प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डबल क्याप जिप अनियन्त्रित भई भित्तामा ठोक्किदा ५ जना घाईते ।

२०८०-०१-१२

  • A
  • A-
  • A+
Share

सल्यान, जिल्ला सल्यान छत्रेश्‍वरी गाउँपालिका-६ राप्ती राजमार्गको कल्लेखोलाको मोडमा सल्यानको फलाबाङदेखी सल्यान श्रीनगर तर्फ आउदै गरेको चालक जिल्ला सल्यान शारदा नगरपालिका-१२ बस्ने बर्ष अ.३०।३२ को राजेश बोहोराले चलाई ल्याएको लु.१ज.९७२७ नम्बरको डबल क्याप जिप अनियन्त्रित भई भित्तामा ठोक्किन गई उत्तानो अबस्थामा पल्टिन जाँदा उक्त जिपमा सवार ५ जना घाइते भई श्रीनगर स्थित कान्तिपुर अस्पतालमा उपचार भई रहेको

निम्न घाईतेहरू:-

१) जिल्ला सल्यान शारदा न.पा.१२ अम्राईटाकुरा बस्ने बर्ष अं.५८ की गोमा बोहोराको टाउको बाँया भागमा चोट अबस्था सिरियस ।

२) ऐ.ऐ. बस्ने बर्ष २९ को सागर बोहोरा, बाँया हात,खुट्टामा चोट अबस्था सामान्य ।

३) ऐ.ऐ. बस्ने बर्ष अं.३८ की कमला बुढाथोकी, हात खुट्टामा चोट अबस्था सामान्य ।

४) ऐ.ऐ. बस्ने बर्ष अं.३३ को गोबिन्द बोहोरा, कुममा चोट अबस्था सामान्य ।

५) ऐ.ऐ. बस्ने बर्ष अं.४३ को गोपिलाल बोहोरा, अबस्था सामान्य ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।