कुनैपनि बिल नभएको अवैध सामान बरामद ।
२०८०-०८-१७
- A
- A-
- A+
सुर्खेत,
जिल्ला सुर्खेत भेरीगंगा
नगरपालिका-१० तोली खोला स्थित रत्नराजमार्गमा नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै
गरेका सार्वजनिक सवारी साधनलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ५जनाको प्रहरी
टोलीले चेकजाँच गर्ने क्रममा कुनै पनि बिल भरपाई नभएको अवैध रूपमा ओसारपसार भई
आएको अन्दाजी मुल्य रू.५९०००।–(उनन्साठी हजार) बराबरको कुर्ता सुरुवाल थान-५२
बरामद गरी आवश्यक अनुसन्धान एवम् कारवाहीका लागी ईलाका प्रहरी कार्यालय छिन्चुमा
बुझाएको र सवारी साधन गन्तव्य तर्फ छोडिएको ।