प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८०-११-१०

  • A
  • A-
  • A+
Share

दैलेख, सम्मानित जिल्ला अदालत दैलेखको लागत नम्बर ११७४ मिति २०७८।०८।२३ गतेको फैसलाले ४ महिना २२ दिन कैद तोकेको वन्यजन्तु ओसार पसारका फरार प्रतिबादी जिल्ला दैलेख भगवतिमाई गाउँपालिका वडा न.०२ बस्ने बर्ष ५५ को धन बहादुर रावत लाई प्रहरी चौकी बेस्तडा बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत दैलेखमा उपस्थित गराईएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।