प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ।

२०८०-०४-३१

  • A
  • A-
  • A+
Share

सुर्खेत, जिल्ला अदालत सुर्खेतको लगत न. ३७२० को  चेक अनादर मुद्दामा जिल्ला अदालत सुर्खेतबाट १ वर्ष कैद तोकिएको फरार प्रतिबादि जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ ईत्राम बस्ने मनिराम शर्माको छोरा अन्दाजी वर्ष २३ को निर्देशन शर्मा लाई  जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ३  जनाको प्रहरी टोलीले निजलाई वीरेन्द्रनगर नगरपालिका-७ ईत्रामबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।