प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अचानक बसमा करेन्ट लाग्दा ३ जनाको मृत्यु ।

२०८०-०३-२१

  • A
  • A-
  • A+
Share

सल्यान, जिल्ला सल्यान कपुरकोट गाउँपालिका-३ चोरखोला स्थित राप्ती राजमार्गमा दाङ तुलसिपुर देखी रोल्पा तर्फ जाँदै गरेको रा.१ ख.८३४ न.को बसमा सडकको छेउमा रहेको ३३ के.भि. प्रसारण लाईनको बिद्युतको पोल सपोटको लागी छेउमा गाडेको तार (स्टे) मा बस छुईन जाँदा उक्त बसमा सवार १८/२० जना मध्ये २ जनाको घटना स्थलमा मृत्यु भएको र १ जना घाईते भई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुर दाङ लगेकोमा उपचारको क्रममा मृत्यु भएको 

निम्न व्यक्तिहरूको मृत्यु भएको ।

१) जिल्ला रोल्पा गंगा देब गाउँपालिका वडा नं.४ बस्ने बर्ष अं. ७०।७२ को बालराम डाँगी

२) ऐ.ऐ. बस्ने निजकै छोरा बर्ष अं. ४०।४२ को टोपलाल डाँगी

३) बस साहु जिल्ला सल्यान छत्रेश्‍री गाउँपालिका-६ लान्ती बस्ने बर्ष अं.३३।३४ को महेन्द्र ओली 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।