प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना सम्बन्धी ।

२०८०-०६-१३

  • A
  • A-
  • A+
Share

सुर्खेत,  जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-१२ श्रीनगर टोल नजिक सरस्वती टोल बाट पृतना तर्फ जादै गरेको क.प्र.०२००२ प १४४८ न. को मोटरसाईकलले पैदल यात्री ऐ. बस्ने सन्जु थापाको छोरा बर्ष ३ को सज्जन सिजालीलाई ठक्कर दिदा सज्जन सिजालीको निधार र टाउकोमा चोट अवस्था मध्यम रहेको, देउती नर्सिङ होममा उपचार भईरहेको, उपचारमा आमा रहेको, उक्त स्थानमा ३ जना प्रहरी टोली खटिएको मोटरसाईकल चालक ऐ.१३ बस्ने बर्ष २६ को धिरज सारु मगर र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।