सवारी दुर्घटना सम्बन्धी ।
२०८०-०१-२०
- A
- A-
- A+
सुर्खेत, जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका-३
खम्बागाड भन्ने स्थानमा सदरमुकाम देखी गुटु तर्फ आउदै गरेको भे १ ख २५२६ नं.को
मिनि बसले एक्कासी ब्रेक हान्दा सोही बसमा सवार जिल्ला अछाम रामारोशन गाउँपालिका-३
बस्ने वर्ष ३८ को धन बहादुर बुढामगर ढोका बाट खस्न गई घाईते भई प्राथमिक स्वास्थ्य
केन्द्र सालकोट सुर्खेतमा उपचार भईरहेको, घाईतेको
टाउको र कानमा चोट ,अवस्था सिरियस, मिनिबस
र चालक-जिल्ला दैलेख नारायण नगरपालिका-८ बस्ने वर्ष २६ को रान रावल लाई
नियन्त्रणमा लिई तालुक ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेत तर्फ पठाईएको,
ऐ.१६:५५ बजे निज घाईतेलाई क.प्र.००२-०१ झ ०१७९ नं. को एम्बुलेन्स
द्धारा थप उपचारको लागी सदरमुकाम तर्फ पठाईएको साथमा भतिज ओम थापा उपचारमा संलग्न
रहेको ।