जबरजस्ती करणी सम्बन्धी फरार प्रतिवादी पक्राउ ।
२०७९-१२-१५
- A
- A-
- A+
सम्मानित उच्च अदालत सुर्खेतको मिति २०७९/०५/२३
गतेको फैसला आदेशले परिवर्तित नामथर वतन ६३ भक्तपुर २ को जाहेरीले बादी नेपाल
सरकार प्रतिवादी छोटु भन्ने समिर अहमद कबडिया भएको जबरजस्ती करणी मुद्दामा २ बर्ष
३ महिना कैद र रु २५,००० जरीवाना भई भागि फरार
रहेका प्रतिबादी छोटु भन्ने समिर अहमद कबडियालाई जिल्ला प्रहरी कार्यालय जाजरकोट बाट
सादा पोशाकमा खटिएको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेसंग समन्वय
गर्दै खोजतलास गर्ने क्रममा मिति २०७९/१२/१२ गते पक्राउ गरी ईलाका प्रहरी कार्यालय
कोहलपुर बाँकेमा दाखिला गरेको हुदा निज फरार प्रतिवादिलाई अड्डासार गरी जिल्ला
प्रहरी कार्यालय जाजरकोटमा उपस्थित गराएपश्चात निजलाई आज मिति २०७९/१२/१४ गते सम्मानित
जाजरकोट जिल्ला अदालतमा पेश गरीएकोमा निज प्रतिवादिलाई कारागार चलान गरीएको ।