प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८०-०४-१२

  • A
  • A-
  • A+
Share

जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-५ जुगार्डपुल नजिकबाट लागूऔषध ( ब्राउन सुगर ) मुद्दामा सम्मानित जुम्ला जिल्ला अदालत जुम्ला को मिति २०७९।०१।२२ गतेको फैसला अनुसार ९ महिना १ दिन कैद र रु १००००(दश हजार) जरिवाना तोकिएको फरार प्रतिबादी ऐ ऐ बस्ने बर्ष २९ को डम्बर ध्वज खाणलाई  जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले फेला पारी प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।