने पबिता रावल रोकाय । 10.          लगत नं.८४१- सम्बन्ध बिच्छेद- जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-बस्ने कमला रोकाय ।  11. लगत नं.९७७-सम्बन्ध बिच्छेद- जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-४ बस्ने सपना पुन मगर ।

फरार प्रतिवादि पक्राउ ।
२०८१-०३-१८

सम्मानित सल्यान जिल्ला अदालतबाट फैसला भएको मुद्दामा फरार रहेका प्रतिबादिहरूलाई आज मिति २०८१।०३।१८ गतेको बिभिन्न समय र स्थानबाट जिल्ला प्रहरी कार्यालय, सल्यानबाट खटिएको प्रहरी टोलिले निम्न स्थानमा बस्ने निम्न लिखित फरार रहेका ८ जना प्रतिबादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित सल्यान जिल्ला अदालतमा पठाईएको ।निम्न :1.     सल्यान जिल्ला बागचौर नगरपालिका - ४ लौरावाङ  बस्ने चन्द्रकला बि.क 2.     सल्यान जिल्ला बागचौर नगरपालिका -७ प्रविण के.सी. 3.     सल्यान जिल्ला  सिद्धकुमाख गाउँपालिका - ४ बस्ने इन्द्र ब. रेउले 4.    सल्यान जिल्ला बनगाड कुपिण्डे नगरपालिका - ११ बस्ने सनम वली 5.    सल्यान जिल्ला  छत्रेश्वरी गाउँपालिका – १ बस्ने  मुक्ति ब. मल्ल 6.     सल्यान जिल्ला शारदा नगरपालिका - ८ बस्ने  फत्ते ब. कवर 7.     सल्यान जिल्ला  शारदा नगरपालिका – १० बस्ने नोखी थापा 8.    सल्यान जिल्ला  शारद नगरपालिका - १ बस्ने निर्मला चुनारा 

फरार प्रतिबादी पक्राउ ।
२०८१-०३-१६

दैलेख,मिति २०८१।०३।१५ गते अन्दाजी ०८:४५ बजेको समयमा तुलबिर गुरुङको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी जिल्ला दैलेख आठबिसकोट नगरपालिका वडा नं.३ टुनिबगर बस्ने मिन बहादुर शाहीको छोरा बर्ष ४३ को गोकर्ण शाही सम्मानित उच्च अदालत पाटनको मिति २०८०।०३।१० गतेको फैसलाले बैंकिक कसुर मुद्धामा रु ८६,००,०००।- (छयासि लाख बराबरको) बिगो जरिवाना कायम भएको र २९ दिन कैद सजाय भएका जिल्ला अदालत दैलेखको लगत नं. १३२१ कसिएका फरार प्रतिवादी गोकर्ण शाहीलाई जिल्ला प्रहरी कार्यालय दैलेख र इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेख बाट खटीएका संयुक्त प्रहरी टोलीले आठबिसकोट नगरपालिका वडा नं.४ राकम बजार बाट नियनत्रणमा लिई जिल्ला प्रहरी कार्याल दैलेख ल्याई सम्मानित जिल्ला अदालत दैलेख बुझाइएको ।    

फरार प्रतिवादि पक्राउ ।
२०८१-०३-१४

जाजरकोट ,मिति२०८१।०३।१४ गते अन्दाजी १७;०० बजे उच्च अदालत पाटनको लगत नं.२६२ मिति २०७९।१०।२० गतेको फैसला अनुसार नगद रु.७२,५००।– (बहत्तर हजार पाँच सय ) र १ दिन कैद सजाय तोकिएका फैसला कार्यान्वयनको सिलसिलामा भागि फरार रहेका बैङकिङ कसुरको फरार प्रतिबादी जिल्ला जाजरकोट भेरी नगरपालिका वडा न. ३ स्याला बस्ने बर्ष अन्दाजी ५२ को खडगे सुनारलाई आफ्नै घर वतनमा लुकिछिपि बसिरहेको अवस्थामा अस्थाइ प्रहरी पोष्ट स्यालाबाट सादा पोसाकमा खटिएको टोलि संग समन्वय गरी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याई सम्मानित जिल्ला अदालत जाजरकोटमा बुझाएको  ।

५ जना फरार प्रतिबादी प्रकाउ ।
२०८१-०३-१०

जुम्ला,मिति २०८१।०३।१० गते अन्दाजी १५:३० बजेको समयमा जिल्ला जुम्ला तातोपानी गाउपालिका-४ बस्ने लागत नं.४६९ मिति २०८०।०४।२१ गतेको फैसला भएका कुटपिट मुद्दाका फरार प्रतिवादीहरु बर्ष ४८ को दिपक खत्रीलाई लागेको जरिवाना रु. ५,००० (पाँच हजार), ऐ.ऐ. बस्ने बर्ष अन्दाजी ४१ को मुन बहादुर खत्रीलाई लागेको जरिवाना रु. ५,००० (पाँच हजार), ऐ.ऐ. बस्ने बर्ष अन्दाजी ३७ को महेश खत्रीलाई लागेको जरिवाना रु. ५,००० (पाँच हजार), ऐ.ऐ. बस्ने बर्ष अन्दाजी ४५ को धर्मराज खत्रीलाई लागेको जरिवाना रु. ५,००० (पाँच हजार) र ऐ.ऐ. बस्ने बर्ष अन्दाजी ४५ को पदम बहादुर खत्रीलाई लागेको रु. ५,००० (पाँच हजार) जरिवाना हुने गरी फैसला भएको जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटि गएको प्रहरी टोलीले जिल्ला जुम्ला चन्दननाथ नगरपालिका वडा नं.०५ कृष्ण मन्दिर स्थित सडक खण्डमा फेला पारी पक्राउ गरी सम्मानित जुम्ला जिल्ला अदालतमा बुझाईएको ।

भरुवा बन्दुक सहीत मानिस पक्राउ गरेको सम्बन्धमा ।
२०८१-०३-०७

सल्यान,मिति २०८१।०३।०७ गते अन्दाजि ११:०० बजेको समयमा जिल्ला सल्यान बागचौर नगरपालिका वडा नं.०७ सुईयाछेरी बस्ने बर्ष ३५ को शेर बहादुर वलीले भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा निजको घर वतनमा इलाका प्रहरी कार्यालय थारमारे सल्यानबाट प्रहरी टोली खटी गई खानतलासी गर्ने क्रममा निज शेर बहादुर वलीको घरको भान्सा कोठामा लोड गरी राखेको भरुवा बन्दुक नाल -१ र खाली अवस्थामा राखेको भरुवा बन्दुक नाल १ गरी जम्मा नाल २ र अन्य खरखजना सहीत निज शेर बहादुर वलीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय थारमारे सल्यानको नियन्त्रणमा राखी हातहतियार खरखजाना सम्बन्धी मुद्दामा थप अनुसन्धान कार्य भईरहेको ।

अधिक लोड >>
कम देखाउनुहोस् <<