जिप दुर्घटना हुदा २ जनाको मृत्यु ।
२०८०-०२-२५
- A
- A-
- A+
कालिकोट,
जिल्ला कालिकोट रास्कोट नगरपालिका-२ सेरा
बजार स्थित सेरा बजारबाट मान्मतर्फ आउनको लागि तयार रहेको, ग ३ च ४६१० नं.को डबलक्याप जिप एक्कासी ब्याक हुन गई दुर्घटना भएको भनि
ऐ.बस्ने बर्ष ३२ को कृष्ण प्रशाद बरालले प्रहरी चौकि मुम्रामा जानकारी गराए पश्चात
प्रहरी चौकि मुम्राबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जनाको टोलि खटिगई घटना
स्थलमा पुगि बुझ्दा सडकबाट अं.३०० मिटर तल खस्न जाँदा उक्त जिपमा बसि रहेका ऐ.१
बस्ने बर्ष ४३ को मन बाहदुर शाही र ऐ.बस्ने बर्ष ३६ की मन कुमारी शाहीको
घटनास्थलमा मृत्यु भएको, ऐ.१ बस्ने बर्ष ३० की रिता शाही
सिरियस घाईते भई गौत अस्पताल रास्कोटमा पठाईएको, उक्त गाडी
भित्र ३ जना सवार रहेको भन्ने बुझिएको, ईलाका प्रहरी
कार्यालय रास्कोटबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ५ जना र जिल्ला प्रहरी
कार्यालय कालिकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा (SOCO सहित)
९ जनाको खटिएको, चालक प्रहरी नियन्त्रणमा रहेको ।